Skip to main content

चिन्तै चिन्ताको जीवन

सुजन दाहाल

नेतालाई भोट र नोटको चिन्ता, जनतालाई विकास र समृद्धी नहुने भो भनी चिया पसलमा बसी कुरा गर्ने चिन्ता, बालबालिकालाई खेल्न नपाउने चिन्ता, शिक्षकलाई विद्यार्थीले कक्षा बहिष्कार गर्लान भन्ने चिन्ता, विद्यार्थीलाई पास हुने कि फेल हुने भन्ने चिन्ता । डाक्टरलाई कुन विरामीलाई कति लुटने भन्ने चिन्ता, विरामीलाई कसरी सहजै उपचार गर्ने भन्ने चिन्ता । भ्रष्टाचारीलाई कहाँबाट भ्रष्टाचार गरौ भन्ने चिन्ता, व्यापारीलाई कसरी राजश्व लुकाउ भन्ने चिन्ता ।

नेपाली समाज चिन्ता नै चिन्ताको भूमरीमा रुमलिएको छ । धनीलाई धन जोगाउने चिन्ता, गरिबलाई दुई छाक कसरी टार्ने भन्ने चिन्ता । निःसन्तानलाई आमाबाबु नवनेकोमा चिन्ता, सन्तान हुनेलाई सन्तानको पालनपोषण र भविश्यको चिन्ता । नोकरी गर्नेलाई हाकिमको धम्कीकोे चिन्ता, बेरोजगारीलाई जागिर खोज्ने चिन्ता । प्रेमी प्रेमिकालाई डेटिङको चिन्ता, प्रेमी प्रेमिका नहुनेलाई पट्याउने चिन्ता । यस्ता अनगन्ती चिन्ताको भारी बोकेर हिडेको छ नेपाली । 

नेपाली चिन्ता लिने कुरामा अगाडी छन् । नेपालीको खास विशेषता भनेको अरुको चिन्ता गर्ने हो । आफुले के खाने के लाउने भन्दा अरुले के खायो के लायो भन्ने कुरामा बढी चिन्तित हुन्छन् । यहाँका मान्छे आफ्नो असफतता भन्दा अरुको सफलतामा बढी चिन्तित हुने गर्छन् । अरुले धन सम्पती धेरै कमायो भने, अरुले उन्नती प्रगति ग–यो भने धेरै भन्दा धेरै चिन्तित हुन्छन् । आवश्यकता भन्दा बढी अरुको चियो चर्चा गर्नु नेपालीको प्रमुख काम हो । आफु कसरी खुसी हुने भन्नेमा चिन्तन गर्दैनन् । अरुको खुसी भएको पनि देख्न सक्दैनन् । अरुको दुःखमा रमाउछन् । अरुलाई चोट परो भने काखी हल्लाउछन् । विश्वमा नै कही नभएको नेपालीको यस्तो विचित्रको आनीबानी छ । अरुको संम्वेदनामा मलम हैन खोर्सानी छर्न पनि पछि पदैनन् । मुखमा राम राम बगलीमा छुरा भन्ने उखान नेपालीको हकमा चरितार्थ हुन्छ ।

आफुलाई सरोकार नपरेको बिषयमा त चिन्ता नलिनु नि । तर आफु संग असम्वन्धित बिषयमा पनि दुई कदम अगाडी सरेर दत्तचित्तका साथ चिन्ता लिई रहन्छ । कहानेर अरुले गल्ती गर्छ र त्यसलाइई ठिक गरौ भनेर ढुकिरहन्छ । अरुको उन्नती प्रगतीमा त झन आफै मर्ने गरी चिन्ता लिन्छ । चिन्ताको अरु पनि प्रसंग जोडौ । अनपढ र अल्पशिक्षितलाई अरुले धेरै पढ्यो भन्ने चिन्ता । युवालाई कसरी विदेश फरार हुने भन्ने चिन्ता । ठूला बढालाई मान सम्मानको चिन्ता । गृहिणीलाई घरधन्दा र सिरियलको चिन्ता । मोटोलाई पातलो हुने र पातलोलाई मोटो हुने चिन्ता । नराम्रालाई राम्रो कसरी हुने भन्ने चिन्ता । जोगीलाई भिख मागेर जिवन धान्ने चिन्ता । कृषकलाई अन्नवाली धेरै भन्दा धेरै उत्पादन होला कि नहोला भन्ने चिन्ता । यसरी नेपाली सधैभरी चिन्तारुपी बगैचामा धुमिरहन्छ ।   

