Skip to main content

सित्तैमा पाए अलकत्रा खाने

                                                                                                                                        सुजन दाहाल

    खाना र मानिसको विचमा गहिरो सम्वन्ध हुन्छ । मानिस बाँच्नका लागि खान्छ कि खानका लागि बाँच्छ ? नेपालीको खाद्य संस्कृति र व्यवहार हेर्दा नेपालीहरु खानका लागि बाँचेका हुन जस्तो लाग्छ । खाना जिवित प्राणीलाई आवश्यक छ । तर नेपालीले आवश्यकता अनुसार मात्र खान्छन् कि आवश्यकता भन्दा बढी खान्छन् । सवै भन्दा पहिला चर्चा गरौ महिना वा समय अनुसार आउने विभिन्न उत्सव तथा सास्कृतिक अवसरको, नयाँ बर्षमा पार्टी खाने, असार १५ मा दही चिउरा खाने, साउन १५ मा खीर खाने, जनै पूर्णिमामा क्वाटी खाने, माधे संक्रान्तिमा तरुल तथा चाकु खाने आदी । 

धार्मिक विधि विधान अनुसार मनाउने दशैमा माछा मासु प्रशस्त खाने, तिहारमा सेलरोटी खाने, तीजमा त झन् महिना दिन अगाडीबाटै खाने, होलीमा पनि खाने, उद्यौलीमा नि खाने, त्यस्तै इद तथा क्रिसमस जस्ता चाडबाडमा खाने गरिन्छ । जनसाख्यिक गतिविधिहरु जस्तै मान्छे जन्मदा खाने, पास्नीमा खाने, व्रतवन्ध÷गुन्यूचोलीमा खाने, जन्मदिनको उपलक्ष्यमा खाने, विवाहमा खाने, हरेक बर्ष आउने वैवाहिक बर्ष गाठमा खाने, विचमा कुनै महत्वपूर्ण घटना भयो भने त्यसमा नि खाने, यतिसम्म कि मान्छे मर्दा नि खाने, मरेपछि श्राद्ध गर्ने भन्यो त्यसमा नि खाने यस्ता खाने वहाना धेरै छन् ।

त्यस्तै जाडो मौसम सुरु भए संगै पिकनिक पनि सुरु हुन्छ त्यहाँ त अझ उफ्रि उफ्रि खाने, कुनै बहाना झिकेर हरेक शुक्रबार खाने, धर्म अनुसारका अनेक पुजा पाठ हुन्छन् त्यसमा नि खाने । त्यतिले मात्र नपुगेर खुसी हुदा पनि खाने दुःखी हुदा पनि खाने, घाम लागे नि खाने पानी पर्दा पनि खाने परम्परा र संस्कार रहेको छ । 
यसरी खाने व्यवहार र संस्कार हेर्दा नेपालीहरु खानमा धेरै लोभी छन् । नेपालीको धार्मिक तथा साँस्कृतिक बनावट र चरित्र पनि खाना मै गएर ठोकिन्छ । खाना शरीरलाई अति आवश्यक छ । खानामा सन्तुलन मिलाएर खान जरुरी छ । 

सन्तुलित भोजन मानिसलाई अपरिहार्य भए पनि कति खाने ? कहिले खाने ? कसरी खाने ? खाने कि नखाने ? सोच विचार गरेर खाने चलन छैन । सित्तैमा खान पायो भने अलकत्र खाएर मट्टितेलले कुल्ला गर्न पनि पछि पर्दैनन् । पैसा नतिरि सित्तैमा भेटो भने विरामी परे औषधी खाउँला भन्दै खाएको देखिन्छ । खानलाई दुई दिन अगाडिबाट नखाइ बसेको नि देखिन्छ । खान भेटे भनेर मर्ने गरी कोचिकोचि खायो अनि वेलुका यता घोचो र उता घोचो भन्दै अस्पट भएर रातभरी सुत्न नसक्ने र खुवाउनेलाई नै उल्टै गाली गर्ने चलन छ । 

