Skip to main content

Posts

Showing posts from April, 2019

सुट टाई धारी भिखारीः माग्ने पनि कस्ता कस्ता

सुजन दाहाल     नेपालमा भिखारी दुई प्रकारका देखिन्छन् । एकः गरिव भएर खाने, लाउने, बस्ने प्रवन्ध नभएकाहरु घर घर माग्दै हिड्ने भिखारी । दुईः सुट टाई लाउने, महलमा बस्ने, महङा महङा गाडी चढने भिखारी । यहाँ चर्चा गर्न खोजिएको दोस्रो भिखारीको हो । झट्ट सुन्दा अचम्म लान्न सक्छ । सुट टाई लगाएर पनि भिखारी कसरी भए । हो कसै संग भिख माग्न पनि एउटा भाडो चाहिन्छ । गरिव भिखारीको भिख माग्ने साच्चिकै हलुङो वा स्टिलको भाडो हुन्छ भने । सम्भ्रान्त टाई सुट धारी भिखारीहरुकोे भाडो भनेको राजनैतिक दल वा अन्य केही हुन्छ । राजनैतिक दल वा अन्य केहीलाई बहाना बनाएर अनेकौ उद्योगी व्यापारी देखि लिएर पैसा हुने संग र नहुने संग पनि थर्काएर भए पनि भिख माग्ने गरेको देखिन्छ । यस्ता संम्भ्रान्त भिखारीहरुको एक मात्र लक्ष्य लाखौ भिख माग्ने मोज मस्ती गर्ने हुन्छ । सायद सुट टाई लगाएर भिख माग्ने भिखारी नेपालमा मात्र होलान् । विदेशीहरु पनि भिखारीको गेटअप देखेर आश्चर्य चकित हुन्छन् होला । भिख दिने चाही कट्टु लाएर हिडछ । भिख माग्ने चाँही सुट टाईमा सजिन्छ ।           सुट टाई धारी भिखारीहरु भिख मागेर नै आम श्रमजिवी वर्ग भन्दा उपल्

नेताले व्यापारी खेलाउछ कि व्यापारीले नेता ?

सुजन दाहाल नेताले उद्योगी व्यापारी संग अगाल्लो मारेको र उद्योगी व्यापारीले नेतासंग अंगालो मारकोे प्रशस्त तस्विरहरु सामाजिक संजालमा हेर्न र देख्न पाइन्छ । भलै त्यस्ता तस्विर पवित्र हिसावले खिचिएका र राखिएका होलान् तर घैरै पटक नेता र व्यपारीको त्यस्तो क्रियाकलाप सामाजिक संजालमा हेरिरहदा हेर्नेकोे मनमा एक प्रकारको प्रश्न उब्जिने गर्छ । अखिर किन नेता र व्यपारी वीचको सम्वन्ध गहिरो छ त ? नेता र व्यापारी विचको सम्वन्ध स्वयम उनीहरुकै आचरण र व्यवहारका कारण घिरलाग्दो र स्वास्र्थी सम्वन्धको रुपमा नेपाली समाजमा स्थापित छ । नेता र व्यापारीको यस्तो घृणित सम्वन्धले देशमा कहिलै शुसासन हुदैन । नेताले व्यापारी र व्यापारीले नेता किन्ने प्रतिस्पर्धाको मारमा गरिव जनता परेका छन् ।         नेता बेगर व्यापारी र व्यापारी बेगर नेतालाई किन जीवन धान्न नसक्ने अवस्थामा पुगे ? यसको सहज र सजिलो उत्तर हो आथिक लेनदेन । नेता र ब्यापारी बीचको प्रेम भनेकै आर्थिक कुरामा निर्भर रहेको देखिन्छ । अर्थिक स्वार्थमा जोडिएको छ । नेता र व्यपारीको सम्वन्ध भनेको उपयोगिताको सिद्धान्तमा आधारित रहेकोे देखिन्छ । नेता र ब्यापारी व