नेपालीले लिने जम्मा चिन्तामा नब्बे प्रतिशत अरुको चिन्ता लिन्छ होला बाँकी दश प्रतिशत मात्र आफ्नो चिन्ता लिन्छ । अरुको चिन्ता लिदा पारिश्रमिक पाइदैन । त्यसलाई रोजगारी पनि भनिदैन । बरु त्यस्ता कार्यले त समाजमा मन मुटाव पैदा गरी सामाजिक एकता र भावनात्मक सम्वन्ध विगार्न सक्छ । अरुको चियो चर्चाले सम्वन्ध विर्गन सक्छ । खासगरी अरुको चिन्ता लिने कुरामा यहाँको बन्द समाज र खाली दिमाग प्रधान हुन् । दिमाख खाली भए पछि के गर्नु केही न केही त गर्नु परो । दिमागमा अनावश्यक कुराहरुले फुटवल खेल्छन् । त्यसपछि मानिस चिन्तित बन्दछ । नेपालीले चिन्तामा जति समय खर्च गर्छ, त्यसको आधा समय मात्र चिन्तनमा खर्च गर्ने हो भने देश सम्पन्न बन्ने कुरामा कुनै शंका छैन । चिन्ता हैन चिन्तन  गर्नु जीवन र जगतका लागि राम्रो हो । चिन्तन मार्फत दिमागलाई चुस्त दुरुस्त राख्ने हो भने खुसी नै खुसीले जीवन  सजिन्छ । 

नेपालीको जीवन नै चिन्ताले सजिएको छ । चिन्ताले रंगिएको हुन्छ । नेपालीहरु छातिभरी चिन्ताको पोको बोक्छन् र भारी मनले रुन्चे हाँसोको साथ राम्रै छ भन्दै किच्च गर्दै हिड्छन् ।  बाहिरबाट हेर्दा ठिकै देखिए पनि भित्र भित्रै चिन्तामा जल्नु नेपालीको अनावश्यक कार्य हो । उचित कुरामा चिन्ता लिनु त ठिकै हो । तर नेपालीलाई पानी परे पनि चिन्ता घाम लागे पनि चिन्ता हुन्छ । चिन्ता लिन कुनै उपयुक्त विषयबस्तु र शीर्षक चाहिदैन । साना तिना झिना मसिना सवै कुरामा चिन्ता मात्र गर्ने अदभुत क्षमता छ नेपालीमा । चिन्तै चिन्तामा जीवन जिउने नेपालीको संस्कार र संस्कृति नै भएको छ । 

उपयुक्त बिषयमा सामान्य चिन्ता लिनु मानववीय स्वभाव हो । तर आवश्यकता भन्दा बाहिर गएर चिन्ता लिनु मानविय कमजोरी हो । कहिलेकाही चिन्ता लिने अवस्था पनि आउन सक्छ । तर चिन्तालाई सहि ढंगले व्यवस्थापन गर्न पनि जान्नु पर्छ । चिन्ताले मानिसलाई खुसीको संसारमा होइन कि चितामा पु–याउछ । चिन्ताले गर्दा धेरै मानिस विभिन्न रोगको शिकार भएका छन् । जसको हरेक दिनको शुरुवात चिन्ताबाट सुरु हुन्छ त्यो स्वस्थ्य भएर जिवन जिउन सक्दैन ।

