Skip to main content

फोहोरी खुट्टा...नढोगेकै राम्रो

राधा नेपाल

एक मित्र जसले आफ्नो फेसबुक वालमा श्रीमतीलाई खुट्टा ढोगाउदै गरेको फोटो अपलोड गरे । जहाँ खुट्टा ढोगाउने मित्र मख्ख परेर मन्द मुस्कानमा साथ भित्र भित्रै गद्गद हुदै श्रीमतिको टाउकोमा हात राखेका थिए । ढोग्ने महिला लगनशील भएर ध्यान पूर्वक ढोगीरहेकी थिइन । कमेन्ट बक्स हेर्दा धेरैले यो कार्यको विरोध नै गरेका थिए । प्रतिक्रिया नदिइरहन सकिएन र फेमिनिष्ट साइडबाट प्रतिक्रिया दिइयो तर उक्त मित्रको श्रीमती प्रतिक्रियाको विरुद्धमा म माथी खनिइन, आगो भइन । फोनै गरेर यो हाम्रो संस्कृति हो, परम्परा हो, हामीले संस्कृति जोगाउनु पर्छ, मलाई यसैमा आनन्द आउछ भन्दै पाखुरा सुर्किइन । तपाँइलाई के को खसखस भनिन् । मैले ति महोदयालाई बढो भद्र तरिकाले ए हजुर मैले तपाँइको पक्षमा वकालत गरेको हँु आवाज उठाएको हँु तपाँइ जस्ता महिलाको भलो चिताएको हँु उल्टै म माथी खनिनु हुन्छ । तर ति महिला म माथी एकोहोरो रिस पोखिरहिन । अन्तमा, मैले हारे र फोन राखियो । उनलाई बढो दुःखका साथ फेसबुकबाट सधैका लागि डिफ्रेन्ड गरिदिए ।  ढोग्ने महिला र ढोगाई खाने पुरुष दुवै उच्च शिक्षा हासिल गरेका हुन् । यी दम्पती कुनै टाँडाको गाँउमा हैन, विराटनगर महानगरपालिकाका बासिन्दा हुन् । मान्छे जति सुकै पढालेखा होस उसलाई सुघ्रन गारो पर्ने रहेछ भन्ने नमुना हो यो । यस्ता पात्र, चरित्र र प्रवृत्ति रहुन्जेल नेपाली समाज सुघ्रदैन ।
खुट्टा ढोग्ने कुरामा अर्को पात्र सुुसुरा र ज्वाँइ हुन् । धेरैको ससुराले ज्वाँइलाई  खुट्टा ढोग्ने चलन छ । अव समाजले भन्नलाई भन्छ कि ज्वाँइ छोरो समान हो । सामाजिक र भावनात्मक रुपमा ज्वाँइले सासु ससुरालाई सम्मान गर्नु पर्छ, आदर गर्नु पर्छ । सासु ससुराले ज्वाँइलाई माया गर्नु पर्छ, अभिभावकत्व दिनु पर्छ । तर दशै लगायतका महत्वपूर्ण अवसरमा आफुभन्दा आधा उमेरको ज्वाँइलाई निहुरिएर खुट्टामा ढोग्ने र ढोगाउने कार्य हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने समाजले यो सम्वन्धलाई परिभाषित नै गलत ढंगले गरेको छ । 
खुट्टा ढोग्ने कुरामा अर्को पात्र सम्धिनी–सम्धिनी हुन् । पहिलो पटक सम्धी सम्धिनी भेटघाटमा छोरीकी आमाले छोराको आमालाई खुट्टामा ढोग्नु पर्ने संस्कार पनि विद्यमान छ । यो एक विचित्र चलन हो । छोरी पाउनु अभिशाप हो र ? छोरी पाउनु अपराध हो र ? जुन ढंगको यस्तो विभेदकारी असामान्य कार्य संस्कृति र परम्पराकोे रुपमा मान्दै र गर्दैै आइएको छ । त्यसले