खानेकुरासँग हाम्रो सम्बन्ध गहिरो छ । खानाले नै मानिसलाई जिवित राखी आफ्ना दैनिक व्यवहार गर्न सम्भव बनाउछ । हामी भोक लागेर नि खान्छौ भोक नलागे पनि खान्छौ । वरीपरिको बाताबरण र उपलब्धतामा भर पर्छ । खाने इच्छा होस कि नहोस अरुले खुवाउने भो भने खानलाई तयार हुन्छौ । आज चाँही खाइ हालौ भोली देखा जायगा भनेर मरुन्जेल खान्छौ । खान पाए पछि भूत, वर्तमान र भविष्य केही नसोची खाने बानी छ ।

खानाकै कारण शरीरलाई स्वस्थ्य, तन्दुरुस्त, उर्जावान बनाउन सकिन्छ । विज्ञहरुका अनुुुुुुुुुुुुुुुुुुुुुसार दक्षिण एसियाका मानिसहरुमा रोगको उत्पती सामान्यतया पेटबाट सुरु हुने कुरा उल्लेख गरेका छन् । आखिर पेट र खानाको त गहिरो सामिप्यता छ । अखाद्य, अपच र अस्वस्थ्यकर खानाकै कारण शरीरमा रोग उत्पन्न हुन्छ । खानपान गर्ने मामलामा हामी एकदमै सर्तक एवं सजग हुदैनौ । अर्थात् हामी माइन्डफुल इटिङ गर्दैनौ । खाना खाने सही तरिका अपनाउदैनौ । हडबडाएर खान्छौ । भोक लागेपछि खानु पर्नेमा जतिसुकै वेला खान्छौ । सन्तुलन मिलाएर खानु पर्नेमा भेटेपछि एकै पटक डरलाग्दो र आश्चर्यलाग्दो  गरी खाने अनि नभेटुन्जेल नखाने गलत खाद्य व्यवहार गरिरहेका छौ । 

खानामा आर्थिक पक्षको पनि विशेष भूमिका रहेको हुन्छ । सम्पन्न र धनिमानीले गुणस्तरिय भोजनमा जोड दिन्छन । गरिव गुरुवाले शरीरलाई जिवित राख्नका लागि मात्र खाने गर्दछन् । सम्पन्न बर्गकाले सन्तुलित भोजन खान्छन् । सचेत भएर खान्छन्  । आर्थिक रुपले गरिवहरुले गुणस्तरिय खानेकुरा खान सक्दैन । खानेकुरामा चेतना र शिक्षाको सम्वन्ध रहेको हुन्छ । शिक्षित बर्गले अशिक्षित वर्ग भन्दा सचेत भएर खानेकुराको वस्दोवस्त मिलाउछ । कस्तो खाना स्वस्थ्यकर छ कुन खाना शरीरलाई आवश्यक छ कति कति मात्रामा खानु पर्छ भन्ने कुरा शिक्षित र सचेत वर्गले अलि राम्ररी बुझेको हुन्छ ।  

समाजमा विभिन्न वहानामा भोज भतेर चलि नै रहन्छ । हाम्रो चाडबाड, धर्म संस्कृति, परम्परा, मूल्य मान्यता, उत्सव, पर्व आदी सवैमा भोज चलि रहन्छ । भोज भतेर पनि धार्मिक समुह अनुसार, जातिगत विविधता अनुसार, सामाजिक साँस्कृतिक रहनसहन र परम्परा अनुसार फरक फरक छन् । आखिर सवै वर्ग समुदायको अन्तत्वगत्वा एउटै लक्ष्य छ खानु । समाजमा हाम्रो रितिरिवाज, परम्परा र खानपान एक आपसका परिपूरक हुन् ।

    खाने सवालमा कुनै आक्षेप होइन । तर अधिकांश नेपालीहरु आर्थिक रुपले बिपन्न र गरिव रहेको हुदाँ यस्ता चाडवाड, धर्म संस्कृती धान्न नै गाह्रो भै रहेको छ । यदी टन्न पैसा हुने हो भने यस्ता अवसरहरुले मायाप्रेम साटासाट गर्ने, पारस्परिक सदभाव बढाउने, सहयोग आदानप्रदान गर्ने र घनिष्टता बढाने माध्यम बन्न सक्छ । यस्ता अवसरहरु भेटघाट गर्ने, रमाइलो गर्ने र मानसिक तथा सामाजिक रुपमा स्वस्थ्य रहन लाभदायक हुने गर्दछन् । तर नेपालीको आर्थिक सामाजिक विशेषता अनुसार यस्ता अवसरलाई पाल्न र धान्न गारो परिरहेको छ । कतिलाई यस्ता चाडबाड र संस्कृतिले ऋण बोकाएर गएका पनि छन ।

