सुजन दाहाल
नेपालीको चाड पर्व, धर्मकर्म, रितिरिवाज यति धेरै महगो भयो कि गरिव नेपालीको गरिवीले दुइ पत्र छाला गएको छ । दशै नजिकिदै गर्दा गरिवहरु चिन्तामा छन् । पिडामा छन् । गरिवहरु हरेक दिन मर्दै बाच्दै गरिरहेका छन् । दुनिया गरिवहरुको होइन रहेछ । भनिन्छ संसारमा सवै भन्दा ढुगा सारो त्यो भन्दा नि गरिव हुन सारो । गरिवले आफ्ना इच्छा आकाक्षालाई सदाको लागि तिलान्जली दिइरहनु परेको छ । के गरिव हुनु अपराध हो ? पक्कै होइन । गरिव कुलमा जन्म लिनु गल्ती हो ? यो पनि पक्कै होइन । आखिर गरिवहरु किन दिनदाहाडै जिउदै मरिरहेका छन् ।
चारैतिर दशैको माहोल आएको छ । बजार बाटोघाटो व्यस्त हुन थालेको छ । मानिसको चहलपहल बढदै छ । भिडभाड बडिरहेको छ । तर गरिवको दुःखको पारो दिनदिनै चडिरहेको छ । खुसी लिएर आउने पर्व दशै गरिवका लागि ऋण बोकाएर जान्छ । सम्पन्न मान्छेका लागि चाडबाड रमाइलो होला तर गरिवका लागि चाडबाड अभिषाप भएको छ । दशै हिन्दुहरुको महान पर्व हो । यसमा सारा दुख र पिरमर्का भुलेर रमाइलो गर्ने गरिन्छ । मिठो खाने नयाँ लुगा लगाउने र मान्यजनकोमा टिका जमरा ग्रहण गरेर दशैलाई हर्ष उल्लासका साथ मनाइन्छ । केटाकेटीहरु खेल्ने र रमाउने गर्दछन् । धनी र गरिवको दशै भिन्न हुन्छ ।
दशैमा मुख्यतया मिठो खाने, राम्रो लाउने र दक्षिणा प्राप्त गर्ने काम हुन्छ । कोही दशैमा मिठो खानमा रमाउनछन् । कोही राम्रो लाउनमा रमाउछन् भने कोही टिकाको बहानामा दक्षिणा भेला पार्न तल्लिन हुन्छन । यी भिन्न व्यवहार र चरित्रहरु दशैमा देखिन्छन् ।
एउटा गरिव जो अभावै अभावका बिचमा खुशी संग बाँच्न सक्छ । तर संभ्रान्त बर्गका मान्छे । जो आलीशान महलमा बस्छन । नोकरचाकर घरभरी हुन्छन् तर उनीहरु धेरै मानसिक तनाब र असन्तुष्टिका भारी कुनै गरिबको भन्दा बढि हुन्छ
धनी गरिव हुनु त संयोगको कुरा हो । परिस्थितीजन्य कारणले गर्दा कोही धनी बन्छन भने कोही मेहनतका बाबजुद पनि गरिव हुन्छन । गरिबी भन्नाले स्रोत साधनमा पँहुच नभएको अवस्था हो । आम्दानी नभएको अवस्था हो । सामाजिक विभेद र समाजमा हुने वञ्चितीकरणको अवस्था हो । आधारभूत सेवा तथा बस्तुमा पहुँच पुग्न नसकेको अवस्था हो । मानिसको आधारभूत आवश्यकता गाँस, बास र कपासमध्ये कुनै वा सबै प्राप्त हुन नसकेको अवस्थाका रूपमा पनि गरिबलाई चित्रित गरेको पाइन्छ ।
हालका दिनमा कुनै एक सूचकका आधारमा भन्दा पनि बहुसूचकका आधारमा गरिबको मापन गर्ने प्रचलन सुरु भएको छ गरिबी निवारणमा आधारभूत भूमिका सरकारको नै हुने गर्दछ । समाजमा हुँदा खाने र हुने खानेबीच असमानता बढेर गयो । गरिबी भनेको पैसा नहुनु मात्र होइन, शक्तिहीनता, आवाजविहीनता तथा सामाजिक वञ्चितीकरणको अवस्था पनि हो । भनिन्छ, समाजमा गरिबी सबैखाले रोग र समस्याको जड हो भने विकास सबैखाले समस्याको साझा निदानको उपाय हो ।
नेपालमा गरिबी निवारणका लागि भएका नीतिगत तथा कार्यक्रमगत प्रयासका कारण गरिबीको रेखामुनि रहेको निरपेक्ष गरिवी घट्दै गएको तर सापेक्ष गरिवी आज पनि ब्याप्त रहेको छ । गरिब राज्य र देशका लागि खतरा हुन्छ । त्यसकारण गरिबीको विविध पक्षहरूको पहिचान वस्तुनिष्ठ ढंगबाट गरी त्यसको न्यूनीकरण गर्न सरकारी क्षेत्रको अतिरिक्त नागरिक समाज, निजी क्षेत्र, गैरसरकारी क्षेत्रको भूमिकालाई थप उत्तरदायीपूर्ण बनाउनु पर्दछ ।
राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । पहिले गरीबको संख्या ६२ लाख ७९ हजार १९७ जना थियो । अहिले घटेर ३९ लाख ४७ हजार ६८१ जनामा सीमित भएको छ ।
रेमिटेन्सका कारण नेपालीहरुको जीवनस्तरमा आएको सुधारले गरीबी घटेको ठम्याइ विश्व बैंकको हो । नेपाल रेमिटेन्स भित्राउने विश्वकै तेस्रो स्थानमा छ ।
राजनीतिक संक्रमणको आवरणमा एक किसिमले सिमित धनीहरुले ब्रम्हलुट मचाइरहेका छन । देश समृद्धिको मार्गमा अघि बढ्ने बताइए पनि सिमति व्यक्तिहरुका हातमा धन सम्पति थुप्रने नीतिगत व्यवस्थामा सुधार नगर्ने हो भने गरिवीको दुश्चक्र झनझन भयावह बन्ने निश्चित छ ।राजनैतिक नीति र नेतृत्व त्यसले आम्दानी र गरिवलाई पारेको प्रभाव का बारे लेख्ने ।
Comments
Post a Comment