Skip to main content

Posts

सुट टाई धारी भिखारीः माग्ने पनि कस्ता कस्ता

सुजन दाहाल     नेपालमा भिखारी दुई प्रकारका देखिन्छन् । एकः गरिव भएर खाने, लाउने, बस्ने प्रवन्ध नभएकाहरु घर घर माग्दै हिड्ने भिखारी । दुईः सुट टाई लाउने, महलमा बस्ने, महङा महङा गाडी चढने भिखारी । यहाँ चर्चा गर्न खोजिएको दोस्रो भिखारीको हो । झट्ट सुन्दा अचम्म लान्न सक्छ । सुट टाई लगाएर पनि भिखारी कसरी भए । हो कसै संग भिख माग्न पनि एउटा भाडो चाहिन्छ । गरिव भिखारीको भिख माग्ने साच्चिकै हलुङो वा स्टिलको भाडो हुन्छ भने । सम्भ्रान्त टाई सुट धारी भिखारीहरुकोे भाडो भनेको राजनैतिक दल वा अन्य केही हुन्छ । राजनैतिक दल वा अन्य केहीलाई बहाना बनाएर अनेकौ उद्योगी व्यापारी देखि लिएर पैसा हुने संग र नहुने संग पनि थर्काएर भए पनि भिख माग्ने गरेको देखिन्छ । यस्ता संम्भ्रान्त भिखारीहरुको एक मात्र लक्ष्य लाखौ भिख माग्ने मोज मस्ती गर्ने हुन्छ । सायद सुट टाई लगाएर भिख माग्ने भिखारी नेपालमा मात्र होलान् । विदेशीहरु पनि भिखारीको गेटअप देखेर आश्चर्य चकित हुन्छन् होला । भिख दिने चाही कट्टु लाएर हिडछ । भिख माग्ने चाँही सुट टाईमा सजिन्छ ।           सुट टाई धारी भिखारीहरु भिख मागेर नै आम श्रमजिवी वर्ग भन्दा उपल्
Recent posts

नेताले व्यापारी खेलाउछ कि व्यापारीले नेता ?

सुजन दाहाल नेताले उद्योगी व्यापारी संग अगाल्लो मारेको र उद्योगी व्यापारीले नेतासंग अंगालो मारकोे प्रशस्त तस्विरहरु सामाजिक संजालमा हेर्न र देख्न पाइन्छ । भलै त्यस्ता तस्विर पवित्र हिसावले खिचिएका र राखिएका होलान् तर घैरै पटक नेता र व्यपारीको त्यस्तो क्रियाकलाप सामाजिक संजालमा हेरिरहदा हेर्नेकोे मनमा एक प्रकारको प्रश्न उब्जिने गर्छ । अखिर किन नेता र व्यपारी वीचको सम्वन्ध गहिरो छ त ? नेता र व्यापारी विचको सम्वन्ध स्वयम उनीहरुकै आचरण र व्यवहारका कारण घिरलाग्दो र स्वास्र्थी सम्वन्धको रुपमा नेपाली समाजमा स्थापित छ । नेता र व्यापारीको यस्तो घृणित सम्वन्धले देशमा कहिलै शुसासन हुदैन । नेताले व्यापारी र व्यापारीले नेता किन्ने प्रतिस्पर्धाको मारमा गरिव जनता परेका छन् ।         नेता बेगर व्यापारी र व्यापारी बेगर नेतालाई किन जीवन धान्न नसक्ने अवस्थामा पुगे ? यसको सहज र सजिलो उत्तर हो आथिक लेनदेन । नेता र ब्यापारी बीचको प्रेम भनेकै आर्थिक कुरामा निर्भर रहेको देखिन्छ । अर्थिक स्वार्थमा जोडिएको छ । नेता र व्यपारीको सम्वन्ध भनेको उपयोगिताको सिद्धान्तमा आधारित रहेकोे देखिन्छ । नेता र ब्यापारी व