नेपालीहरुलाई खुव देखासिकी गर्नुपर्छ । आफ्नो घाटी हेरेर हाड निल्दैनन । जसरी भए पनि अरुका अगाडी लाज गाल ढाक्नै पर्छ भन्ने मनोविज्ञान छ । घरवारी बेचेरै भए नि तिरौला तर अहिले अरुका अगाडी कमजोर देखिनु हुदैन भन्ने भावनाले जरो गाडेको छ । यहको सामाजिक चिन्तन र व्यवहार धनिमानी र शासक वर्गको हितमा काम गर्ने खालको छ । गरिव र असहाय मैत्री सामाजिक व्यवहार  र परिवेश नभएकाले गरिवलाई विभिन्न प्रकारका भोजभतेरको वहानामा अझ गरिव बनाउदै लग्न हुदैन ।

देखासेखी बन्द गरी बढी खर्चालु संस्कार र संस्कृतिलाई कम खर्च गर्ने तर्फ उन्मुख गराउन पर्दछ । खाने कुरामा लोभी आत्माको सम्वन्ध हुन्छ । खानेकुरा देखेपछि आफुलाई सम्हाल्न नसक्नु मानिसको कमजोरी हो । खाने कुरामा लोभी होइन उदार हुन पर्दछ । मानिस खाने कुराको नियन्त्रणमा होइन, खानेकुरा मानिसको नियन्त्रणमा हुनु पर्दछ । खाद्य संस्कृति र व्यवहार खाने कुराको नियन्त्रणमा होइन मनिसको नियन्त्रणमा राख्न आवश्यक छ । अर्थात् जिवन जीउन र स्वस्थ्य रहन खानु पर्छ, पश्चाताप गर्न होइन ।

Comments

Popular posts from this blog

गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा । रगत नै उम्लिने गीत । सवैको जानकारीका लागि सेयर गर्नुहोला ।

०७, फाल्गुण, २०७५ । गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा आएको छ । देशमा स्वाभिमानी भै बाँच्न गाह्रो परिरहेको समयमा यो गीतले हरेक नेपालीलाई जीवन र देशप्रति कसरी स्वाभिमानको महसुस गर्ने भन्ने संदेश दिएको छ । 

चाकरीले चलेको जीवन: देशको बर्तमान अवस्था / एक पटक अवश्य पढनुहोस् ।

सुजन दाहाल नेपालमा चाकरीलाई प्रथाको रुपमा विकास गरियो । चाकरी प्रथा थिएन भने धेरै नेपालीहरु भोक भोकै मर्थे होलान् । चाकरी गर्ने मामलामा नेपालीहरु धेरै प्रसिद्ध छन् । विश्वमै चिनिएका छन् । यहाँ चाकरी नगरी कुनै उपलब्धी हासिल गर्न सकिदैन भन्ने मनोविज्ञान छ । यो पनि सत्य हो कि चाकरी गरेन भने धेरैको मुखमा माड लाग्दैन ।  त्यस्तै यहाँ चाकरी गर्ने मात्र हैन चाकरी गराउनेको पनि ठूलो संख्या छ । हिन्दु धर्ममा पनि भगवान शिवका नन्दी भृगी थिए जो शिवलाई सधै चाकरी मात्र गर्थे भने भगवान शिव चाकरी खाएर आनन्द लिन्थे भन्ने तर्क चाकरी लिप्त भएकाहरुको मुखबाट सुनिन्छ । यस्तो धार्मिक मूल्य मान्यताका साथ हुर्किएका नेपालीले चाकरी प्रथालाई मलजल गर्दै गए ।  सम्वर्दन र प्रवर्दन गर्दै गए । हुकाउदै र बढाउदै गए र त्यसैको नसामा आज झुमिरहे ।     चाकरीमा रमाउने र चाकरी नै जीवन हो भन्ने एउटा ठूलो जमात हाम्रो समाजमा रहेको छ । यहाँ धेरै व्यक्तिको जीवन पद्धती नै चाकरी गर्ने भएको छ । त्यस्ता चाकरीबाजहरुको हाली मुहाली छ । सवै समाज त्यस्तैले क्याम्चर गरिसके भन्दा पनि अतियुक्ति नहोला । चाकरी गर्नेहरु कुनै एक दिन पनि च

