सुजन दाहाल
राजनीति भनेको एउटा सिद्वान्त, दर्शन र आर्दश हो । मुलुकको भविश्यलाई राजनीतिले नै मार्गदर्शन गर्छ । तर राजनैतिक दर्शन र सिद्वान्तलाई व्यवहारमा उतार्न नसक्नु अहिलेको प्रमुख समस्या हो । मुलुकमा आएको राजनैतिक परिवर्तनपछि पनि जनतामा सरकार र त्यसका काम कारवाहीका सम्वन्धमा असल र सकारात्मक भावना आउन नसक्नु नेपालीको दुर्भाग्य होे । प्रजातान्त्रिक मूल्य र मान्यता र आचरण अनुसरण गर्न नसक्नु अहिलेका राजनेताहरुको प्रमुख समस्या हो । मुलुक लामो अस्थिरताबाट गुज्रिदै आएकोले अव दुई तिहाईको सरकार संग नागरिकले शान्त्ति र समृद्धि खोज्नु स्वभाविक हो । राजनैतिक दलहरुको भित्र र बाहिरी द्धन्द्ध, गुट उपगुटहरु, जकडिएको कर्मचारी तन्त्र, अन्तराष्ट्रिय प्रभाव र विकृत मानसिकता बोकेका नागरिकका कारण विकास र समृद्धिको प्रधानमन्त्रीको सपना साकार हुने देखिदैन ।
सरकार बनेको यत्रो महिना भै सकेको छ तर नागरिकका आधारभूत आवश्यकतालाई पनि सामान्य सम्बोधन गर्न सकेको छैन । यत्रो शक्तिशाली सरकारकोे यस प्रकारको गतिले कसरी समृद्धि आउला । मुलुकमा राजनीतिक दल र यिनै नेताहरुको अगुवाईमा अकल्पनीय परिवर्तनहरु त भए तर गणतन्त्रको प्राप्तिपछि संघीयतालगायत थुप्रै महत्वपूणर््ँ राजनीतिक परिवर्तनलाइ संस्थागत गर्ने दिशातर्फ ठिक ढंगले समयमानै उचित कदम चाल्न सकेको देखिदैन परिणामतः समग्र राजनीतिप्रति नै एक प्रकारको अनास्था र वितृष्ण्ााँ बढिरहेको छ । यो स्थिति अहिलेको समयको लागि चरम विडम्बना र दुःखद पक्ष हो । यस्तो शक्तिशाली सरकार बनेका बेला आम जनताले मिठो सपना देखेका थिए । तर अहिलेको परिदृश्य भने ठिक विपरित छ । यति महान् परिवर्तनपछि आम जनतालाई परिवर्तनले सम्बोधन गर्न सकेको छैन, जनतामा निरासा छाएको छ ।
नेपाली जनता जो हिजो तिनै दल र नेताहरुलाई विश्वास गरेर धेरै ठूलो आशा बोकेर विभिन्न आन्दोलनमा होमिए, कति शहिद भए, कति घाइते भए तथापी परिवर्तन ल्याउरै छाडे । त्यस्तो कुशल नेतृत्व गरेर नागरिकलाई मुक्ति दिलाउने नेताहरु आज परिवर्तन भए । नेताहरुले जनतालाई बारम्बार डाटे, झुक्याए त्यसैले अहिले जुनसुकै नेताको बोली र व्यवहार कसैले पत्याउदैन । आफ्नो भाग्यको रेखा आफै कोर्ने बलियो आ“ट र आत्मविश्वास बोकेका नेपाली जनता राजनैतिक दल र नेताहरुको निकृष्ट व्यवहारबाट नागरिकमा आत्मविश्वास मरेर गएको छ । आशै आशामा वाँच्नु वाहेक जनताको अर्को कुनै विकल्प नै छैन । अहिले जुन गोरेटोमा सरकार हिडदै छ त्यसले नेपाललाई अघि बढाउन सक्दैन जसले नेपाल र नेपालीको भविश्य कहा“ पुग्छ कसैले अनुमान गर्न सक्दैन । अव सरकारले राजमार्गमा हिड्नु पर्छ । साहस र हिम्मतका साथ राष्ट्र निर्माणमा दृढ भएर अगाडी बढ्नु पर्छ । इतिहास सा“Ôी छ नेपाली जनताले २००७ देखि २०६२÷०६३ सम्मका महान परिवर्तनहरुमा उत्साहका साथ सहभागी भइ आन्दोलन सम्पन्न गरेको । तत्पश्चात आशाका असंख्य विरुवा रोपे पनि नेपाली जनताले निरन्तर रुपमा निरासाका फल मात्र पाइरहेका छन् । शान्तिप्रिय नेपाली जनता ओठ कलेटी लाएर बस्न बाध्य छ ।
