Skip to main content

सासु बुहारी

 सुजन दाहाल

परिवारका दूई प्रमुख पात्र सासु र बुहारी । जसको सम्वन्धको परिभाषामा नै समस्या छ । बुहारी र सासुको सम्वन्धलाई आदिम काल देखी नै समस्याग्रस्त सम्वन्धका रुपमा मलजल गर्दै आइयो । सासु र बुहारी एक परिवारको परिपुरक हुन् भन्ने नै बुझिएन, बुझाएन । सासुलाई बुहारीसंग मिल्नै नसक्ने जातका रुपमा चित्रण गरियो । हाम्रो जस्तो रुढीबादी समाजमा बुहारी संगको यस्तो सम्वन्ध कहिलेकाही हिंसाको रुपमा पनि परिणत भएका छन् । 
सासुले आफ्नो ताकत हुन्जेल बुहारीलाई निकै हेप्ने, दवाउने र विभेद गर्ने गर्छन् र बुहारीको पालो आएपछि सासुलाई त्यसैको बदला फेर्ने गर्छन् । तर घर परिवारलाई सुन्दर मन्दिर बनाउन सासु बुहारीको सम्बन्ध सुमधुर हुर्नुपर्छ । यसका लागि परिवारमा सासु र बुहारी दुबैले सन्तुलित भूमिका निर्वाह गर्नु पर्र्छ । सासु बुहारीको सम्वन्ध आमा छोरीको जस्तो बन्न नसक्नु नेपाली समाजको सवै भन्दा ठुलो विडम्वना हो ।
    पहिला चर्चा गरौ सासुको । सासुको चरित्र पनि विचित्र विचित्रको हुन्छ । म त सासु पो हु भनेर गमक्क परेर बस्ने । बुहारीलाई दास र नोकर जस्तो व्यवहार गर्ने । बुहारीले सवै कुरा माइतबाट सिकेर आएको हुनु पर्छ जस्तो गर्ने । बुहारीले केही गर्न नजाने उसलाई नसिकाउने बरु उसको माइती समेतलाई गाली गर्ने । बुहारी पनि छोरी जस्तै हो, हेरचाह गर्नु पर्छ, संरक्षण गर्नु पर्छ, बिरामी हुँदा रेखदेख गर्नुपर्छ, बुहारीलाई आवश्यकता अनुसारको स्वतन्त्रता दिनु पर्छ भनेर कहिलै नसोच्ने् । महिला भएर महिलाको समस्या र परिस्थिती नबुझने । हिजो मैले मेरो सासुलाई कति गरे आज मलाइ पनि बुहारीले त्यस्तै गर्नु पर्छ भन्ने बदलाको भावना राख्ने गर्छन ।   

    अव चर्चा गरौ बुहारीको । एउटी महिला बुहारी बनेर घरमा भित्रिन्छिन, त्यो घर उनलाई बिरानोे हुन्छ । नयाँ वातावरण हुन्छ । त्यस घरको चालचलन अनि संस्कार, रितिथिती बुझ्नलाई निकै समय लाग्छ । बुहारी विस्तारै परिवारमा समायोजन हुदै जाँदा सम्वन्धहरुको गहिराई अगाडी बढदै जान्छ । केही समय परिवार यथास्थितीमा अगाडी बढछ । बुहारी अलि पुरानो हुदै गए पछि र सासुको कार्यकाल समाप्त भए पछि आफ्नो सत्ता आए पछि डुक्रिन थाल्छन् र सासुप्रति खराव व्यवहार गर्छन ।  आफ्नो पतिको आडमा सासु माथी बुहारीहरु खनिन्छन् । सासुको सामान्य मर्यादा र सम्मानमा कमी ल्याउछन् । गाउभरी घुमेर सासुको कुरा काट्दै हिडछन्  । सासुलाई मुख मुखै लाग्छन् । सासुको संरक्षण र पालन पोषणमा समेत गम्भिर लापरवाही गर्छन ।   