छोरीका आमाहरुमा कस्तो मनोविज्ञान पैदा हुन्छ । छोरीका आमाहरुलाई यस्तो संस्कृतिलाई कस्तो सन्देश दिन्छ । दुःख मात्र पैदा गर्छ । छोरीका आमा हुनुमा गर्भ गर्ने ठाँउ नै नरहने गरी समाजले जुन चलनलाई गोडमेल गर्दै छ त्यो महिलाले गर्ने तर महिलाकै अपमानका रुपमा रहेको छ । यस्तो गतल कार्य रोक्न स्वयम महिला नै  अग्रसर हुनु पर्छ ।
 खुट्टा ढोग्ने कुरामा अर्को पात्र भनेको भाउजु र नन्द हुन् । भाउजले नन्दको खुट्टा ढोग्ने चलन पनि छ । भाउजु त्यसै पनि उमेरमा पनि नन्द भन्दा ठुली हुन्छिन् । खुट्टा ढोग्ने त्यसमा पनि आफु भन्दा धेरै सानी नन्दलाई । यो अलि असहज र काउकुती लाग्ने घटना र बिषय हो । नन्दले भाउजुलाई सम्मान गर्नु पर्ने हो । र भाउजुले नन्दलाई माया । तर सम्वन्धको पहिचान भनेको खुट्टा ढोगाउनेमा गएर अडिएको छ । बुहारी भएर कसैको घर जाने त महिलाको धर्म नै हो । तर आफु हर्किएको सारा परिवेश छाडेर अर्काको घरमा गएर यस्ता घृणित कार्यहरु संस्कारको रुपमा जर्नेर्ना गर्नु पर्दा बुहारीको भावनामा कुठारापात हुन्छ ।
खुट्टा ढोग्ने कुरामा अन्य पात्रहरुमा भतिजले काकाकाकीलाई, भतिजी बुहारीले काकीसासु, फुपुसासुलाई सानीमा सासुलाई, बाउ आमा, हजुरबुवा हजुरआमाले छोरी नातिनीलाई, दाजुले बैनीलाई, दिदीले बैनीलाई ढोग्ने चलन छ । खुट्टा ढोग्ने सन्दर्भमा उल्लेखित उदाहरणहरु प्रतिनिधिमुलक हुन् । समाजमा यस्ता चालचलन कति छन् कति । यस्तो चलन समय र प्रसग अनुसार एउटा खास उदेश्य, मर्यादा र अनुसाशनका लागि विकास गरिएको हो । यस्तो चलन दर सन्तानमा सर्दै आएको हो जुन अहिले सम्म पनि कायम नै छ  । यस्तै अवस्था रहे भविष्यमा पनि चल्दै जाने छ । यहाँ मख्ख परेर खुट्टा ढोगाउने र ढोग्ने दुवै पात्र गलत छन् । अहिलेको पछिल्लो पुस्ता खुट्टा ढोग्ने कुरामा अलि बढी सचेत त छ तर क्रान्ति गर्न सक्ने अवस्थामा पनि छैन । नयाँ पुस्ताले खुट्टा ढोग्ने र ढोगाउनु राम्रो कुरा हैन भनेर बुझेकोे छ । तर पनि मौन छ । अव नयाँ पुस्ता समाजका यी र यस्ता कुरिती निर्मुल पार्न अग्रसर हुनु पर्छ ।  
मानिसले मन भित्रबाट विकृति विसंगति हटाउनु पर्छ भनेर चिन्तन गर्दैनन तव सम्म यस्ता कार्य समाजमा जारी नै रहन्छन । विेशेष गरी यस्ता कुरा हटाउन पुरुषहरुले महत्वपूर्ण भुमिका खेल्नु पर्छ । त्यसमा महिलाको साथ र सहयोगको पनि उत्तिकै खाँचो छ । अनपढ, दुर्गम र पिछडिएको ठाँउमा बस्ने मानिसको त कुरै नगरौ, जो शहरमा बस्छन् म जत्तिको बरिष्ठ को छ र जस्तो गर्छन । तिनिहरु समेत यस्ता कुरिती र