Skip to main content

Posts

Showing posts from January, 2019

भ्रष्टाचारले सकिने भो देश । नेपालको अवस्था चिन्ताजनक । वितृतमा हेर्नुहोस कहाँ कति छ भ्रष्टाचार ?

१५, माघ २०७५ नेपाल बढी भ्रष्टाचार हुने देशको सूचिमा परेको छ । दक्षिण एसियामा भने नेपाल सबैभन्दा बढी भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज ‘भ्रष्टाचार अवधारणा सूचाङ्क’ सार्वजनिक गर्दै नेपाल गत वर्ष जस्तै ३१ अङ्क ल्याएर १८० मुलुकमध्ये १२४ औँ स्थानमा रहेको देखाएको हो । नेपाल सहित ट्रान्सपरेन्सी इन्टरनेशनलले आज विश्वका १८० देशको भ्रष्टाचारको सूचाङ्क सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचाङ्कमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमलिया र कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क छ । सय पूर्णाङ्कमा सोमलियाले १० अङ्क र डेनमार्कले ८८ अङ्क ल्याएका छन् । ट्रान्सपरेन्सीको प्रतिवेदनमा दुई तिहाइ मुलुकले ५० भन्दा कम अङ्क पाएका छन् । सीपीआई प्रतिवेदनमा दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा धेरै र बंगलादेश दोस्रो धेरै भ्रष्टाचार हुने देशका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ । ट्रान्सपरेन्सी इण्टरनेशनलले विश्वका १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरी एकसाथ सीपीआई प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । ‘नेपालमा सबैभन्दा ठूल

डा केसीसंगको सम्झौता बमोजिम राष्ट्रिय सभामा विधेयक परिमार्जन गरी पारित गरियोसः नागरिक अगुवा

१३, माघ २०७५, चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलका संयोजक प्रा. केदारभक्त माथेमा, सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्की देखि गोपाल साहसम्मले डा गोविन्द केसीसँगको सहमति अनुसारको विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् ।  ‘नागरिक अभियन्ता डा गोविन्द केसी सत्याग्रहमा रहेकै बेला प्रतिनिधि सभाको बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित भएको तथा त्यस क्रममा यस अघि नेपाल सरकारले डा. केसीसँग गरेको सम्झौता उल्लंघन भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसो गरिंदा राज्यको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ ।’   उनीहरुले सरकारले डा. केसीसँग गरेको सम्झौता अनुसार ऐन जारी गरिंदा चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदन तथा यस अघि जारी भएका अध्यादेशहरु अनुरुप हुने मात्रै नभई त्यसले सरकार, मेडिकल शिक्षाका नियामक निकायहरु तथा अब मेडिकल कलेज खोल्न प्रयासरत पक्षहरु समेत सबैको हित हुने कुरामा जोड दिएका छन् ।   ‘त्यसैले अबको राष्ट्रिय सभा बैठकमा उक्त विधेयक पेश हुँदा डा केसीसँग राज्यले गरेको उल्लिखित सम्झौता बमोजि

‘निर्मला’ को घटनामा बन्ने भो एक घण्टाको चलचित्र ।

माघ, ०६ ।  चलचित्र ‘निर्मला’ को लागि विराटनगर र पथरी शनिश्चरेमा अडिसन मार्फत् वीस कलाकार छनौट गरिएको छ । अडिसनमा सयौको संख्यामा सहभागिता रहेको थियो । निर्मला चलचित्र एक शसक्त कथा बस्तुमा आधारित भएकाले अडिसन मार्फत् शसक्त कलाकारको खोजी गर्नु परेको कला निर्देशक संजय मेहताले बताए ।  देशमा विद्यमान यौन हिंसा र बलात्कारको बिषय लाई लिएर बन्न लागेको उक्त चलचित्र एक घण्टा समयवधिकोे हुने निर्माण पक्षले जानकारी दिएको छ । यस चलचित्रमा नारी भावना, सम्बेदना र त्यसबाट उत्पन्न आवेग र परिणामलाई कलात्मक र रोचक ढंगले उठाइएको कथाका लेखक सुजन दाहालले जानकारी दिए ।   सुशान्त रिजालको प्रस्तती रहेको उक्त चलचित्रका मुख्य कार्यकारी निर्मातामा वीरेन्द्र कुमार शाह रहेका छन् । कलाकारहरुको लागि आवश्यक तालिम र वर्कशप संचालन गर्ने र आगामी माघ २२ गते बाट सुटिंगमा जाने चलचित्रका निर्देशक सन्तोष कुमार बाँस्तोला “आशिक“ ले जानकारी दिए ।  