एउटी केटिले मलाई हेरिरहन्छे गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक

                                                      २३, पौष, बिराटनगर । गायक प्रवलदिप विश्वासको स्वरले सजिएको एउटी केटिले मलाई हेरिरहन्छे  बोलको गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक भएको छ ।   स्टार एडभर्ट प्रा.लि.को ब्यानरमा बनेको उक्त गीतको भिडियोमा संजय मेहता, कुसुम देउजा, सुजन दाहाल र अनिष दाहालकोे अभिनय रहेको छ । उक्त गीतलाई प्रतिक श्रेष्ठले निर्देशन गरेका छन् भने गितको छायांकन जय कामतले गरेका हुन् । Video Link: https://www.youtube.com/watch?v=XWQjQdJW--Q

प्रमोद खरेलको ‘स्वाभिमानी बनी हामी’ राष्ट्रिय गीतको छायांकन सम्पन्न ।

२४, षौष, २०७५, बिराटनगर । पुजा मारियाको एल्बम जिवन साथीको ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको छायांकन सम्पन्न भएको छ । गायक प्रमोद खरेलको स्वरले सु–सज्जित  गीतको भिडियोमा सुजन दाहाल, रिजन ढकाल, संजय मेहता, अनिस दाहाल, जय कामत र राधा नेपाल लगायतको मुख्य भुमिका रहेको छ ।

‘निर्मला’ को घटनामा बन्ने भो एक घण्टाको चलचित्र ।

माघ, ०६ ।  चलचित्र ‘निर्मला’ को लागि विराटनगर र पथरी शनिश्चरेमा अडिसन मार्फत् वीस कलाकार छनौट गरिएको छ । अडिसनमा सयौको संख्यामा सहभागिता रहेको थियो । निर्मला चलचित्र एक शसक्त कथा बस्तुमा आधारित भएकाले अडिसन मार्फत् शसक्त कलाकारको खोजी गर्नु परेको कला निर्देशक संजय मेहताले बताए ।  देशमा विद्यमान यौन हिंसा र बलात्कारको बिषय लाई लिएर बन्न लागेको उक्त चलचित्र एक घण्टा समयवधिकोे हुने निर्माण पक्षले जानकारी दिएको छ । यस चलचित्रमा नारी भावना, सम्बेदना र त्यसबाट उत्पन्न आवेग र परिणामलाई कलात्मक र रोचक ढंगले उठाइएको कथाका लेखक सुजन दाहालले जानकारी दिए ।   सुशान्त रिजालको प्रस्तती रहेको उक्त चलचित्रका मुख्य कार्यकारी निर्मातामा वीरेन्द्र कुमार शाह रहेका छन् । कलाकारहरुको लागि आवश्यक तालिम र वर्कशप संचालन गर्ने र आगामी माघ २२ गते बाट सुटिंगमा जाने चलचित्रका निर्देशक सन्तोष कुमार बाँस्तोला “आशिक“ ले जानकारी दिए ।  