कुसंस्कारको बारेमा बोल्ने आँट गर्दैनन् । बरु लुरुलुरु पालना गर्छन । अनि कसरी समाजमा परिवर्तन आउछ त ? उच्च शिक्षा हासिल गरका महिला पुरुष नै यथास्थितिबादी र जडसुत्रबादी भएकोले नेपाली समाज स्वच्छ र खुल्ला ढंगले अगाडी बढन सकेको छैन । पढे लेखेकाले अन्धविश्वासमा नलागी बिषयबस्तुलाई बैज्ञानिक र तथ्यपरक ढंगबाट बुझनु उपयुक्त हुन्छ । ढोग्नु भनेको त आदर व्यक्त गरिएको न हो तसर्थ आदर र सम्मानका लागि खुट्टा ढोग्ने बाहेकको नयाँ विबल्पमा अगाडी बढ्नु आजको आवश्यकता हो ।
पूर्विय दर्शनमा आधारित हाम्रो जस्तो देशमा अनेक खाले विकृती र कुरितीले जरो गाडेको हुन्छ । अध्यात्मबादमा विश्वास गर्ने मानिसहरु यस्तो संस्कार र संस्कृति प्रति कट्टर हुन्छन् । समयानुसार परिवर्तन भएर व्यवहार गर्न चाहदैनन । परिवर्तनलाई सजिलै आत्मसाथ गर्दैनन । कतिपय अवस्थामा परिवर्तनलाई आफ्नो दुश्मन ठान्दछन् । पढेलेखेको महिला र पुरुष मिलेर समाजका विकृतिजन्य कार्यहरु हटाउदै जानु पर्नेमा बरु संस्कृति र परम्पराको हवाला दिएर मरिहत्ते गरेर अगाडी बढाउदै जानु विडम्वना हो, दर्भाग्य हो । संस्कृतिको नाममा हामीले आउदा पुस्तालाई यस्तो सामाजिक विकृतिको भारी बोकाउनु राम्रो होइन । साँस्कृतिक बिषयबस्तुहरु समायानुकुल परिवर्तन गर्दै लैजानु पर्दछ, संसार रहुन्जेल सत्य हुन्छ भन्ने सोच्नु हुदैन ।
धर्मिक मान्यता अनुसार पनि शिर पवित्र स्थान हो । त्यो पवित्र शिर फोहोरी खुट्टामा लगेर छुवाउनु पर्ने जुन मान्यता र चलन छ त्यो गलत छ । ढोग्ने चलन हिजोका दिनमा जे जसरी चले पनि अव यसमा परिवर्तन ल्याउन जरुरी छ । खुट्टामा ढोग्दा मात्र राम्रो हुने भन्ने मानसिकताबाट माथी उठेर एक्काइसौ शताब्दीमा युग सुहाउदो क्रियाकलाप गर्नु पर्छ । समय कहाँबाट कहाँ पुगी सक्यो नेपाली भने यस्तै वाइहात कुरामा जिवन विताइ रहेका छन । नेपाली समाज विकृतिको सम्पूर्ण प्याकेज भएकाले यस्तो प्याकेज अव सदाको लागि फाल्नु पर्छ । संस्कार र संस्कृति मान्नै हुदैन भन्न खोजिएको चाँही पक्कै होइन तर अन्धो भएर संस्कारका नाममा भएका कुसंस्कार र कुरितिलाई जिवन दर्शन बनाउन हुदैन भन्न खोजिएको हो । नेपाली समाजमा जरो जाडेका यस्ता कुतत्वलाई निर्मुल पार्न सर्वप्रथम आफु परिवर्तन हुनु पर्छ । युवालाई परिवर्तनका पक्षमा शिक्षा दिई जागरुक बनाउनु पर्छ र समयसापेक्ष जीवन पद्धतीको रुपान्त्तरण गर्दै लैजानु पर्छ । तव मात्र समाजका यस्ता खुट्टा ढोग्ने, ढोगाउने लगाएतका तमाम कुसंस्कार र कुरिती विस्तारै हटदै जान्छन ।  

