सुजन दाहाल
नेताले उद्योगी व्यापारी संग अगाल्लो मारेको र उद्योगी व्यापारीले नेतासंग अंगालो मारकोे प्रशस्त तस्विरहरु सामाजिक संजालमा हेर्न र देख्न पाइन्छ । भलै त्यस्ता तस्विर पवित्र हिसावले खिचिएका र राखिएका होलान् तर घैरै पटक नेता र व्यपारीको त्यस्तो क्रियाकलाप सामाजिक संजालमा हेरिरहदा हेर्नेकोे मनमा एक प्रकारको प्रश्न उब्जिने गर्छ । अखिर किन नेता र व्यपारी वीचको सम्वन्ध गहिरो छ त ? नेता र व्यापारी विचको सम्वन्ध स्वयम उनीहरुकै आचरण र व्यवहारका कारण घिरलाग्दो र स्वास्र्थी सम्वन्धको रुपमा नेपाली समाजमा स्थापित छ । नेता र व्यापारीको यस्तो घृणित सम्वन्धले देशमा कहिलै शुसासन हुदैन । नेताले व्यापारी र व्यापारीले नेता किन्ने प्रतिस्पर्धाको मारमा गरिव जनता परेका छन् ।
नेता बेगर व्यापारी र व्यापारी बेगर नेतालाई किन जीवन धान्न नसक्ने अवस्थामा पुगे ? यसको सहज र सजिलो उत्तर हो आथिक लेनदेन । नेता र ब्यापारी बीचको प्रेम भनेकै आर्थिक कुरामा निर्भर रहेको देखिन्छ । अर्थिक स्वार्थमा जोडिएको छ । नेता र व्यपारीको सम्वन्ध भनेको उपयोगिताको सिद्धान्तमा आधारित रहेकोे देखिन्छ । नेता र ब्यापारी विचको यो घाटी जोडाई सामान्य भन्दा अलि फरक र भिन्न भएकाले नै समाजमा यी दुइको सम्वन्धमा नागरिकले प्रश्न उठाउने गरेका छन् । नेता र व्यापारी उद्योगीले मोटो रकम लेनदेन गरेको समाचारले पुष्टी गर्छ कि नेता र व्यापारीको सम्वन्ध कति नजिकैको छ भनेर ।
हरेकको मनमा प्रश्न मडारिन्छ आखिर नेताको सम्वन्ध किन सामान्य मानिस संग हुदैन । कुनै सामान्य पेशामा आवद्ध व्यत्तिसंग किन नेताहरु हाइ हेल्लो भन्दा नजिकको सम्वन्ध बनाउन चाहदैनन् । किनकी सामान्य व्यक्तिले नेतालाई पैसाले पोस्न सक्ने स्थिती छैन । ठेलावाला संग, कृषक संग, सामान्य कर्मचारीसंग नेताको सम्वन्ध नै हुदैन भन्दा नि हुन्छ । त्यसैले नेताले आफ्नो राजनैतिक जिवन धान्न र गरिव तथा पिछडिएका जनताको आँखामा छारो हाल्न बाहेक धनिष्ट र गहिरो सम्वन्ध जो केही संग राख्दैनन् । यो घाम जत्तिकै छर्लङ छ । यी सवै क्रियाकलापलाई नजिकबाट नियाल्दा लाग्छ कि नेताले व्यापारी खेलाउछ या व्यपारीले नेता ?