    अव सासु र बुहारीको सम्वन्धलाई नयाँ ढंगबाट परिभाषित गर्न जरुरी छ । एक्काइसौ शताब्दीमा आएर पनि प्राचिन व्यवहारलाई आत्मसाथ गर्नु हुदैन । बुहारी कहिलै छोरी जस्तो त हुन सक्दैन तर छोरीलाई गर्ने जस्तो व्यवहार गर्नु पर्छ । परिवार एउटा रथ भएकाले त्यसलाई अगाडि बढाउन सासु र बुहारीको परिवारमा सौहार्दपूर्ण व्यवहारको खाँचो छ । नम्रता नारीको गहना भएकाले नारीमा नम्र स्वभाव हुन पर्छ । बुहारीले सासु संग बोल्दा नम्र हुने, चर्को नबोल्ने, विवाद नगर्ने, भनेको कुरा मान्ने गरो भने परिवार त्यसै राम्रो हुन्छ । सासुले पनि जन्म घर छाडेर आएकी बुहारीलाई स्नेह र प्रेम प्रदान गर्नु पर्छ । बुहारीले सासुको र सासुले बुहारीको प्रसंसा गर्न आवश्यक छ ।
   एकै ठाउ बसेपछि कहिले काहि ठाक्कठुक्क पर्छ, मनमुटाव हुन्छ । तर, यस्तो कुरा घर बाहिर सुनाउने गर्नु हुदैन । परिवारको मर्यादा र संस्कारलाई अंगिकार गरी आफ्नो भूमिका निर्वाह गर्नु पर्छ । सासु र बुहारीको मेलमिलापले नै घरलाई सुखी र खुसी राख्न सकिन्छ । सकारात्मक माहौल तयार गर्न सकिन्छ । बुहारीले विनम्रतापूर्वक प्रस्तुत हुनु पर्छ भने सासुले प्रेमपूर्वक बुहारीलाई सम्वोधन गर्नु पर्छ । एक आदर्श र कुशल बुहारीले सासु र अन्य परिवारका सदस्यको दुःख, सुख, पिर मर्का बुझेर व्यवहार गर्नु पर्छ । सम्बन्धको गरिमा बजाइराख्न आदर र स्नेह जरुरी छ । बुहारीको प्रत्यक्ष प्रभाव सासूलाई पर्ने हुँदा सासुले हार्दिकतापूर्वक त्यसलाई ग्रहण गर्नु पर्छ । सासुले बुहारीका हरेक गतिविधि र कार्यको  अवलोकन गरि आलोचना गर्नु हुदैन । 

सकारात्मक सुझाव र सल्लाह दिनु पर्छ । परिवारमा बुहारीको चुनौति भनेको सासुसंगको सम्वन्ध नै हो । सम्बन्ध राम्रो छ भने घरपरिवार स्वर्ग हुन सक्छ अन्यथा घरपरिवार विग्रन सक्छ । बुहारीले सासूलाई आमा समान व्यवहार गर्न र सासुले बुहारीलाई छोरी समान व्यवहार गर्ने वातावरण पनि बन्न जरुरी छ । जसले घर पवित्र हुन्छ । सासु बुहारीको सम्वन्ध सुमधुर बनाउने कुरामा परिवारका अन्य सदस्यहरुको प्रमुख भूमिका हुन्छ । अन्य सदस्यहरुले दहिचिउरे कुरा गर्ने, झगडा लाउने गरी भूमिका निर्बाह गर्नु हुदैन । सासुलाई छोरो विवाह पश्चात बुहारीको हो भन्ने अनुभुति हुन सक्छ । त्यसलाई सन्तुलित व्यवहारले सजाउनु पर्छ । जसमा बुहारीको ठूलो हात हुन्छ । परिवारमा सकारात्मक चिन्तनको विकास गर्नु पनि आवश्यक छ ।
 