अनावश्यक चिन्ता लिनाले मानिसलाई मानसिक रोगी समेत बनाउछ ।
अरुको अनावश्यक चियो चर्चा नगर्ने । अरु के गर्छ त्यसमा दिमाख खर्च नगर्ने । आफु के गर्ने हो त्यसमा ध्यान दिने । आफ्नो संसारमा हराउने अरुको चिन्ता नगर्ने । चिन्ताले मानिसलाई कहिलै खुसी दिदैन दुःख मात्र दिन्छ । अरुको चिन्ताले आफुलाई खान्छ । विनासित्तिमा किन अरुको चिन्न्ता लिने । चिन्ता संगै विभिन्न कुराहरु जोडिएर आउने गर्दछ । चिन्ता लिन उक्साउने तत्वहरुमा इश्र्या, क्रोध, लोभ, मोह र खाली दिमाग आदी हुन् । मानिसलाई जति भए पनि पुग्दैन । मानिसको पुर्णताको अन्तिम विन्दु कति हो भन्ने नै छैन । मानिस कुन गन्तब्यमा पुगेर बिश्राम लिने भन्ने छैन । जन्मिए देखि मृत्युसम्म मानिस जीवनलाई पूर्ण बनाउन क्रियाशिल नै रहन्न्छ । क्रियाशील जीवनका साथ चाँही चिन्ताको हुन्छ ।  

चिन्तालाई चिन्तनमा बदल्न सके जीवन सार्थक हुन्छ । चिन्तालाई चिन्तनमा बदल्न जीवन पद्धती, आचरण र दैनिकीमा परिवर्तन ल्याउनु पर्छ । चिन्तामा जल्नु भनेको सुन्दर जीवनलाई चिन्न नसक्नु हो । जीवनको बर्बादी हो । जीवन छोटो छ त्यसैले जीवनको कुनै मुल्य छैन । मुल्यवान जीवनको सार्थकता खोज्न र जति बाँचिन्छ त्यती सुखमय ढंगले बाँच्न चिन्ता नलिउ बरु चिन्तनमा जिवन समर्पण गरौ । जीवनलाई रचनात्मक बनाउ । सवै दुःखको कारण स्वंयम आफै भएकाले कसरी दुःख र चिन्ता कम हुन्छ त्यता तर्फ जीवनलाई अगाढी बढाउदा कल्याण हुन्छ ।

Comments

Popular posts from this blog

गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा । रगत नै उम्लिने गीत । सवैको जानकारीका लागि सेयर गर्नुहोला ।

०७, फाल्गुण, २०७५ । गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा आएको छ । देशमा स्वाभिमानी भै बाँच्न गाह्रो परिरहेको समयमा यो गीतले हरेक नेपालीलाई जीवन र देशप्रति कसरी स्वाभिमानको महसुस गर्ने भन्ने संदेश दिएको छ । 

चाकरीले चलेको जीवन: देशको बर्तमान अवस्था / एक पटक अवश्य पढनुहोस् ।

सुजन दाहाल नेपालमा चाकरीलाई प्रथाको रुपमा विकास गरियो । चाकरी प्रथा थिएन भने धेरै नेपालीहरु भोक भोकै मर्थे होलान् । चाकरी गर्ने मामलामा नेपालीहरु धेरै प्रसिद्ध छन् । विश्वमै चिनिएका छन् । यहाँ चाकरी नगरी कुनै उपलब्धी हासिल गर्न सकिदैन भन्ने मनोविज्ञान छ । यो पनि सत्य हो कि चाकरी गरेन भने धेरैको मुखमा माड लाग्दैन ।  त्यस्तै यहाँ चाकरी गर्ने मात्र हैन चाकरी गराउनेको पनि ठूलो संख्या छ । हिन्दु धर्ममा पनि भगवान शिवका नन्दी भृगी थिए जो शिवलाई सधै चाकरी मात्र गर्थे भने भगवान शिव चाकरी खाएर आनन्द लिन्थे भन्ने तर्क चाकरी लिप्त भएकाहरुको मुखबाट सुनिन्छ । यस्तो धार्मिक मूल्य मान्यताका साथ हुर्किएका नेपालीले चाकरी प्रथालाई मलजल गर्दै गए ।  सम्वर्दन र प्रवर्दन गर्दै गए । हुकाउदै र बढाउदै गए र त्यसैको नसामा आज झुमिरहे ।     चाकरीमा रमाउने र चाकरी नै जीवन हो भन्ने एउटा ठूलो जमात हाम्रो समाजमा रहेको छ । यहाँ धेरै व्यक्तिको जीवन पद्धती नै चाकरी गर्ने भएको छ । त्यस्ता चाकरीबाजहरुको हाली मुहाली छ । सवै समाज त्यस्तैले क्याम्चर गरिसके भन्दा पनि अतियुक्ति नहोला । चाकरी गर्नेहरु कुनै एक दिन पनि च