नेताको चरित्र जे देखिन्छ त्यस्तो हुदैन । नेतालाई चुनाव लडनु छ । चुनाव जित्नु पनि छ । चुनाव जितेर सत्तामा पुग्नु पनि छ । सकेजती जनतालाई झुटको खेती गर्नु छ । तर उ संग यी सवै कार्यका लागि यथेष्ठ पैसा हुदैन । किनकी उ इमान इज्जत र प्रतिष्ठाले हैन पैसाको आड बलमा चुनाव लडेर जित्ने संस्कारको शिकार भएको छ । नेतासंग उर्जाशिल समय त छ तर खर्च गर्न पुग्ने रकमको अभाव छ । उसको अन्य प्रशस्त आम्दानी छैन र आम्दानी मुलक काम पनि गर्न चाहदैन । काम गरेर खान त गाह्रो छ जति मागेर खान सजिलो छ । सामान्य आम्दानीले राजनीति गर्न नपुग्ने अवस्था व्यापारीको शरणमा पर्नु पर्ने बाध्यता पनि छ । नेताले पैशाको लागि उद्योगी व्यपारीसंग हार गुहार गर्छ । अनुनय विनय गर्छ । चुनावका बेलामा र अन्य आवश्यकीय बेलामा नेताले व्यपारीलाई पैसाका लागि उपयोग गर्छ । व्यपारीले पनि नेतालाई पैसा दिन्छ । जसले उद्योगी व्यापारी गर्भ पनि गर्छन भने कतिपय इमान्दार उद्योगी व्यापारी नेताको यस्तो भिखमगा प्रबृत्तिको शिकार पनि भएकै छन् ।
व्यपारीको चरित्र भनेको नेतालाई प्रयोग गरेर पैसा कमाउने मात्र हुन्छ । व्यापार गरिसके पछि पैसा कमाउने उदेश्य राख्नु अपराध चाँही हैन तर कसरी पैसा कमायो भन्ने चाँही प्रमुख प्रश्न हो । व्यपारीलाई व्यापार गर्नु छ । सिधा बाटो बाट कति नै पैसा कमाई गर्न सक्छ र व्यापारीले त्यसका लागि घुमाउरो बाटोबाट अगाडी बढ्नु सान्दर्भिक ठान्छ र त्यसका लागि नेतालाई चुनाव वा अन्य समयमा दिएको पैसाको साँवा व्याँज हिसाव गरेर असुल्छ । व्यापारीले जुनसुकै परिपाठले पनि व्यापार गर्ने कुरामा आफुलाई समर्पित र केन्द्रीत गरेको हुन्छ । त्यसका लागि जो संग जस्तो सुकै सम्झौता गर्नु परे पनि गर्छ । विशेषगरि भोका बाघ जस्ता नेतालाई भोकाएको बेला पैसा दिएको हुन्छ र आवश्यक समयमा त्यसलाई पँुजीको रुपमा रुपान्त्तरण गर्ने गरेको पनि देखिन्छ ।
सत्तामा बसेर आसे पासे, नन्दी भृगीहरुलाई पोस्नु नेताका थप विशेषता हुन् । राज्यशत्तिको आडमा आफ्ना नाता गोता इष्ट मित्र भाई भारदार सवैलाई खुसी बनाउनु नेताको दैनिकी हो । गरिव जनतालाई गर्नु केही छैन । यसो सानो तिनो गरि हाले भने मिडिया बोलाएर हो हल्ला मात्र गर्ने हुन् । जनताले प्रश्न ठड्याउलान् भन्ने डरले मात्र गरिव, असहाय र अशक्तसंगको सम्वन्धलाई देखाएका हुन् । अन्यथा यहाँका नेता आफु र आफ्ना बाहेक कसैको भलाई र समृद्धिका लागि बुद्धिको प्रयोग गर्दैनन् । यहाँका नेता जनताप्रति इमान्दार देखिदैनन् । गरिवीले दुई पत्र छाला गएका गरिव जनताको गाँस, बास, कपास, सुरक्षा, शिक्षा स्वास्थ्य जस्ता आधारभूत कुराहरुका लागि इमान्दार भएर काम नै गर्दैनन् । भन्न के खोजिएको हो भने गरिव जनताको काम गर्छु भनेर खोल ओढने अनि व्यापारीसंग गएर चुचो जोड्ने परिपाटीको विकास भएको छ ।