शक्तिशाली बलात्कारी ।

सुजन दाहाल, हिंस्रक र सवेदनहिन पुरुषको आवेग र उत्तेजनाको कारण कयौ बालिका र महिला बलत्कारीको शिकार भै रहेका छन् । हामी कस्तो समाजको परिकल्पना गरिरहेका छौ ? के हामीले बनाउन खोजेको समृद्ध समाज यस्तै हो ? यस्ता ब्वासाहरुको बढ्दो अत्मविश्वासले गर्दा आदर्श र सम्भ समाज बन्न अवरोध खडा भै रहेको छ । बलत्कार त अहिले नेपाली समाजको सामाजिक र सांस्कृतिक व्यवहार जस्तो भयो । बलात्कार पुरुष प्रधान मानसिकताको उपच हो । कोपिला जस्ता बालिका हरेक दिन बलत्कृत भै मर्नु पर्ने कस्तो विडम्वना । हरेक दिन रेडियो तथा पत्रपत्रिकामा बलत्कारका खवर सुन्ने बानी परिसक्यौ । कयौ निर्मलाहरु यहाँ हरेक दिन बलत्कृत भै रहेका छन् । पिडामा छन् । दुःखमा छन् । वेदनामा छन् । चित्कार गर्दै आफ्नो सासको आहुती दिइरहेका छन् । प्रकृतिको सुन्दर सृष्टी हो नारी । के नारी भएर संसारमा जन्म लिए पछि यसरी नै मर्नु पर्ने हो जसरी निर्मला मरिन । पक्कै होइन । स्वाभिमानका साथ बाँच्न पाउनु सवैको अधिकार हो ।   संसारभर खुल्ला समाजमा पनि बलात्कार त हुन्छन तर यति निस्कृष्ट ढंगबाट हुदैनन । निर्मला पन्तको घटनाले बलात्कारी साच्चै तगडा र शक्तिशाली हु

कस्ता व्यक्तिलाई हुन्छ मधुमेह ? यी कुरा अपनाउनु होस् कहिलै मधुमेह रोग लाग्दैन । आजै गर्नुहोस् ।

२७, पौष, २०७५, विराटनगर । बढदो शहरी जीवनशैली र प्रविधिको कारणले गर्दा मानिस अल्छी भएको छ । मानिसको अल्छीपना र निष्क्रिय जीवन शैलीले गर्दा विभिन्न रोग लाग्ने गर्दछ । त्यस मध्य एक रो हो डाइबिटिज । रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई मधुमेह अर्थात डाइविटिज भनिन्छ । शरीरमा इन्सुलिनको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसंग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढनु नै मधुमेह हो । विश्वमा करीव ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ । नेपालमा पनि मधुमेहबाट प्रभावितहरुको प्रतिशत त्यहि हाराहारीमा रहेको अनुमान छ । मधुमेहबाट कसरी बच्ने ? १    शारीरिक रुपमा सक्रिय रहने, हरेक दिन कम्तीमा ३० मिनेट कसरत गर्ने । २    उँचाइ अनुपातमा तौल कायम गर्ने । ३    प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने । ४    चुरोट, बिडी, तमाखु, खैनी, जर्दा आदि सूर्तीजन्य पदार्थहरुको सेवन नगर्ने । ५   ४० वर्ष नाघेका मानिसले नियमित स्वास्थ्य परीक्षण गर्ने । ६    बच्चालाई दुई वर्षको उमेरसम्म आमाको स्तनपान गराउने । ७.    खानपानमा विशेष ध्यान दिने ।

टाई: प्रभुको प्रसाद

सुजन दाहाल टाईले आशु पुछन मिल्दैन, पसिना पुछन मिल्दैन, सिंगान पुछ्न मिल्दैन, रयाल पुछन मिल्दैन, मुखमा लागेको धुवा धुलो पुछ्न मिल्दैन, खाना खाई सके पछि मुख पुछ्न मिल्दैन, छातिमा हावा छेक्दैन, चिसोबाट बचाउदैन, कसैलाई मर्न मन लागेमा पासोको पनि काम गर्दैन, घाटीमा लाग्ने क्यान्सर नहोला भन्नु पर्दैन । टाईले मानिसको जिवनमा स्वस्थ्य संग बाँच्न कुनै भूमिका खेल्दैन । तर पनि टाई यस्तो बस्तु बनेको छ जसलाई संसारभर अगाध प्रेम गरिन्छ । बालक, वयस्क र बृद्ध सवै टाईका दास भएका छन् ।