एउटी केटिले मलाई हेरिरहन्छे गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक

                                                      २३, पौष, बिराटनगर । गायक प्रवलदिप विश्वासको स्वरले सजिएको एउटी केटिले मलाई हेरिरहन्छे  बोलको गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक भएको छ ।   स्टार एडभर्ट प्रा.लि.को ब्यानरमा बनेको उक्त गीतको भिडियोमा संजय मेहता, कुसुम देउजा, सुजन दाहाल र अनिष दाहालकोे अभिनय रहेको छ । उक्त गीतलाई प्रतिक श्रेष्ठले निर्देशन गरेका छन् भने गितको छायांकन जय कामतले गरेका हुन् । Video Link: https://www.youtube.com/watch?v=XWQjQdJW--Q

प्रमोद खरेलको ‘स्वाभिमानी बनी हामी’ राष्ट्रिय गीतको छायांकन सम्पन्न ।

२४, षौष, २०७५, बिराटनगर । पुजा मारियाको एल्बम जिवन साथीको ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको छायांकन सम्पन्न भएको छ । गायक प्रमोद खरेलको स्वरले सु–सज्जित  गीतको भिडियोमा सुजन दाहाल, रिजन ढकाल, संजय मेहता, अनिस दाहाल, जय कामत र राधा नेपाल लगायतको मुख्य भुमिका रहेको छ ।

‘निर्मला’ को घटनामा बन्ने भो एक घण्टाको चलचित्र ।

माघ, ०६ ।  चलचित्र ‘निर्मला’ को लागि विराटनगर र पथरी शनिश्चरेमा अडिसन मार्फत् वीस कलाकार छनौट गरिएको छ । अडिसनमा सयौको संख्यामा सहभागिता रहेको थियो । निर्मला चलचित्र एक शसक्त कथा बस्तुमा आधारित भएकाले अडिसन मार्फत् शसक्त कलाकारको खोजी गर्नु परेको कला निर्देशक संजय मेहताले बताए ।  देशमा विद्यमान यौन हिंसा र बलात्कारको बिषय लाई लिएर बन्न लागेको उक्त चलचित्र एक घण्टा समयवधिकोे हुने निर्माण पक्षले जानकारी दिएको छ । यस चलचित्रमा नारी भावना, सम्बेदना र त्यसबाट उत्पन्न आवेग र परिणामलाई कलात्मक र रोचक ढंगले उठाइएको कथाका लेखक सुजन दाहालले जानकारी दिए ।   सुशान्त रिजालको प्रस्तती रहेको उक्त चलचित्रका मुख्य कार्यकारी निर्मातामा वीरेन्द्र कुमार शाह रहेका छन् । कलाकारहरुको लागि आवश्यक तालिम र वर्कशप संचालन गर्ने र आगामी माघ २२ गते बाट सुटिंगमा जाने चलचित्रका निर्देशक सन्तोष कुमार बाँस्तोला “आशिक“ ले जानकारी दिए ।  

सयपत्रीको माला, नेता र कार्यकर्ता

सुजन दाहाल राजनैतिक दलका कार्यकर्ता नेता आउदै छन् भन्ने सुने भने ज्यान नै फालेर हातमा सयपत्री फुलको माला बोकेर एयरपोर्ट दर्गुछन् । नेताको जय जयकार गर्छन । कयौ कार्यकर्ताहरु नेताको चाकरी र भजन गाउनमा रमाउने गर्छन् । नेपालमा यस्ता कार्यकर्ता उत्पादन भएका छन् जो सधै नेताको हनुमान चालिसा मात्र गाई रहन्छन् । नेता पनि कस्ता छन् भने प्लेनबाट उत्रिदा उत्रिदै माला लाउन टाउको निहुयाउदै आउछन् । आफ्ना हनुमानहरुले सयपत्री फुलको माला ल्याएर लाइ दिएन भने रिसाउने गर्छन । एयरपोर्टमा नेता सयपत्री फुलको मालाले पुरिएका हुन्छन् । हनुमानहरु नेतालाई मालाले पुरेर ठूलै काम गरेको अनुभूति गर्छन । प्रजातन्त्रिक व्यवस्था आइ सक्दा पनि पञ्चायतकालिन मानसिकता, शैली र व्यवहार परिवर्तन हुन सकेको छैन । सवै भन्दा पहिला चर्चा गरौ नेताको । नेता त्यस्तो हुनु पर्र्छ जसलाई प्रेमले सम्मान साथ माला लगाउन पाइयोस । नेतालाई घाटी भरी माला लगाउदा गर्भले छाती फुलोस । तर दुर्भाग्य नेताहरु काममा केही लछारपाटो लाउदैनन । जनताको पिरमार्का बुझ्दैनन् । नेताले जनातालाई भजन गाउन मात्र सिकाएका छन् । आफुलाई फुलको माला पहि–याएर जय जयका