तपाँइलाई माइग्रेन भएको छ ? अव चिन्ता लिनु पर्देन । यो विधि अपनाउनुहोस ।

१२, चैत्र, २०७५ । यो एक प्रकारको नसासम्बन्धी (न्यूरो) रोग हो, जुन शरीरको माथिको भाग अर्थात् टाउकोमा हुन्छ र जसको असर अत्यन्त कष्टकर (असह्य) टाउको दुख्ने गर्दछ । आधुनिक चिकित्सा पद्धती (एल्लोपेथी)को मतअनुसार यो एक व्यक्तिमा पाँच पटकभन्दा बढी एकदेखि तीन महिनाभित्रमा असह्य (वेदनात्मक) टाउको दुखेमा त्यसलाई माइग्रेन मान्न सकिन्छ । यसरी टाउको दुख्दाको अवधि भने ४ घण्टादेखि ३ दिन वा सोभन्दा बढी पनि हुन सक्दछ । यसरी टाउको दुख्दा एक वा बढी ठाउँमा र कहिलेकाहीँ सरेर समेत दुख्ने हुन सक्छ । बिरामीले खान मन नपराउने, खाइहाले पनि बान्ता हुने, धेरैजसो वाकवाकी लाग्ने, बेचैन रहने, बान्ता गर्दा पानी मात्र हुने सो पानी ज्यादै तीतो, टर्रो वा अमिलो हुने र ज्यादै गन्हाउने हुन्छ । बिरामीमा माथि उल्लेखित कुराहरुको मेल खान गएमा त्यसलाई स्वतः माइग्रेन मान्न सकिन्छ । माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय–समयमा दोहोरिरहन्छ । यस्तो पीडा प्राय टाउकाको एक भागमा हुन्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर दुख्छ । माइग्रेन जसलाई पनि हुन सक्छ तर माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखा पर्छ । क

पू.वि. ले कला संकायमा विद्यावारिधि कार्यक्रम संचालन गर्ने ।

०४ चैत्र, २०७५      पूर्वाञ्चल विश्वविद्यालय, कला संकायले निकट भविश्यमा एम. फिल. र विद्यावारिधि (पी.एच.डी.) कार्यक्रम संचालन गर्ने भएको छ । ‘विद्यावारिधि को क्षेत्र र संचालन प्रकृया’ बारे विराटनगरमा एक दिवसिय विज्ञ परामर्स भेला सम्पन्न भएको छ । भेलामा विराटनगरमा उपलब्ध विद्यावारिधि उपाधि हासिल गरेका सम्पूर्ण विज्ञहरु सहभागी थिए ।      उक्त एक दिने बृहत विज्ञ भेलालाई सम्बोधन गर्दै विश्वविद्यालयले चलाउन लागेको विद्यावारिधि कार्यक्रम विराटनगर र देशकै लागि गौरवको बिषय भएको उपकुलपति एवं प्रमुख अतिथि प्रा.डा. घनश्याम लाल दासले बताए । भेलामा सेवा आयोगका अध्यक्ष प्रा. बद्रीनाथ श्रेष्ठ र रजिष्ट्रार प्रमिला थापाले शुभकामना मन्तब्य राखेका थिए ।      कला संकायका डीन डा. शम्भुप्रसाद कोइराला विद्यावारिधि कार्यक्रम संचालन गर्न विभिन्न क्षेत्रका व्यक्तिसंगको छलफललाई व्यापक बनाउदै लगेका छन् । कोइरालाको नेतृत्वमा विश्वविद्यालयको कला संकायमा संचालन हुन गइरहेको एम. फिल. र विद्यावारिधि कार्यक्रम छिट्टै संचालन हुने र त्यसका लागि तयार गरिनुपर्ने नितिगत शैक्षिक र प्रशासनिक तयारी द्रुत गतिमा भइरह

गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा । रगत नै उम्लिने गीत । सवैको जानकारीका लागि सेयर गर्नुहोला ।

०७, फाल्गुण, २०७५ । गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा आएको छ । देशमा स्वाभिमानी भै बाँच्न गाह्रो परिरहेको समयमा यो गीतले हरेक नेपालीलाई जीवन र देशप्रति कसरी स्वाभिमानको महसुस गर्ने भन्ने संदेश दिएको छ । 

महानगरपालिका भित्रै बसोबास गर्ने मुसहर समुदायको कन्तबिजोग ।

 सुजन दाहाल ०४ फाल्गुण, २०७५ ।  विराटनगर महानगरपालिका भित्रै बसोवास गर्दै आएका मुसहर समुदायको कन्तविजोग रहेको छ । महानगरपालिकाको १९ वडाको धनपुरा भन्ने ठाँउमा बस्ने कयौ घर मुसहरहरु अभाव र गरिवीको जीन्दगी विताइरहेका छन् । न गतिलो घर छ, न प्रशस्त खान छ न लाउने लुगा नै छ । छ त केवल गरिवि मात्र । बत्तिमुनी अध्यारो छ ।   देशमा ठूला ठूला परिवर्तनहरु भए तर मुसहर समुदायमा परिवर्तको कुनै छाँया सम्म परेन । मुसहरहरु दुःख नै दुःखको सागरमा डुबेका छन् । केटाकेटीको शिक्षा दिक्षा, पालनपोषण, स्वास्थ्य उपचार सवैबाट बन्चित भएको अवस्था छ । मुसहर समुदायमा सवैभन्दा बढी पिडित भनेको केटाकेटी र बृद्धबृद्धा नै हुन् । मुसहर समुदायको परिवेश र अवस्थाले देशलाई कुरिकुरि गरिरहेको छ । विकासका पहाड पल्टाउछु भन्ने राज्य संचालकलाई गिज्याइ रहेको छ । मुसहरका लागि ठूला सपना कतिले बाढे तर कसैले पुरा गरेनन् । रोग लागो भने उपचार गर्न नसकी मर्ने स्थिति छ । जाडोमा लुगा नभएर कठ्याङरियर मर्नु पर्ने बाध्यता छ । ठूलो पानी परेमा सवै पानी घरभित्र छिर्ने अवस्था छ । आधारभूत आवश्यकताबाट बन्चित छन् । सामाजिक आर्