प्रमोद खरेलको ‘स्वाभिमानी बनी हामी’ राष्ट्रिय गीतको छायांकन सम्पन्न ।

२४, षौष, २०७५, बिराटनगर । पुजा मारियाको एल्बम जिवन साथीको ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको छायांकन सम्पन्न भएको छ । गायक प्रमोद खरेलको स्वरले सु–सज्जित  गीतको भिडियोमा सुजन दाहाल, रिजन ढकाल, संजय मेहता, अनिस दाहाल, जय कामत र राधा नेपाल लगायतको मुख्य भुमिका रहेको छ ।

एउटी केटिले मलाई हेरिरहन्छे गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक

                                                      २३, पौष, बिराटनगर । गायक प्रवलदिप विश्वासको स्वरले सजिएको एउटी केटिले मलाई हेरिरहन्छे  बोलको गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक भएको छ ।   स्टार एडभर्ट प्रा.लि.को ब्यानरमा बनेको उक्त गीतको भिडियोमा संजय मेहता, कुसुम देउजा, सुजन दाहाल र अनिष दाहालकोे अभिनय रहेको छ । उक्त गीतलाई प्रतिक श्रेष्ठले निर्देशन गरेका छन् भने गितको छायांकन जय कामतले गरेका हुन् । Video Link: https://www.youtube.com/watch?v=XWQjQdJW--Q

जव सूर्य अस्त तब नेपाल मस्त

सुजन दाहाल     जव सूर्य अस्त तब नेपाल मस्त भन्ने भनाइ जाड खानेलाई हेरेर बनाइएको होला । नेपालीलाई जाड खान बहाना मात्र चाहिन्छ । सानो तिनो घटनामा पनि रक्सी साथी बन्ने गर्छ । चाहे खुसी हुँदा होस वा दःुखी हुँदा होस रक्सी खाइ हाल्छन् । कसैले केही कमायो या गुमायो भने रक्सी खाई हाल्छन् । पिउनु छ जिन्दगीमा कुनै न कुनै बहाना चाहियो भन्छन् अनि दन्काइ हाल्छन् ।  रक्सीले परिवार विगार्छ । रक्सी श्रीमान् श्रीमति विचको भिलेन हो । यसरी रक्सी खाने पुरुषका श्रीमती र छोराछोरी पिडित छन् । श्रीमतीलाई ठगेर, ढाटेर र झुक्याएर रक्सी खान्छन्् । रक्सी खाने श्रीमान्को बानीले श्रीमतीले छाडेर जाने गरेको पनि देखिन्छ । बाउले रक्सी खायो भने छोराछोरीको पढाइ विग्रन्छ र छोरा छोरीले कुबाटो समात्छन् । छोरा छोरीले रक्सी खायो भने बाउ आमाको बैचैनी हुन्छ ।  ज्वाँइले रक्सी खायो भने छोरीको बिजोक हुन्छ । कतिपय पुरुषहरु रक्सी खाएर भूइमा खुट्टा नटेकिने गरी घरमा आयो अनि श्रीमति संग झगडा ग–यो । श्रीमति र छोराछोरी कुट्यो । भोलीपल्ट विहान उठेर पश्चाताप गरो अनि बेलुकी फेरी त्यही धन्दा ग–यो । महिलाको बाध्यता छ कि जस्ता श्रीम