Comments

Popular posts from this blog

गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा । रगत नै उम्लिने गीत । सवैको जानकारीका लागि सेयर गर्नुहोला ।

०७, फाल्गुण, २०७५ । गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा आएको छ । देशमा स्वाभिमानी भै बाँच्न गाह्रो परिरहेको समयमा यो गीतले हरेक नेपालीलाई जीवन र देशप्रति कसरी स्वाभिमानको महसुस गर्ने भन्ने संदेश दिएको छ । 

चाकरीले चलेको जीवन: देशको बर्तमान अवस्था / एक पटक अवश्य पढनुहोस् ।

सुजन दाहाल नेपालमा चाकरीलाई प्रथाको रुपमा विकास गरियो । चाकरी प्रथा थिएन भने धेरै नेपालीहरु भोक भोकै मर्थे होलान् । चाकरी गर्ने मामलामा नेपालीहरु धेरै प्रसिद्ध छन् । विश्वमै चिनिएका छन् । यहाँ चाकरी नगरी कुनै उपलब्धी हासिल गर्न सकिदैन भन्ने मनोविज्ञान छ । यो पनि सत्य हो कि चाकरी गरेन भने धेरैको मुखमा माड लाग्दैन ।  त्यस्तै यहाँ चाकरी गर्ने मात्र हैन चाकरी गराउनेको पनि ठूलो संख्या छ । हिन्दु धर्ममा पनि भगवान शिवका नन्दी भृगी थिए जो शिवलाई सधै चाकरी मात्र गर्थे भने भगवान शिव चाकरी खाएर आनन्द लिन्थे भन्ने तर्क चाकरी लिप्त भएकाहरुको मुखबाट सुनिन्छ । यस्तो धार्मिक मूल्य मान्यताका साथ हुर्किएका नेपालीले चाकरी प्रथालाई मलजल गर्दै गए ।  सम्वर्दन र प्रवर्दन गर्दै गए । हुकाउदै र बढाउदै गए र त्यसैको नसामा आज झुमिरहे ।     चाकरीमा रमाउने र चाकरी नै जीवन हो भन्ने एउटा ठूलो जमात हाम्रो समाजमा रहेको छ । यहाँ धेरै व्यक्तिको जीवन पद्धती नै चाकरी गर्ने भएको छ । त्यस्ता चाकरीबाजहरुको हाली मुहाली छ । सवै समाज त्यस्तैले क्याम्चर गरिसके भन्दा पनि अतियुक्ति नहोला । चाकरी गर्नेहरु कुनै एक दिन पनि च

एउटी केटिले मलाई हेरिरहन्छे गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक

                                                      २३, पौष, बिराटनगर । गायक प्रवलदिप विश्वासको स्वरले सजिएको एउटी केटिले मलाई हेरिरहन्छे  बोलको गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक भएको छ ।   स्टार एडभर्ट प्रा.लि.को ब्यानरमा बनेको उक्त गीतको भिडियोमा संजय मेहता, कुसुम देउजा, सुजन दाहाल र अनिष दाहालकोे अभिनय रहेको छ । उक्त गीतलाई प्रतिक श्रेष्ठले निर्देशन गरेका छन् भने गितको छायांकन जय कामतले गरेका हुन् । Video Link: https://www.youtube.com/watch?v=XWQjQdJW--Q

प्रमोद खरेलको ‘स्वाभिमानी बनी हामी’ राष्ट्रिय गीतको छायांकन सम्पन्न ।

२४, षौष, २०७५, बिराटनगर । पुजा मारियाको एल्बम जिवन साथीको ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको छायांकन सम्पन्न भएको छ । गायक प्रमोद खरेलको स्वरले सु–सज्जित  गीतको भिडियोमा सुजन दाहाल, रिजन ढकाल, संजय मेहता, अनिस दाहाल, जय कामत र राधा नेपाल लगायतको मुख्य भुमिका रहेको छ ।

‘निर्मला’ को घटनामा बन्ने भो एक घण्टाको चलचित्र ।

माघ, ०६ ।  चलचित्र ‘निर्मला’ को लागि विराटनगर र पथरी शनिश्चरेमा अडिसन मार्फत् वीस कलाकार छनौट गरिएको छ । अडिसनमा सयौको संख्यामा सहभागिता रहेको थियो । निर्मला चलचित्र एक शसक्त कथा बस्तुमा आधारित भएकाले अडिसन मार्फत् शसक्त कलाकारको खोजी गर्नु परेको कला निर्देशक संजय मेहताले बताए ।  देशमा विद्यमान यौन हिंसा र बलात्कारको बिषय लाई लिएर बन्न लागेको उक्त चलचित्र एक घण्टा समयवधिकोे हुने निर्माण पक्षले जानकारी दिएको छ । यस चलचित्रमा नारी भावना, सम्बेदना र त्यसबाट उत्पन्न आवेग र परिणामलाई कलात्मक र रोचक ढंगले उठाइएको कथाका लेखक सुजन दाहालले जानकारी दिए ।   सुशान्त रिजालको प्रस्तती रहेको उक्त चलचित्रका मुख्य कार्यकारी निर्मातामा वीरेन्द्र कुमार शाह रहेका छन् । कलाकारहरुको लागि आवश्यक तालिम र वर्कशप संचालन गर्ने र आगामी माघ २२ गते बाट सुटिंगमा जाने चलचित्रका निर्देशक सन्तोष कुमार बाँस्तोला “आशिक“ ले जानकारी दिए ।  