व्यापारीहरुको नेताको भन्दा विचित्रको व्यवहार हुन्छ । जसको सत्ता आयो उतै ढल्किने । व्यपारीहरु राजनैतिक आइडियोलोजी संग मतलव राख्दैनन् । जहाँबाट आफुलाई आर्थिक फाइदा हुन्छ त्यतै लुसुक्क लागिहाल्ने बानी हुन्छ । सत्ता र शक्तिलाई पैशाको आड र बलमा आफुतिर आर्कशित गर्ने र व्यापारको नाममा उपभोत्तालाई ठग्ने परिपाटी अहिले बढदो छ । व्यपारको नैतिकता र आदर्शलाई भूलेर कतिपय व्यापारीले गरिव जनता मात्र ठग्ने होइन कि राज्यलाई बुझाउनु पर्ने राजश्व पनि ठगेर खाने र त्यस वापद नेतालाई पनि केही अंश टक्रयाउने गरेको देखिन्छ । अनि तिनै राज्य पिसाचुहरु र देशद्रोहीहरु नै शानका साथ छाति फूलाएर समाजमा हिडने संस्कृतिको विकास भएको छ ।
सम्वन्ध सवैको सवै संग हुने गर्दछ । तर यदि कसैको सम्वन्ध आवश्यकता भन्दा बढी देखियो भने त्यहा संशय पैदा हुने गर्दछ । यहाँ त बुझनै गाह्रो भो नेताले व्यपारीको चाकडी गरेको हो कि व्यपारीले नेताको । नेता नभए व्यपारीलाई श्वास फेर्न गाह्रो र व्यापारी नभए नेतालाई जीवन घान्न गाह्रो भएको अवस्था देखिन्छ । नेताहरु आर्थिक रुपमा पारदर्शी देखिदैनन् । नेताको आम्दानी देखिदैन तर महङा महङा गाडी चढेर हिडछन् । एस आरामको जीन्दगी विताउनछन् । दिनरात नभनी काममा घोटिने बर्गले प्रश्न गर्छ आखिर नेताको यस्तो आलिशान जिवन पद्धतीका लागि आम्दानीको स्रोेत के हो ? त्यसैले तेताहरु आर्थिक रुपमा पारदर्शी हुनु पर्छ । व्यपारी र उद्योगीहरुलाई काखी च्यापेर सोझा इमान्दार उपभोत्ता र राज्यलाई ठग्न तिर लाग्नु हुदैन ।
सम्वन्धहरुमा पारदर्शीता चाहिन्छ । सार्वजनिक निकायमा बसेको व्यक्ति समाजमा नमुना हुने हुँदा समयसापेक्ष आचरण गर्नु पर्छ । नैतिकवान र गरिव नागरिकहरुप्रति जिम्मेवार र उत्तरदायी बन्नु पर्छ । राज्यको जिम्मेवार तहमा बसेको व्यक्तिले सम्वन्ध स्थापित गर्दा स्वार्थबाट प्रेरित हुनु हुदैन । आफ्नो भूढी भर्ने स्वार्थका लागि राज्यको शक्तिलाई दुरुपयोग पनि गर्नु हुदैन र कसैसंग निहित स्वार्थपूर्तिका लागि अस्वभाविक र अनावश्यक सम्वन्धलाई स्थापित गर्नु हुदैन । नेताले रचनात्मक र इमान्दार पूर्वक कुनै राम्रो पेशा व्यवसाय गरेर खर्चको व्यवस्थापन गर्नु पर्छ । व्यापारीले व्यपारिक मूल्य मान्यता र आचरण नभूली व्यापार गर्नु पर्छ । अन्यथा राजनीतिका लागि व्यपारी गुहार्ने नेता र नेतालाई प्रलोभनमा पारी व्यपारको नाममा पैसा कमाउने व्यपारी राष्ट्र र समाजका लागि घातक हुन्छ ।
Comments
Post a Comment