मेकअप राम्रो हुने असफल प्रयास

सुजन दाहाल मेकअप नेपाली नारीहरुको राम्रो हुने असफल प्रयास हो । एक महिला जो पढेलेखेको छिन्, जागिर पनि खान्छिन् सवै कुरामा सचेत पनि छिन् । आर्थिक रुपमा सवल छिन् । ज्ञान र विज्ञानका क्षेत्रमा जानकार पनि छिन् । विश्वब्रहण्ड नै जानेकी छिन् । त्यस्ती आधुनिक संस्कार र सभ्भतामा हुर्किएकी महिला मेकअपमा चाँही सधै सजिन्छिन् । हाम्रो समाजका शिक्षित, साक्षर वा निरक्षर सवै मेकअपमा लिप्त भएर लागेका छन् । महिलाहरु मेकअप प्रति यति धेरै गर्भ गर्छन । मेकअपलाई उनीहरुले संस्कृती, सम्भता, पहिचान र जीवन पद्धती  नै मान्ने गरेका छन् । महिला बरु भात खादैनन् तर मेकअपमा पछि पर्दैनन् । जस्तो सुकै परिस्थिती होस्, चाहे राती नै किन नहोस, लोड सेडिङ कै बेला पनि मोवाइलको लाइट बालेर भए पनि महिलाले मुखमा पोतेर र दलेर हिडेकै हुन्छन । विचित्र त के छ भने दुःखमा, चोटमा, पिडा आदी जस्तो दर्दनाक अवस्थामा पनि मेकअपलाई महिलाले साथी बनाएका छन् । यो लेख नारी कै वकालत गरेर लेखिएको हो । तर समाजमा कतिपय यस्ता पात्र र प्रवृत्ति पनि देखिन्छन् जसको वकालत गरियो उसैबाट उल्टै गाली खानु पर्ने परिस्थिती पनि छ । तर आफ्ना लागि परिवर्

सयपत्रीको माला, नेता र कार्यकर्ता

सुजन दाहाल राजनैतिक दलका कार्यकर्ता नेता आउदै छन् भन्ने सुने भने ज्यान नै फालेर हातमा सयपत्री फुलको माला बोकेर एयरपोर्ट दर्गुछन् । नेताको जय जयकार गर्छन । कयौ कार्यकर्ताहरु नेताको चाकरी र भजन गाउनमा रमाउने गर्छन् । नेपालमा यस्ता कार्यकर्ता उत्पादन भएका छन् जो सधै नेताको हनुमान चालिसा मात्र गाई रहन्छन् । नेता पनि कस्ता छन् भने प्लेनबाट उत्रिदा उत्रिदै माला लाउन टाउको निहुयाउदै आउछन् । आफ्ना हनुमानहरुले सयपत्री फुलको माला ल्याएर लाइ दिएन भने रिसाउने गर्छन । एयरपोर्टमा नेता सयपत्री फुलको मालाले पुरिएका हुन्छन् । हनुमानहरु नेतालाई मालाले पुरेर ठूलै काम गरेको अनुभूति गर्छन । प्रजातन्त्रिक व्यवस्था आइ सक्दा पनि पञ्चायतकालिन मानसिकता, शैली र व्यवहार परिवर्तन हुन सकेको छैन । सवै भन्दा पहिला चर्चा गरौ नेताको । नेता त्यस्तो हुनु पर्र्छ जसलाई प्रेमले सम्मान साथ माला लगाउन पाइयोस । नेतालाई घाटी भरी माला लगाउदा गर्भले छाती फुलोस । तर दुर्भाग्य नेताहरु काममा केही लछारपाटो लाउदैनन । जनताको पिरमार्का बुझ्दैनन् । नेताले जनातालाई भजन गाउन मात्र सिकाएका छन् । आफुलाई फुलको माला पहि–याएर जय जयका

फोहोरी खुट्टा...नढोगेकै राम्रो

राधा नेपाल एक मित्र जसले आफ्नो फेसबुक वालमा श्रीमतीलाई खुट्टा ढोगाउदै गरेको फोटो अपलोड गरे । जहाँ खुट्टा ढोगाउने मित्र मख्ख परेर मन्द मुस्कानमा साथ भित्र भित्रै गद्गद हुदै श्रीमतिको टाउकोमा हात राखेका थिए । ढोग्ने महिला लगनशील भएर ध्यान पूर्वक ढोगीरहेकी थिइन । कमेन्ट बक्स हेर्दा धेरैले यो कार्यको विरोध नै गरेका थिए । प्रतिक्रिया नदिइरहन सकिएन र फेमिनिष्ट साइडबाट प्रतिक्रिया दिइयो तर उक्त मित्रको श्रीमती प्रतिक्रियाको विरुद्धमा म माथी खनिइन, आगो भइन । फोनै गरेर यो हाम्रो संस्कृति हो, परम्परा हो, हामीले संस्कृति जोगाउनु पर्छ, मलाई यसैमा आनन्द आउछ भन्दै पाखुरा सुर्किइन । तपाँइलाई के को खसखस भनिन् । मैले ति महोदयालाई बढो भद्र तरिकाले ए हजुर मैले तपाँइको पक्षमा वकालत गरेको हँु आवाज उठाएको हँु तपाँइ जस्ता महिलाको भलो चिताएको हँु उल्टै म माथी खनिनु हुन्छ । तर ति महिला म माथी एकोहोरो रिस पोखिरहिन । अन्तमा, मैले हारे र फोन राखियो । उनलाई बढो दुःखका साथ फेसबुकबाट सधैका लागि डिफ्रेन्ड गरिदिए ।  ढोग्ने महिला र ढोगाई खाने पुरुष दुवै उच्च शिक्षा हासिल गरेका हुन् । यी दम्पती कुनै टाँडाको गाँउमा

नमस्कार हजुर......