सयपत्रीको माला, नेता र कार्यकर्ता

सुजन दाहाल राजनैतिक दलका कार्यकर्ता नेता आउदै छन् भन्ने सुने भने ज्यान नै फालेर हातमा सयपत्री फुलको माला बोकेर एयरपोर्ट दर्गुछन् । नेताको जय जयकार गर्छन । कयौ कार्यकर्ताहरु नेताको चाकरी र भजन गाउनमा रमाउने गर्छन् । नेपालमा यस्ता कार्यकर्ता उत्पादन भएका छन् जो सधै नेताको हनुमान चालिसा मात्र गाई रहन्छन् । नेता पनि कस्ता छन् भने प्लेनबाट उत्रिदा उत्रिदै माला लाउन टाउको निहुयाउदै आउछन् । आफ्ना हनुमानहरुले सयपत्री फुलको माला ल्याएर लाइ दिएन भने रिसाउने गर्छन । एयरपोर्टमा नेता सयपत्री फुलको मालाले पुरिएका हुन्छन् । हनुमानहरु नेतालाई मालाले पुरेर ठूलै काम गरेको अनुभूति गर्छन । प्रजातन्त्रिक व्यवस्था आइ सक्दा पनि पञ्चायतकालिन मानसिकता, शैली र व्यवहार परिवर्तन हुन सकेको छैन । सवै भन्दा पहिला चर्चा गरौ नेताको । नेता त्यस्तो हुनु पर्र्छ जसलाई प्रेमले सम्मान साथ माला लगाउन पाइयोस । नेतालाई घाटी भरी माला लगाउदा गर्भले छाती फुलोस । तर दुर्भाग्य नेताहरु काममा केही लछारपाटो लाउदैनन । जनताको पिरमार्का बुझ्दैनन् । नेताले जनातालाई भजन गाउन मात्र सिकाएका छन् । आफुलाई फुलको माला पहि–याएर जय जयका

म विजी छु..........

                   सुजन दाहाल                                                                                                         श्रीमतीले श्रीमानलाई मायालु स्वरमा फोन गर्छिन कता होइसिन्छ रु श्रीमान् भने कुनै केटी संग डेटिङमा हुन्छ तर भन्छ म अफिस तिर छु अहिले विजी छु ल...........। एक व्यक्ति साथीलाई फोन गर्छ ...हेल्लो........ के गर्दै हो रु साथीचाहिले फोन उठाउछ तर ..हेल्लो........ म अहिले अलि विजी छु पछि कुरा गरौला नि । ए सुन न....पहिलो व्यक्तिले भन्दा भन्दै दोस्रो व्यक्तिले... फोन काटिदिन्छ....... । यी त केही उदाहरणका लागि प्रतिनिधी पात्र मात्र हुन् । .श्रीमान् र श्रीमतिका वीचका बोलिने झुट, प्रेमी र प्रेमिका वीचमा बोलिने झुट, साथी भाई तथा घर परिवारमा बोलिने झुट, कतिसम्म भने मान्छे एक ठाउमा छ म अर्कै ठाउमा छु भन्छ, एउटा काम गर्दै हुन्छ अर्कै काम गर्दैछु भन्छ , मजाले गफाडीको उपाधी पाउने गरी गफ चुटेर बसीरहेको हुन्छ म अहिले मिटिङमा विजी छु भन्छ, तास खेलेर बसीरहेको हुन्छ म ड्इटीमा छु भन्छ । अहिलेको मोवाइल संस्कृती यस ढंगको छ । पाइलै पिच्छे ढाट्ने र झुट बोल्ने । यसरी ईष्ट, मित्र

जव सूर्य अस्त तब नेपाल मस्त

सुजन दाहाल     जव सूर्य अस्त तब नेपाल मस्त भन्ने भनाइ जाड खानेलाई हेरेर बनाइएको होला । नेपालीलाई जाड खान बहाना मात्र चाहिन्छ । सानो तिनो घटनामा पनि रक्सी साथी बन्ने गर्छ । चाहे खुसी हुँदा होस वा दःुखी हुँदा होस रक्सी खाइ हाल्छन् । कसैले केही कमायो या गुमायो भने रक्सी खाई हाल्छन् । पिउनु छ जिन्दगीमा कुनै न कुनै बहाना चाहियो भन्छन् अनि दन्काइ हाल्छन् ।  रक्सीले परिवार विगार्छ । रक्सी श्रीमान् श्रीमति विचको भिलेन हो । यसरी रक्सी खाने पुरुषका श्रीमती र छोराछोरी पिडित छन् । श्रीमतीलाई ठगेर, ढाटेर र झुक्याएर रक्सी खान्छन्् । रक्सी खाने श्रीमान्को बानीले श्रीमतीले छाडेर जाने गरेको पनि देखिन्छ । बाउले रक्सी खायो भने छोराछोरीको पढाइ विग्रन्छ र छोरा छोरीले कुबाटो समात्छन् । छोरा छोरीले रक्सी खायो भने बाउ आमाको बैचैनी हुन्छ ।  ज्वाँइले रक्सी खायो भने छोरीको बिजोक हुन्छ । कतिपय पुरुषहरु रक्सी खाएर भूइमा खुट्टा नटेकिने गरी घरमा आयो अनि श्रीमति संग झगडा ग–यो । श्रीमति र छोराछोरी कुट्यो । भोलीपल्ट विहान उठेर पश्चाताप गरो अनि बेलुकी फेरी त्यही धन्दा ग–यो । महिलाको बाध्यता छ कि जस्ता श्रीम