म विजी छु..........

                   सुजन दाहाल                                                                                                         श्रीमतीले श्रीमानलाई मायालु स्वरमा फोन गर्छिन कता होइसिन्छ रु श्रीमान् भने कुनै केटी संग डेटिङमा हुन्छ तर भन्छ म अफिस तिर छु अहिले विजी छु ल...........। एक व्यक्ति साथीलाई फोन गर्छ ...हेल्लो........ के गर्दै हो रु साथीचाहिले फोन उठाउछ तर ..हेल्लो........ म अहिले अलि विजी छु पछि कुरा गरौला नि । ए सुन न....पहिलो व्यक्तिले भन्दा भन्दै दोस्रो व्यक्तिले... फोन काटिदिन्छ....... । यी त केही उदाहरणका लागि प्रतिनिधी पात्र मात्र हुन् । .श्रीमान् र श्रीमतिका वीचका बोलिने झुट, प्रेमी र प्रेमिका वीचमा बोलिने झुट, साथी भाई तथा घर परिवारमा बोलिने झुट, कतिसम्म भने मान्छे एक ठाउमा छ म अर्कै ठाउमा छु भन्छ, एउटा काम गर्दै हुन्छ अर्कै काम गर्दैछु भन्छ , मजाले गफाडीको उपाधी पाउने गरी गफ चुटेर बसीरहेको हुन्छ म अहिले मिटिङमा विजी छु भन्छ, तास खेलेर बसीरहेको हुन्छ म ड्इटीमा छु भन्छ । अहिलेको मोवाइल संस्कृती यस ढंगको छ । पाइलै पिच्छे ढाट्ने र झुट बोल्ने । यसरी ईष्ट, मित्र

जव सूर्य अस्त तब नेपाल मस्त

सुजन दाहाल     जव सूर्य अस्त तब नेपाल मस्त भन्ने भनाइ जाड खानेलाई हेरेर बनाइएको होला । नेपालीलाई जाड खान बहाना मात्र चाहिन्छ । सानो तिनो घटनामा पनि रक्सी साथी बन्ने गर्छ । चाहे खुसी हुँदा होस वा दःुखी हुँदा होस रक्सी खाइ हाल्छन् । कसैले केही कमायो या गुमायो भने रक्सी खाई हाल्छन् । पिउनु छ जिन्दगीमा कुनै न कुनै बहाना चाहियो भन्छन् अनि दन्काइ हाल्छन् ।  रक्सीले परिवार विगार्छ । रक्सी श्रीमान् श्रीमति विचको भिलेन हो । यसरी रक्सी खाने पुरुषका श्रीमती र छोराछोरी पिडित छन् । श्रीमतीलाई ठगेर, ढाटेर र झुक्याएर रक्सी खान्छन्् । रक्सी खाने श्रीमान्को बानीले श्रीमतीले छाडेर जाने गरेको पनि देखिन्छ । बाउले रक्सी खायो भने छोराछोरीको पढाइ विग्रन्छ र छोरा छोरीले कुबाटो समात्छन् । छोरा छोरीले रक्सी खायो भने बाउ आमाको बैचैनी हुन्छ ।  ज्वाँइले रक्सी खायो भने छोरीको बिजोक हुन्छ । कतिपय पुरुषहरु रक्सी खाएर भूइमा खुट्टा नटेकिने गरी घरमा आयो अनि श्रीमति संग झगडा ग–यो । श्रीमति र छोराछोरी कुट्यो । भोलीपल्ट विहान उठेर पश्चाताप गरो अनि बेलुकी फेरी त्यही धन्दा ग–यो । महिलाको बाध्यता छ कि जस्ता श्रीम