सयपत्रीको माला, नेता र कार्यकर्ता

सुजन दाहाल राजनैतिक दलका कार्यकर्ता नेता आउदै छन् भन्ने सुने भने ज्यान नै फालेर हातमा सयपत्री फुलको माला बोकेर एयरपोर्ट दर्गुछन् । नेताको जय जयकार गर्छन । कयौ कार्यकर्ताहरु नेताको चाकरी र भजन गाउनमा रमाउने गर्छन् । नेपालमा यस्ता कार्यकर्ता उत्पादन भएका छन् जो सधै नेताको हनुमान चालिसा मात्र गाई रहन्छन् । नेता पनि कस्ता छन् भने प्लेनबाट उत्रिदा उत्रिदै माला लाउन टाउको निहुयाउदै आउछन् । आफ्ना हनुमानहरुले सयपत्री फुलको माला ल्याएर लाइ दिएन भने रिसाउने गर्छन । एयरपोर्टमा नेता सयपत्री फुलको मालाले पुरिएका हुन्छन् । हनुमानहरु नेतालाई मालाले पुरेर ठूलै काम गरेको अनुभूति गर्छन । प्रजातन्त्रिक व्यवस्था आइ सक्दा पनि पञ्चायतकालिन मानसिकता, शैली र व्यवहार परिवर्तन हुन सकेको छैन । सवै भन्दा पहिला चर्चा गरौ नेताको । नेता त्यस्तो हुनु पर्र्छ जसलाई प्रेमले सम्मान साथ माला लगाउन पाइयोस । नेतालाई घाटी भरी माला लगाउदा गर्भले छाती फुलोस । तर दुर्भाग्य नेताहरु काममा केही लछारपाटो लाउदैनन । जनताको पिरमार्का बुझ्दैनन् । नेताले जनातालाई भजन गाउन मात्र सिकाएका छन् । आफुलाई फुलको माला पहि–याएर जय जयका

म विजी छु..........

                   सुजन दाहाल                                                                                                         श्रीमतीले श्रीमानलाई मायालु स्वरमा फोन गर्छिन कता होइसिन्छ रु श्रीमान् भने कुनै केटी संग डेटिङमा हुन्छ तर भन्छ म अफिस तिर छु अहिले विजी छु ल...........। एक व्यक्ति साथीलाई फोन गर्छ ...हेल्लो........ के गर्दै हो रु साथीचाहिले फोन उठाउछ तर ..हेल्लो........ म अहिले अलि विजी छु पछि कुरा गरौला नि । ए सुन न....पहिलो व्यक्तिले भन्दा भन्दै दोस्रो व्यक्तिले... फोन काटिदिन्छ....... । यी त केही उदाहरणका लागि प्रतिनिधी पात्र मात्र हुन् । .श्रीमान् र श्रीमतिका वीचका बोलिने झुट, प्रेमी र प्रेमिका वीचमा बोलिने झुट, साथी भाई तथा घर परिवारमा बोलिने झुट, कतिसम्म भने मान्छे एक ठाउमा छ म अर्कै ठाउमा छु भन्छ, एउटा काम गर्दै हुन्छ अर्कै काम गर्दैछु भन्छ , मजाले गफाडीको उपाधी पाउने गरी गफ चुटेर बसीरहेको हुन्छ म अहिले मिटिङमा विजी छु भन्छ, तास खेलेर बसीरहेको हुन्छ म ड्इटीमा छु भन्छ । अहिलेको मोवाइल संस्कृती यस ढंगको छ । पाइलै पिच्छे ढाट्ने र झुट बोल्ने । यसरी ईष्ट, मित्र

जव सूर्य अस्त तब नेपाल मस्त

सुजन दाहाल     जव सूर्य अस्त तब नेपाल मस्त भन्ने भनाइ जाड खानेलाई हेरेर बनाइएको होला । नेपालीलाई जाड खान बहाना मात्र चाहिन्छ । सानो तिनो घटनामा पनि रक्सी साथी बन्ने गर्छ । चाहे खुसी हुँदा होस वा दःुखी हुँदा होस रक्सी खाइ हाल्छन् । कसैले केही कमायो या गुमायो भने रक्सी खाई हाल्छन् । पिउनु छ जिन्दगीमा कुनै न कुनै बहाना चाहियो भन्छन् अनि दन्काइ हाल्छन् ।  रक्सीले परिवार विगार्छ । रक्सी श्रीमान् श्रीमति विचको भिलेन हो । यसरी रक्सी खाने पुरुषका श्रीमती र छोराछोरी पिडित छन् । श्रीमतीलाई ठगेर, ढाटेर र झुक्याएर रक्सी खान्छन्् । रक्सी खाने श्रीमान्को बानीले श्रीमतीले छाडेर जाने गरेको पनि देखिन्छ । बाउले रक्सी खायो भने छोराछोरीको पढाइ विग्रन्छ र छोरा छोरीले कुबाटो समात्छन् । छोरा छोरीले रक्सी खायो भने बाउ आमाको बैचैनी हुन्छ ।  ज्वाँइले रक्सी खायो भने छोरीको बिजोक हुन्छ । कतिपय पुरुषहरु रक्सी खाएर भूइमा खुट्टा नटेकिने गरी घरमा आयो अनि श्रीमति संग झगडा ग–यो । श्रीमति र छोराछोरी कुट्यो । भोलीपल्ट विहान उठेर पश्चाताप गरो अनि बेलुकी फेरी त्यही धन्दा ग–यो । महिलाको बाध्यता छ कि जस्ता श्रीम