शक्तिशाली बलात्कारी ।

सुजन दाहाल, हिंस्रक र सवेदनहिन पुरुषको आवेग र उत्तेजनाको कारण कयौ बालिका र महिला बलत्कारीको शिकार भै रहेका छन् । हामी कस्तो समाजको परिकल्पना गरिरहेका छौ ? के हामीले बनाउन खोजेको समृद्ध समाज यस्तै हो ? यस्ता ब्वासाहरुको बढ्दो अत्मविश्वासले गर्दा आदर्श र सम्भ समाज बन्न अवरोध खडा भै रहेको छ । बलत्कार त अहिले नेपाली समाजको सामाजिक र सांस्कृतिक व्यवहार जस्तो भयो । बलात्कार पुरुष प्रधान मानसिकताको उपच हो । कोपिला जस्ता बालिका हरेक दिन बलत्कृत भै मर्नु पर्ने कस्तो विडम्वना । हरेक दिन रेडियो तथा पत्रपत्रिकामा बलत्कारका खवर सुन्ने बानी परिसक्यौ । कयौ निर्मलाहरु यहाँ हरेक दिन बलत्कृत भै रहेका छन् । पिडामा छन् । दुःखमा छन् । वेदनामा छन् । चित्कार गर्दै आफ्नो सासको आहुती दिइरहेका छन् । प्रकृतिको सुन्दर सृष्टी हो नारी । के नारी भएर संसारमा जन्म लिए पछि यसरी नै मर्नु पर्ने हो जसरी निर्मला मरिन । पक्कै होइन । स्वाभिमानका साथ बाँच्न पाउनु सवैको अधिकार हो ।   संसारभर खुल्ला समाजमा पनि बलात्कार त हुन्छन तर यति निस्कृष्ट ढंगबाट हुदैनन । निर्मला पन्तको घटनाले बलात्कारी साच्चै तगडा र शक्तिशाली हु

नमस्कार हजुर......

सुजन दाहाल करिव सत्तरी बर्षका एक पढालेखा वृद्ध व्यक्तिले आफूलाई भेट्दा नमस्कार नगरेको भनेर छिमेकीकोमा गएर उसका बुबा आमालाई असन्तुष्टि पोखे । तपाँइको छोरोले मलाई नमस्कार गरेन । नमस्कार गर्न सिकाएको छैन ? म यत्रो विद्धान सवैले गाँउभरी भेट्ने वित्तिकै नमस्कार गर्छन । यो तरिका ठिक भएन अलि संस्कार सिकाउन पर्छ नि भन्दै बाउ आमालाई समेत गाली गरे । त्यस्तै कतिपय कार्यालयहरुमा हाकिमलाई नमस्कार नगर्दा कारवाही गर्ने, सरुवा गर्ने र जागिर समेत च्याट पारिदिएका कयौ उदाहरणहरु छन् । यसबाट के बुझिन्छ भने मानिस नमस्कारको भोको हुन्छ, नमस्कारको अतृप्त प्यासमा हुन्छ । मनोबैज्ञानिक रुपमा नमस्कार मार्फत आत्मसम्मानको भिग माग्छ । वरपर कतिपय त्यस्ता मान्छेहरु हुन्छन कि मलाई नमस्कार गर्छ कि गदैन भनेर यसो धारे परेर हेर्दै नमस्कार फर्काउन हात उचाल्न तम्मतयार भएर बसेका हुन्छन् । नमस्कार गरो भने त्यो जत्तिको भला्दमी र असल त गाँउमा अरु कोही छैन भनेर महिमा गाउँछन् । नमस्कार गरेन भने त्यो काम नलाग्ने, राम्रो छैन आदी आदी भन्छन् । नमस्कारले मान्छेको सम्पूर्ण कुरा र व्यवहारको मूल्याड्ढन गर्छन् ।   मानिसका नमस्