    बुहारीले आफु छोरी हुदा जस्तो व्यवहार गर्नु हुदैन किनभने छोरी र बुहारीको पारिवारिक र सामाजिक भूमिका फरक हुन्छ । बुहारीले परिस्थितीको आंकलन गरेर आफ्नो व्यवहार प्रदर्शन गर्नु पर्छ । सासुले पनि समय संगै फेरिएको सामाजिक रहनसहन, संस्कृति र परिवर्तनलाई अंगाल्न सक्नु पर्दछ । सासुले बुहारीलाई आर्शिबाद दिने र बुहारीले सासुलाई खुसी दिने दिशा तर्फ मनन गर्नु पर्दछ । संसारमा जेनेरेसनको ग्याप हुने हुनाले सासु संग बुहारीको कुरा नमिल्न सक्छ । सासु र बुहारीको इच्छा, आंकाक्षा र चाहना फरक फरक हुने गर्छ । व्यक्तिगत भिन्नताका कारण सोच, विचार र व्यवहारमा पनि भिन्नता हुने गर्दछ । त्यसैले सासु र बुहारीको पारिस्परिक अस्तित्वलाई दुवै पक्षबाट सम्मान गर्न जान्नु पर्दछ । 

जुन सुकै कुरामा पनि जित्न खोज्ने, लिडे ढिपी गर्ने गर्नु हुदैन । पारस्परिक मेलका लागि परिवारमा हुने हरेक घटना र कार्यहरुको सन्तुलन दुवै पक्षबाट मिलाउन जरुरी छ । बुहारीले आफनो श्रीमान्लाई सासुको कुरा लाउनु हुदैन । सासुले आफनो श्रीमानलाई बुहारीको कुरा लगाउनु हुदैन ।  परिवार सु–सस्कृत र सम्भ बनाउन सासु र बुहारीले समझदारी कायम गर्नु पर्छ । समाजले पनि सासु र बुहारीको सम्वन्धलाई परिमार्जन र परिस्कृत गर्दै समय सापेक्ष बनाउनु आजको आवश्यकता हो । अन्यथा, फराकिलो बन्दै गएको समाजमा सासु र बुहारीको सम्वन्ध एक कंलकित र आंतकित पात्रको रुपमा चित्रण भइरहने छ ।  

Comments

Popular posts from this blog

गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा । रगत नै उम्लिने गीत । सवैको जानकारीका लागि सेयर गर्नुहोला ।

०७, फाल्गुण, २०७५ । गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा आएको छ । देशमा स्वाभिमानी भै बाँच्न गाह्रो परिरहेको समयमा यो गीतले हरेक नेपालीलाई जीवन र देशप्रति कसरी स्वाभिमानको महसुस गर्ने भन्ने संदेश दिएको छ । 

चाकरीले चलेको जीवन: देशको बर्तमान अवस्था / एक पटक अवश्य पढनुहोस् ।

सुजन दाहाल नेपालमा चाकरीलाई प्रथाको रुपमा विकास गरियो । चाकरी प्रथा थिएन भने धेरै नेपालीहरु भोक भोकै मर्थे होलान् । चाकरी गर्ने मामलामा नेपालीहरु धेरै प्रसिद्ध छन् । विश्वमै चिनिएका छन् । यहाँ चाकरी नगरी कुनै उपलब्धी हासिल गर्न सकिदैन भन्ने मनोविज्ञान छ । यो पनि सत्य हो कि चाकरी गरेन भने धेरैको मुखमा माड लाग्दैन ।  त्यस्तै यहाँ चाकरी गर्ने मात्र हैन चाकरी गराउनेको पनि ठूलो संख्या छ । हिन्दु धर्ममा पनि भगवान शिवका नन्दी भृगी थिए जो शिवलाई सधै चाकरी मात्र गर्थे भने भगवान शिव चाकरी खाएर आनन्द लिन्थे भन्ने तर्क चाकरी लिप्त भएकाहरुको मुखबाट सुनिन्छ । यस्तो धार्मिक मूल्य मान्यताका साथ हुर्किएका नेपालीले चाकरी प्रथालाई मलजल गर्दै गए ।  सम्वर्दन र प्रवर्दन गर्दै गए । हुकाउदै र बढाउदै गए र त्यसैको नसामा आज झुमिरहे ।     चाकरीमा रमाउने र चाकरी नै जीवन हो भन्ने एउटा ठूलो जमात हाम्रो समाजमा रहेको छ । यहाँ धेरै व्यक्तिको जीवन पद्धती नै चाकरी गर्ने भएको छ । त्यस्ता चाकरीबाजहरुको हाली मुहाली छ । सवै समाज त्यस्तैले क्याम्चर गरिसके भन्दा पनि अतियुक्ति नहोला । चाकरी गर्नेहरु कुनै एक दिन पनि च