शक्तिशाली बलात्कारी ।

सुजन दाहाल, हिंस्रक र सवेदनहिन पुरुषको आवेग र उत्तेजनाको कारण कयौ बालिका र महिला बलत्कारीको शिकार भै रहेका छन् । हामी कस्तो समाजको परिकल्पना गरिरहेका छौ ? के हामीले बनाउन खोजेको समृद्ध समाज यस्तै हो ? यस्ता ब्वासाहरुको बढ्दो अत्मविश्वासले गर्दा आदर्श र सम्भ समाज बन्न अवरोध खडा भै रहेको छ । बलत्कार त अहिले नेपाली समाजको सामाजिक र सांस्कृतिक व्यवहार जस्तो भयो । बलात्कार पुरुष प्रधान मानसिकताको उपच हो । कोपिला जस्ता बालिका हरेक दिन बलत्कृत भै मर्नु पर्ने कस्तो विडम्वना । हरेक दिन रेडियो तथा पत्रपत्रिकामा बलत्कारका खवर सुन्ने बानी परिसक्यौ । कयौ निर्मलाहरु यहाँ हरेक दिन बलत्कृत भै रहेका छन् । पिडामा छन् । दुःखमा छन् । वेदनामा छन् । चित्कार गर्दै आफ्नो सासको आहुती दिइरहेका छन् । प्रकृतिको सुन्दर सृष्टी हो नारी । के नारी भएर संसारमा जन्म लिए पछि यसरी नै मर्नु पर्ने हो जसरी निर्मला मरिन । पक्कै होइन । स्वाभिमानका साथ बाँच्न पाउनु सवैको अधिकार हो ।   संसारभर खुल्ला समाजमा पनि बलात्कार त हुन्छन तर यति निस्कृष्ट ढंगबाट हुदैनन । निर्मला पन्तको घटनाले बलात्कारी साच्चै तगडा र शक्तिशाली हु

नमस्कार हजुर......

सुजन दाहाल करिव सत्तरी बर्षका एक पढालेखा वृद्ध व्यक्तिले आफूलाई भेट्दा नमस्कार नगरेको भनेर छिमेकीकोमा गएर उसका बुबा आमालाई असन्तुष्टि पोखे । तपाँइको छोरोले मलाई नमस्कार गरेन । नमस्कार गर्न सिकाएको छैन ? म यत्रो विद्धान सवैले गाँउभरी भेट्ने वित्तिकै नमस्कार गर्छन । यो तरिका ठिक भएन अलि संस्कार सिकाउन पर्छ नि भन्दै बाउ आमालाई समेत गाली गरे । त्यस्तै कतिपय कार्यालयहरुमा हाकिमलाई नमस्कार नगर्दा कारवाही गर्ने, सरुवा गर्ने र जागिर समेत च्याट पारिदिएका कयौ उदाहरणहरु छन् । यसबाट के बुझिन्छ भने मानिस नमस्कारको भोको हुन्छ, नमस्कारको अतृप्त प्यासमा हुन्छ । मनोबैज्ञानिक रुपमा नमस्कार मार्फत आत्मसम्मानको भिग माग्छ । वरपर कतिपय त्यस्ता मान्छेहरु हुन्छन कि मलाई नमस्कार गर्छ कि गदैन भनेर यसो धारे परेर हेर्दै नमस्कार फर्काउन हात उचाल्न तम्मतयार भएर बसेका हुन्छन् । नमस्कार गरो भने त्यो जत्तिको भला्दमी र असल त गाँउमा अरु कोही छैन भनेर महिमा गाउँछन् । नमस्कार गरेन भने त्यो काम नलाग्ने, राम्रो छैन आदी आदी भन्छन् । नमस्कारले मान्छेको सम्पूर्ण कुरा र व्यवहारको मूल्याड्ढन गर्छन् ।   मानिसका नमस्