हिंस्रक र सवेदनहिन पुरुषको आवेग र उत्तेजनाको कारण कयौ बालिका र महिला बलत्कारीको शिकार भै रहेका छन् । हामी कस्तो समाजको परिकल्पना गरिरहेका छौ ? के हामीले बनाउन खोजेको समृद्ध समाज यस्तै हो ? यस्ता ब्वासाहरुको बढ्दो अत्मविश्वासले गर्दा आदर्श र सम्भ समाज बन्न अवरोध खडा भै रहेको छ । बलत्कार त अहिले नेपाली समाजको सामाजिक र सांस्कृतिक व्यवहार जस्तो भयो । बलात्कार पुरुष प्रधान मानसिकताको उपच हो । कोपिला जस्ता बालिका हरेक दिन बलत्कृत भै मर्नु पर्ने कस्तो विडम्वना । हरेक दिन रेडियो तथा पत्रपत्रिकामा बलत्कारका खवर सुन्ने बानी परिसक्यौ । कयौ निर्मलाहरु यहाँ हरेक दिन बलत्कृत भै रहेका छन् । पिडामा छन् । दुःखमा छन् । वेदनामा छन् । चित्कार गर्दै आफ्नो सासको आहुती दिइरहेका छन् । प्रकृतिको सुन्दर सृष्टी हो नारी । के नारी भएर संसारमा जन्म लिए पछि यसरी नै मर्नु पर्ने हो जसरी निर्मला मरिन । पक्कै होइन । स्वाभिमानका साथ बाँच्न पाउनु सवैको अधिकार हो ।
संसारभर खुल्ला समाजमा पनि बलात्कार त हुन्छन तर यति निस्कृष्ट ढंगबाट हुदैनन । निर्मला पन्तको घटनाले बलात्कारी साच्चै तगडा र शक्तिशाली हुदो रहेछ भन्ने देखायो । पिडितले राज्यबाट स्वतः न्याय पाउनु पर्नेमा न्यायका लागि सडकमा भिक मागेर हिडनु परिरहेको छ । सडकमा रुवावासी गर्नु परिरहेको छ । सरकारले अहिले सम्म अपराधी पत्ता लगाउन सकेको छैन । यो कस्तो साशन व्यवस्था हो ? यहा विधिको शासन छ कि व्यक्तिको ? यस प्रकरणले सरकार माथी सिधा प्रश्न खडा गरिदिएको छ । जति यो घटनाको सत्य तथ्य आउन ढिला हुन्छ त्यती नै सरकारको नैतिक धरातल र विश्वसनियता घट्दै जान्छ । सरकार त अभिभावक हो । सवैको संरक्षण गर्नु उसको कर्तब्य हो । तर निर्मला हत्याकाण्डमा सरकारले साच्चै अपराधि पत्ता लगाउन सकेको छैन या त सरकारले नियतवस अपराधिको खोजी गरेको छैन । यो कुरा समयले बताउने छ ।
बलत्कार पहिला पनि हुन्थे तर आम संचारको विकास भएको थिएन । अहिले त्यस्ता घटनाहरु लुकेर बस्दैन बाहिर आउछन् जसमा संचार क्षेत्रको विकास प्रमुख कारण हो । राजनैतिक अनुसासन र इमान्दारिता नहुदा राजनितीकर्मीले देशका सम्पूर्ण क्षेत्रलाई संक्रमित गरे र निहित स्वार्थ पुरा गरे । राजनितिक चेतना र संस्कारको कमीले समाजमा यस्ता कुतत्वहरुको वृत्तिविकास भयो । देशका मुख्याहरुलाई कानुन लाग्दैन भन्ने उदाहरणहरु प्रस्तुत गरिएका छन् । गलत तत्व र नहाहिदा काम गर्नेहरुलाई संरक्षण गर्दै गए । म शासक हु मैले जे वोले त्यो कानुन हुन्छ भन्ने अहम हाम्रा नेतागणहरुमा विकास भयो । सवै निकाय र क्षेत्रलाई राजनैतिक अखडा र अड्ढामा रुपान्तरित गर्दै गए । नेताहरु मोजमस्ती गर्दै जान थाले । विदेशमा उपचार गर्न थाले । महगा गाडी चडन थाले । नेता तथा तिनिहरुका आसेपासेका रवाफ बडता हुन थाले । यी र यस्ता आर्थिक सामाजिक घटना र परिदृश्यले गर्दा मानिसहरु पनि छाडा बन्दै गए । राजनैतिक दलको आशिर्वाद भए जे गर्दा नि हुन्छ भन्ने प्रवृत्तिको विकास भयो । परिणामतः बलात्कार, हत्या, हिसा, भ्रष्टाचार, खुसखोर र अपराध आदी जस्ता घटनाक्रम बढदै गए । त्यसैको श्रृखला नै निर्मला काण्ड हो । यस्ता सवै घटनाहरु पहिलो त राजनैतिक चरित्र र व्यवहार दोस्रो सामाजिक बनावट र परिस्तिथीले नित्याएको हो ।