एउटी केटिले मलाई हेरिरहन्छे गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक

                                                      २३, पौष, बिराटनगर । गायक प्रवलदिप विश्वासको स्वरले सजिएको एउटी केटिले मलाई हेरिरहन्छे  बोलको गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक भएको छ ।   स्टार एडभर्ट प्रा.लि.को ब्यानरमा बनेको उक्त गीतको भिडियोमा संजय मेहता, कुसुम देउजा, सुजन दाहाल र अनिष दाहालकोे अभिनय रहेको छ । उक्त गीतलाई प्रतिक श्रेष्ठले निर्देशन गरेका छन् भने गितको छायांकन जय कामतले गरेका हुन् । Video Link: https://www.youtube.com/watch?v=XWQjQdJW--Q

प्रमोद खरेलको ‘स्वाभिमानी बनी हामी’ राष्ट्रिय गीतको छायांकन सम्पन्न ।

२४, षौष, २०७५, बिराटनगर । पुजा मारियाको एल्बम जिवन साथीको ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको छायांकन सम्पन्न भएको छ । गायक प्रमोद खरेलको स्वरले सु–सज्जित  गीतको भिडियोमा सुजन दाहाल, रिजन ढकाल, संजय मेहता, अनिस दाहाल, जय कामत र राधा नेपाल लगायतको मुख्य भुमिका रहेको छ ।

‘निर्मला’ को घटनामा बन्ने भो एक घण्टाको चलचित्र ।

माघ, ०६ ।  चलचित्र ‘निर्मला’ को लागि विराटनगर र पथरी शनिश्चरेमा अडिसन मार्फत् वीस कलाकार छनौट गरिएको छ । अडिसनमा सयौको संख्यामा सहभागिता रहेको थियो । निर्मला चलचित्र एक शसक्त कथा बस्तुमा आधारित भएकाले अडिसन मार्फत् शसक्त कलाकारको खोजी गर्नु परेको कला निर्देशक संजय मेहताले बताए ।  देशमा विद्यमान यौन हिंसा र बलात्कारको बिषय लाई लिएर बन्न लागेको उक्त चलचित्र एक घण्टा समयवधिकोे हुने निर्माण पक्षले जानकारी दिएको छ । यस चलचित्रमा नारी भावना, सम्बेदना र त्यसबाट उत्पन्न आवेग र परिणामलाई कलात्मक र रोचक ढंगले उठाइएको कथाका लेखक सुजन दाहालले जानकारी दिए ।   सुशान्त रिजालको प्रस्तती रहेको उक्त चलचित्रका मुख्य कार्यकारी निर्मातामा वीरेन्द्र कुमार शाह रहेका छन् । कलाकारहरुको लागि आवश्यक तालिम र वर्कशप संचालन गर्ने र आगामी माघ २२ गते बाट सुटिंगमा जाने चलचित्रका निर्देशक सन्तोष कुमार बाँस्तोला “आशिक“ ले जानकारी दिए ।  

सयपत्रीको माला, नेता र कार्यकर्ता

सुजन दाहाल राजनैतिक दलका कार्यकर्ता नेता आउदै छन् भन्ने सुने भने ज्यान नै फालेर हातमा सयपत्री फुलको माला बोकेर एयरपोर्ट दर्गुछन् । नेताको जय जयकार गर्छन । कयौ कार्यकर्ताहरु नेताको चाकरी र भजन गाउनमा रमाउने गर्छन् । नेपालमा यस्ता कार्यकर्ता उत्पादन भएका छन् जो सधै नेताको हनुमान चालिसा मात्र गाई रहन्छन् । नेता पनि कस्ता छन् भने प्लेनबाट उत्रिदा उत्रिदै माला लाउन टाउको निहुयाउदै आउछन् । आफ्ना हनुमानहरुले सयपत्री फुलको माला ल्याएर लाइ दिएन भने रिसाउने गर्छन । एयरपोर्टमा नेता सयपत्री फुलको मालाले पुरिएका हुन्छन् । हनुमानहरु नेतालाई मालाले पुरेर ठूलै काम गरेको अनुभूति गर्छन । प्रजातन्त्रिक व्यवस्था आइ सक्दा पनि पञ्चायतकालिन मानसिकता, शैली र व्यवहार परिवर्तन हुन सकेको छैन । सवै भन्दा पहिला चर्चा गरौ नेताको । नेता त्यस्तो हुनु पर्र्छ जसलाई प्रेमले सम्मान साथ माला लगाउन पाइयोस । नेतालाई घाटी भरी माला लगाउदा गर्भले छाती फुलोस । तर दुर्भाग्य नेताहरु काममा केही लछारपाटो लाउदैनन । जनताको पिरमार्का बुझ्दैनन् । नेताले जनातालाई भजन गाउन मात्र सिकाएका छन् । आफुलाई फुलको माला पहि–याएर जय जयका