सुजन दाहाल करिव सत्तरी बर्षका एक पढालेखा वृद्ध व्यक्तिले आफूलाई भेट्दा नमस्कार नगरेको भनेर छिमेकीकोमा गएर उसका बुबा आमालाई असन्तुष्टि पोखे । तपाँइको छोरोले मलाई नमस्कार गरेन । नमस्कार गर्न सिकाएको छैन ? म यत्रो विद्धान सवैले गाँउभरी भेट्ने वित्तिकै नमस्कार गर्छन । यो तरिका ठिक भएन अलि संस्कार सिकाउन पर्छ नि भन्दै बाउ आमालाई समेत गाली गरे । त्यस्तै कतिपय कार्यालयहरुमा हाकिमलाई नमस्कार नगर्दा कारवाही गर्ने, सरुवा गर्ने र जागिर समेत च्याट पारिदिएका कयौ उदाहरणहरु छन् । यसबाट के बुझिन्छ भने मानिस नमस्कारको भोको हुन्छ, नमस्कारको अतृप्त प्यासमा हुन्छ । मनोबैज्ञानिक रुपमा नमस्कार मार्फत आत्मसम्मानको भिग माग्छ । वरपर कतिपय त्यस्ता मान्छेहरु हुन्छन कि मलाई नमस्कार गर्छ कि गदैन भनेर यसो धारे परेर हेर्दै नमस्कार फर्काउन हात उचाल्न तम्मतयार भएर बसेका हुन्छन् । नमस्कार गरो भने त्यो जत्तिको भला्दमी र असल त गाँउमा अरु कोही छैन भनेर महिमा गाउँछन् । नमस्कार गरेन भने त्यो काम नलाग्ने, राम्रो छैन आदी आदी भन्छन् । नमस्कारले मान्छेको सम्पूर्ण कुरा र व्यवहारको मूल्याड्ढन गर्छन् ।   मानिसका नमस्

चिन्तै चिन्ताको जीवन

सुजन दाहाल नेतालाई भोट र नोटको चिन्ता, जनतालाई विकास र समृद्धी नहुने भो भनी चिया पसलमा बसी कुरा गर्ने चिन्ता, बालबालिकालाई खेल्न नपाउने चिन्ता, शिक्षकलाई विद्यार्थीले कक्षा बहिष्कार गर्लान भन्ने चिन्ता, विद्यार्थीलाई पास हुने कि फेल हुने भन्ने चिन्ता । डाक्टरलाई कुन विरामीलाई कति लुटने भन्ने चिन्ता, विरामीलाई कसरी सहजै उपचार गर्ने भन्ने चिन्ता । भ्रष्टाचारीलाई कहाँबाट भ्रष्टाचार गरौ भन्ने चिन्ता, व्यापारीलाई कसरी राजश्व लुकाउ भन्ने चिन्ता । नेपाली समाज चिन्ता नै चिन्ताको भूमरीमा रुमलिएको छ । धनीलाई धन जोगाउने चिन्ता, गरिबलाई दुई छाक कसरी टार्ने भन्ने चिन्ता । निःसन्तानलाई आमाबाबु नवनेकोमा चिन्ता, सन्तान हुनेलाई सन्तानको पालनपोषण र भविश्यको चिन्ता । नोकरी गर्नेलाई हाकिमको धम्कीकोे चिन्ता, बेरोजगारीलाई जागिर खोज्ने चिन्ता । प्रेमी प्रेमिकालाई डेटिङको चिन्ता, प्रेमी प्रेमिका नहुनेलाई पट्याउने चिन्ता । यस्ता अनगन्ती चिन्ताको भारी बोकेर हिडेको छ नेपाली ।  नेपाली चिन्ता लिने कुरामा अगाडी छन् । नेपालीको खास विशेषता भनेको अरुको चिन्ता गर्ने हो । आफुले के खाने के लाउने भन्दा अरुले क