देश वर्वाद पार्नु छ भने देशको शिक्षा क्षेत्र तहसनहस पार्नु पर्छ । अहिले शिक्षा क्षेत्रमा चौतर्फी हमला भै रहेको छ । संसारलाई ज्ञान दिने र सम्भ नागरिक उत्पादन गर्ने थलो भनेकै विद्यालय र विश्वविद्यालय हो । अहिलेका विद्यालय तथा विश्वविद्यालयले नैतिक शिक्षा पढाउन छाडे । अनुशासन र सामाजिक व्यवहार र गुणहरु सिकाउदैनन । व्यापार गर्ने शिक्षा मात्र दिन्छन् । विद्यमान शिक्षा प्रणालीले मानिसलाई अल्पज्ञान प्रदान गरिरहेको छ । अल्पज्ञान सधै समाजका लागि खतरनाक र हानिकारक हुन्छ ।
जनसंख्याको उच्च वृद्धि, गरिवी, अशिक्षा, वेरोजगारी, रुढीवादी विचारधारा र चिन्तन, कुसंस्कार, अभाव, अज्ञानता र पछौटेपन आदीले महिलाहरु कुनै न कुनै रुपले बलात्कार र हिंसाको सामना गरिरहेका छन । दिनहु भै रहने यस्ता बलात्कारका कारण धेरै महिलाहरु आक्रान्त्त भइरहेका छन् । मानसिक, शारिरीक वा यौन जन्य हिंसाहरु, वालिका वा महिलाहरुको यौनशोषण, दाईजोसंग सम्वन्धित हिंसा, वलत्कार, कुटपिट, शोषण, महिला वेचविखन, जवरजस्ती व्यापारिक यौन व्यवहार, यौन दूव्र्यवहार, जवरजस्ति करणीले देश जली रहेको छ । कतिपय अवस्थामा महिला बलात्कारमा प्रमुख पात्रको रुपमा पुरुष भए तापनी महिलाको प्रत्यक्ष अप्रत्यक्ष उक्साहट र संग्लनता हुने गर्दछ । महिला हिंसाका पर्दा पछाडीका डिजाइनरहरु महिला पनि हुने गर्छन ।
महिला र पुरुष एक अर्कामा परिपुरक हुन् । मानिसको उत्पतीकाल देखिनै पुरुषको अस्तित्वलाई स्वीकार गरिएको छ । तर महिलाको अस्तित्वलाई अहिले सम्म पनि स्वीकार गरिएको छैन । जवकी यी दुइमा कोही एक नहुदा जीन्दगी र संसार अपूर्ण हुन्छ । संसारको सृष्टि नै रोकिन्छ । आदिम काल देखि अहिले सम्म महिलाहरुलाई खेलौनाको रुपमा हेर्ने, मनोरञजनको साधन, बच्चा जन्माउने मेशिन, परिवार वढाउने तत्व, अशिक्षित र अपहेलित वर्ग भनेर व्यवहार गरिन्छ । अव यस्तो विचार राखेर हुदैन । महिलालाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन आउनु पर्छ । महिलाई सम्मानित व्यवहार गरिनु पर्छ । शारिरीक रुपमा कमजोर छन् भनेर थिचोमिचो र दुःख दिनु हुदैन । महिलाले समाजमा सम्मानित जिवन जिउन पाउने वातावरण वन्नु पर्दछ । बलत्कृत महिललालाई समाजमा सम्मानपूर्वक पूनस्र्थापना गर्नु पर्छ । त्यसका लागि समाज र सामाजिक चिन्तनमा परिवर्तन ल्याउन जरुरी छ ।
अहिलेको आवश्यकता भनेको महिलाहरुमाथि हुने यस्ता बलाकात्कारका घटना तुरुन्त रोक्नु हो । यस्ता घटना रोकथामका लागि महिलाहरुलाई शिक्षित र शक्ति सम्पन्न पार्नु पर्दछ । पुरुपहरुको पितृसतात्मक सोच, धारणा र व्यवहारमा परिवर्तन ल्याउनु पर्दछ । महिलाको पिडा महिलाले पनि वुझ्नु पर्दछ । महिलाहरुको सामाजिक र आर्थिक विकासमा जोड दिनु पर्छ । राजनैतिक सहभागिता सुनिश्चित गरी लैङ्गिक समानता र समता हासिल गर्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्नु पर्दछ । महिलाहरुलाई निती निर्माण कार्यमा सहभागी गराउनु पर्छ ।
महिलाको पक्षमा भएको विद्यमान कानुनी व्यवस्था राम्रो छ तर त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र र प्रणाली कमजोर छ । नारीवादी हौ भन्नेले विदेशी डलर पचाउनको लागि मात्र कुर्लेर हुदैन । घटनाको सम्वेदनशीलतालाई मनन गरी घाउमा मह्म लाउने काम गर्नु पर्छ । घटनाहरुलाई राजनितीको छाँयाबाट मुक्त गर्नु पर्दछ । मुख्य रुपमा सरकारले आफ्नो स्वार्थ भन्दा माथी उठेर निश्पक्ष व्यवहार गर्नु पर्दछ । लोभ लालचामा पर्नु हुदैन । सरकारले असल शासन कायम गर्न नसम्दा निर्मला र निर्मला जस्ता घटनामा वृद्धि भै रहेको छ । यसका लागि सरकारले ठोस कार्यनीति तर्जुमा गरी देशभर लागु गर्नु पर्छ । नागरिक पनि इमान्दार, अनुशासित, सभ्य र सचेत बन्नु पर्दछ । नागरिक हुनुको नाताले आफुले पालना गर्नु पर्ने कर्तब्यबाट विमुख हुन हुदैन ।
Comments
Post a Comment