म विजी छु..........

                   सुजन दाहाल                                                                                                         श्रीमतीले श्रीमानलाई मायालु स्वरमा फोन गर्छिन कता होइसिन्छ रु श्रीमान् भने कुनै केटी संग डेटिङमा हुन्छ तर भन्छ म अफिस तिर छु अहिले विजी छु ल...........। एक व्यक्ति साथीलाई फोन गर्छ ...हेल्लो........ के गर्दै हो रु साथीचाहिले फोन उठाउछ तर ..हेल्लो........ म अहिले अलि विजी छु पछि कुरा गरौला नि । ए सुन न....पहिलो व्यक्तिले भन्दा भन्दै दोस्रो व्यक्तिले... फोन काटिदिन्छ....... । यी त केही उदाहरणका लागि प्रतिनिधी पात्र मात्र हुन् । .श्रीमान् र श्रीमतिका वीचका बोलिने झुट, प्रेमी र प्रेमिका वीचमा बोलिने झुट, साथी भाई तथा घर परिवारमा बोलिने झुट, कतिसम्म भने मान्छे एक ठाउमा छ म अर्कै ठाउमा छु भन्छ, एउटा काम गर्दै हुन्छ अर्कै काम गर्दैछु भन्छ , मजाले गफाडीको उपाधी पाउने गरी गफ चुटेर बसीरहेको हुन्छ म अहिले मिटिङमा विजी छु भन्छ, तास खेलेर बसीरहेको हुन्छ म ड्इटीमा छु भन्छ । अहिलेको मोवाइल संस्कृती यस ढंगको छ । पाइलै पिच्छे ढाट्ने र झुट बोल्ने । यसरी ईष्ट, मित्र

जव सूर्य अस्त तब नेपाल मस्त

सुजन दाहाल     जव सूर्य अस्त तब नेपाल मस्त भन्ने भनाइ जाड खानेलाई हेरेर बनाइएको होला । नेपालीलाई जाड खान बहाना मात्र चाहिन्छ । सानो तिनो घटनामा पनि रक्सी साथी बन्ने गर्छ । चाहे खुसी हुँदा होस वा दःुखी हुँदा होस रक्सी खाइ हाल्छन् । कसैले केही कमायो या गुमायो भने रक्सी खाई हाल्छन् । पिउनु छ जिन्दगीमा कुनै न कुनै बहाना चाहियो भन्छन् अनि दन्काइ हाल्छन् ।  रक्सीले परिवार विगार्छ । रक्सी श्रीमान् श्रीमति विचको भिलेन हो । यसरी रक्सी खाने पुरुषका श्रीमती र छोराछोरी पिडित छन् । श्रीमतीलाई ठगेर, ढाटेर र झुक्याएर रक्सी खान्छन्् । रक्सी खाने श्रीमान्को बानीले श्रीमतीले छाडेर जाने गरेको पनि देखिन्छ । बाउले रक्सी खायो भने छोराछोरीको पढाइ विग्रन्छ र छोरा छोरीले कुबाटो समात्छन् । छोरा छोरीले रक्सी खायो भने बाउ आमाको बैचैनी हुन्छ ।  ज्वाँइले रक्सी खायो भने छोरीको बिजोक हुन्छ । कतिपय पुरुषहरु रक्सी खाएर भूइमा खुट्टा नटेकिने गरी घरमा आयो अनि श्रीमति संग झगडा ग–यो । श्रीमति र छोराछोरी कुट्यो । भोलीपल्ट विहान उठेर पश्चाताप गरो अनि बेलुकी फेरी त्यही धन्दा ग–यो । महिलाको बाध्यता छ कि जस्ता श्रीम