नेताहरुले सरकार सिथ्र भएन त्यसैले विकारर समृद्धि ल्याउन सकिएन भन्दै आए । अहिले त दुई तिहाइको सरकार छ । सरकार स्थिर छ । तर विकास र समृद्धिको लागि अगाडी बढ्ने संकेत देखिदैन । अभाव दुःख, कष्ट र बलिदान भोगेका र गरेका नेताहरु सत्तामा र पदमा पुगेपछि सवै कुरा विर्सने रोगबाट ग्रसित छन् । नेपाली राजनीतिको यो डरलाग्दो रोगबाट सामान्य सुधारवादी शक्तिदेखि प्रखर क्रान्तिकारी भनौदा शक्तिहरुसम्म भटाभट फसिरहेका छन् । फोहोरी राजनिती नेपालीहरुका लागि अभिसाप नै बन्यो । जनतालाइ न्यायाोचित अधिकार र शान्ती–सुरÔा सग बा“च्न सम्म नपाउने महसुस भईरहेको छ । चारैतिर समस्या नै समस्याको थुप्रो मात्र छ । जीवन धान्न गाह्रो परिरहेको छ, मह¨ीले आकास छोएको छ । गरिवहरु हरेक दिन मर्दै बाच्दै गरिरहेका छन् । तसर्थ गरिवहरुले अव यस्तै हो भने सदाको लागि मर्ने दिन नजिकै आउदै छ भन्ने आभाष भै रहेको छ । नेपालमा कुनै तन्त्रले काम गरेन, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुदै अहिले राज्य ठोकतन्त्र र मनपरितन्त्र तिर आइ पुगे जस्तो लाग्छ । हत्या, यौन हिंसा, लुटपाट अपहरण आदी जस्ता घातक क्रियाकलापमा कमी आएको छैन । अहिले सवैले आ–आफ्नो डम्फू मात्र बजाउने काम गरिरहेका छन् । नेताहरु राज्यको अनेकन वग्रेल्ती समस्या समस्या समाधान गर्नु भन्दा अरुनै कार्यमा आफनो ध्यान केन्द्रीत गरिरहेकन छन् । यस्तै अवस्था रहिरहने हो भने नेपालीको मुहारमा खुसि आउने देखिदैन ।
नेपालको वर्तमान अवस्थाबाट मुक्ति दिलाउन आखिर नेता र राजनैतिक दलहरुको अहम भूमिका रहन्छ । हामीले घर भित्रको हाम्रो समस्या आफै समाधान गर्नु पर्दछ । अहिले देशी विदेशी शक्ति केन्द्रहरुको पनि वढ्दो सक्रियता देखिन्छ । यदी प्रजातन्त्र र गणतन्त्र कमजोर भयो भने राष्ट्रियता पनि कमजोर हुन्छ । देशले भोग्नु परेका समस्याको समाधानको लागि यो देशका सवै राजनैतिक शक्तिहरु एकै ठाउ“मा उभिनु पर्छ र नेताहरुले दृढ संकल्प गर्नु पर्छ । सगरमाथाको हाम्रो देश, बुद्ध जन्मिएको देश यो पवित्र भूमि सवैको एकिकृत प्रयासले नै सम्पन्न हुने हो तर त्यसमा पनि राज्य संचालन गर्नेहरुको नैतिकता, अठोट र इमान्दारिता संग जोडिन्छ ।
यहा“ सत्ताको सुखसयलमा रमाएका राजनीतिक नेतृत्व राजनीति जोगी हुन गरिदैन भन्दै हिड्छन् । वास्तवमा राजनीति जोगी हुनका लागि नै गरिन्छ । एउटा सा“चो जोगीको अन्तिम लक्ष्य कष्टकर जीवन बिताएर पनि ‘ईश्वर’ भक्ति र प्राप्ती नै हो । यसैगरी सा“चो राजनीतिज्ञको अन्तिम लक्ष्य पनि सत्ताको विलासिता होइन आम जनताप्रतिको भक्ति र उनीहरुको आर्शिरवाद प्राप्ति नै हो । राजनैतिक आदर्शहरु सपनाका व्यापार होइनन् र जीवन्त यथार्थ हुन् ती सत्तामा पुग्ने भ¥याङ होइनन्, जीवन चरित्रका यथार्थ हुन् भन्ने कुरा व्यवहारमा लागू नहु“दासम्म्म सिङगो राजनीति र राजनीति नेतृत्वप्रति वितृष्ण्ाँ घट्ने होइन झन् बढ्ने हुन्छ । त्यसले राजनीतिलाई मूल्यहीन मात्र पार्दैन राजनीतिक नेतृत्वलाई समेत पाखण्डी बनाउ“छ । अहिले नेपालमा त्यही भइरहेको छ । यो नै नेपाली राजनीतिको विडम्बना हो । आम नेपालीको अहिलेको पहिलो चाहना भनेको संविधान हो त्यसपछि शान्ति, सुरÔा, रोजगारी, मह¨ी नियन्त्रण आदी त छदै छन् । राजनितिक दलहरुले आङ्खनो स्वार्थ पूर्तिको लागि मात्र सत्तामा नबसी जनताको लागि काम गर्नु आजको आवश्यकता हो । नेपालको राजनितिलाई सहिमार्गमा ल्याइ लक्ष्ँित उदेश्यहरुलाई एउटा लक्ष्यमा पु–याउनु आजको अपरिहार्यता र आवश्यकता हो । यदी त्यसो हुन सकेन र नेताहरुले संविधान वनाएन् भने नेपाली नेताहरुको राजनैतिक संस्कार, आदर्श र मुल्य, मान्यताको इहलिला समाप्त भएर जान्छ ।
Comments
Post a Comment