शक्तिशाली बलात्कारी ।

सुजन दाहाल, हिंस्रक र सवेदनहिन पुरुषको आवेग र उत्तेजनाको कारण कयौ बालिका र महिला बलत्कारीको शिकार भै रहेका छन् । हामी कस्तो समाजको परिकल्पना गरिरहेका छौ ? के हामीले बनाउन खोजेको समृद्ध समाज यस्तै हो ? यस्ता ब्वासाहरुको बढ्दो अत्मविश्वासले गर्दा आदर्श र सम्भ समाज बन्न अवरोध खडा भै रहेको छ । बलत्कार त अहिले नेपाली समाजको सामाजिक र सांस्कृतिक व्यवहार जस्तो भयो । बलात्कार पुरुष प्रधान मानसिकताको उपच हो । कोपिला जस्ता बालिका हरेक दिन बलत्कृत भै मर्नु पर्ने कस्तो विडम्वना । हरेक दिन रेडियो तथा पत्रपत्रिकामा बलत्कारका खवर सुन्ने बानी परिसक्यौ । कयौ निर्मलाहरु यहाँ हरेक दिन बलत्कृत भै रहेका छन् । पिडामा छन् । दुःखमा छन् । वेदनामा छन् । चित्कार गर्दै आफ्नो सासको आहुती दिइरहेका छन् । प्रकृतिको सुन्दर सृष्टी हो नारी । के नारी भएर संसारमा जन्म लिए पछि यसरी नै मर्नु पर्ने हो जसरी निर्मला मरिन । पक्कै होइन । स्वाभिमानका साथ बाँच्न पाउनु सवैको अधिकार हो ।   संसारभर खुल्ला समाजमा पनि बलात्कार त हुन्छन तर यति निस्कृष्ट ढंगबाट हुदैनन । निर्मला पन्तको घटनाले बलात्कारी साच्चै तगडा र शक्तिशाली हु

नमस्कार हजुर......

सुजन दाहाल करिव सत्तरी बर्षका एक पढालेखा वृद्ध व्यक्तिले आफूलाई भेट्दा नमस्कार नगरेको भनेर छिमेकीकोमा गएर उसका बुबा आमालाई असन्तुष्टि पोखे । तपाँइको छोरोले मलाई नमस्कार गरेन । नमस्कार गर्न सिकाएको छैन ? म यत्रो विद्धान सवैले गाँउभरी भेट्ने वित्तिकै नमस्कार गर्छन । यो तरिका ठिक भएन अलि संस्कार सिकाउन पर्छ नि भन्दै बाउ आमालाई समेत गाली गरे । त्यस्तै कतिपय कार्यालयहरुमा हाकिमलाई नमस्कार नगर्दा कारवाही गर्ने, सरुवा गर्ने र जागिर समेत च्याट पारिदिएका कयौ उदाहरणहरु छन् । यसबाट के बुझिन्छ भने मानिस नमस्कारको भोको हुन्छ, नमस्कारको अतृप्त प्यासमा हुन्छ । मनोबैज्ञानिक रुपमा नमस्कार मार्फत आत्मसम्मानको भिग माग्छ । वरपर कतिपय त्यस्ता मान्छेहरु हुन्छन कि मलाई नमस्कार गर्छ कि गदैन भनेर यसो धारे परेर हेर्दै नमस्कार फर्काउन हात उचाल्न तम्मतयार भएर बसेका हुन्छन् । नमस्कार गरो भने त्यो जत्तिको भला्दमी र असल त गाँउमा अरु कोही छैन भनेर महिमा गाउँछन् । नमस्कार गरेन भने त्यो काम नलाग्ने, राम्रो छैन आदी आदी भन्छन् । नमस्कारले मान्छेको सम्पूर्ण कुरा र व्यवहारको मूल्याड्ढन गर्छन् ।   मानिसका नमस्