शक्तिशाली बलात्कारी ।

सुजन दाहाल, हिंस्रक र सवेदनहिन पुरुषको आवेग र उत्तेजनाको कारण कयौ बालिका र महिला बलत्कारीको शिकार भै रहेका छन् । हामी कस्तो समाजको परिकल्पना गरिरहेका छौ ? के हामीले बनाउन खोजेको समृद्ध समाज यस्तै हो ? यस्ता ब्वासाहरुको बढ्दो अत्मविश्वासले गर्दा आदर्श र सम्भ समाज बन्न अवरोध खडा भै रहेको छ । बलत्कार त अहिले नेपाली समाजको सामाजिक र सांस्कृतिक व्यवहार जस्तो भयो । बलात्कार पुरुष प्रधान मानसिकताको उपच हो । कोपिला जस्ता बालिका हरेक दिन बलत्कृत भै मर्नु पर्ने कस्तो विडम्वना । हरेक दिन रेडियो तथा पत्रपत्रिकामा बलत्कारका खवर सुन्ने बानी परिसक्यौ । कयौ निर्मलाहरु यहाँ हरेक दिन बलत्कृत भै रहेका छन् । पिडामा छन् । दुःखमा छन् । वेदनामा छन् । चित्कार गर्दै आफ्नो सासको आहुती दिइरहेका छन् । प्रकृतिको सुन्दर सृष्टी हो नारी । के नारी भएर संसारमा जन्म लिए पछि यसरी नै मर्नु पर्ने हो जसरी निर्मला मरिन । पक्कै होइन । स्वाभिमानका साथ बाँच्न पाउनु सवैको अधिकार हो ।   संसारभर खुल्ला समाजमा पनि बलात्कार त हुन्छन तर यति निस्कृष्ट ढंगबाट हुदैनन । निर्मला पन्तको घटनाले बलात्कारी साच्चै तगडा र शक्तिशाली हु

नमस्कार हजुर......

सुजन दाहाल करिव सत्तरी बर्षका एक पढालेखा वृद्ध व्यक्तिले आफूलाई भेट्दा नमस्कार नगरेको भनेर छिमेकीकोमा गएर उसका बुबा आमालाई असन्तुष्टि पोखे । तपाँइको छोरोले मलाई नमस्कार गरेन । नमस्कार गर्न सिकाएको छैन ? म यत्रो विद्धान सवैले गाँउभरी भेट्ने वित्तिकै नमस्कार गर्छन । यो तरिका ठिक भएन अलि संस्कार सिकाउन पर्छ नि भन्दै बाउ आमालाई समेत गाली गरे । त्यस्तै कतिपय कार्यालयहरुमा हाकिमलाई नमस्कार नगर्दा कारवाही गर्ने, सरुवा गर्ने र जागिर समेत च्याट पारिदिएका कयौ उदाहरणहरु छन् । यसबाट के बुझिन्छ भने मानिस नमस्कारको भोको हुन्छ, नमस्कारको अतृप्त प्यासमा हुन्छ । मनोबैज्ञानिक रुपमा नमस्कार मार्फत आत्मसम्मानको भिग माग्छ । वरपर कतिपय त्यस्ता मान्छेहरु हुन्छन कि मलाई नमस्कार गर्छ कि गदैन भनेर यसो धारे परेर हेर्दै नमस्कार फर्काउन हात उचाल्न तम्मतयार भएर बसेका हुन्छन् । नमस्कार गरो भने त्यो जत्तिको भला्दमी र असल त गाँउमा अरु कोही छैन भनेर महिमा गाउँछन् । नमस्कार गरेन भने त्यो काम नलाग्ने, राम्रो छैन आदी आदी भन्छन् । नमस्कारले मान्छेको सम्पूर्ण कुरा र व्यवहारको मूल्याड्ढन गर्छन् ।   मानिसका नमस्