चलचित्र बुलबुल अभिनेत्री स्वस्तिमा खडका र निर्देशक विनोद पौडेल विचको एक अन्तरंग दृश्यको भिडियो बाहिरियो । सचेत भएर हेर्नुहोस् ।

फाल्गुन १, २०७५ यही फागुन तिन गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र बुलबुलको एक भिडियो बाहिरिएको छ । भिडियोमा चलचित्र छाँयाकनका क्रममा निर्देशक विनोद पौडेल र चलचित्रकी अभिनेत्री स्वस्तिमा खडकाविच एक अन्तरंग दृश्यको छाँयाकनका क्रममा के कुरामा कसरी मदभेद भएको थियो भन्ने खुलासा गरिएको छ । त्यो कस्तो खालको दृश्य थियो , अभिनेत्री र निर्देशकबिच सो दृश्यलाई खिच्ने र बुझ्ने सवालमा के कुरामा फरकमत थियो र सो कुरा कसरी समाधान गरियो भन्ने देखाईएको छ । हेर्नुस् उक्त विषयमा भएको मतभेद र वास्तविकताको दृश्य: https://www.youtube.com/watch?v=7-9 A1n54zHo&t=4s

चाकरीले चलेको जीवन: देशको बर्तमान अवस्था / एक पटक अवश्य पढनुहोस् ।

सुजन दाहाल नेपालमा चाकरीलाई प्रथाको रुपमा विकास गरियो । चाकरी प्रथा थिएन भने धेरै नेपालीहरु भोक भोकै मर्थे होलान् । चाकरी गर्ने मामलामा नेपालीहरु धेरै प्रसिद्ध छन् । विश्वमै चिनिएका छन् । यहाँ चाकरी नगरी कुनै उपलब्धी हासिल गर्न सकिदैन भन्ने मनोविज्ञान छ । यो पनि सत्य हो कि चाकरी गरेन भने धेरैको मुखमा माड लाग्दैन ।  त्यस्तै यहाँ चाकरी गर्ने मात्र हैन चाकरी गराउनेको पनि ठूलो संख्या छ । हिन्दु धर्ममा पनि भगवान शिवका नन्दी भृगी थिए जो शिवलाई सधै चाकरी मात्र गर्थे भने भगवान शिव चाकरी खाएर आनन्द लिन्थे भन्ने तर्क चाकरी लिप्त भएकाहरुको मुखबाट सुनिन्छ । यस्तो धार्मिक मूल्य मान्यताका साथ हुर्किएका नेपालीले चाकरी प्रथालाई मलजल गर्दै गए ।  सम्वर्दन र प्रवर्दन गर्दै गए । हुकाउदै र बढाउदै गए र त्यसैको नसामा आज झुमिरहे ।     चाकरीमा रमाउने र चाकरी नै जीवन हो भन्ने एउटा ठूलो जमात हाम्रो समाजमा रहेको छ । यहाँ धेरै व्यक्तिको जीवन पद्धती नै चाकरी गर्ने भएको छ । त्यस्ता चाकरीबाजहरुको हाली मुहाली छ । सवै समाज त्यस्तैले क्याम्चर गरिसके भन्दा पनि अतियुक्ति नहोला । चाकरी गर्नेहरु कुनै एक दिन पनि च

भ्रष्टाचारले सकिने भो देश । नेपालको अवस्था चिन्ताजनक । वितृतमा हेर्नुहोस कहाँ कति छ भ्रष्टाचार ?

१५, माघ २०७५ नेपाल बढी भ्रष्टाचार हुने देशको सूचिमा परेको छ । दक्षिण एसियामा भने नेपाल सबैभन्दा बढी भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज ‘भ्रष्टाचार अवधारणा सूचाङ्क’ सार्वजनिक गर्दै नेपाल गत वर्ष जस्तै ३१ अङ्क ल्याएर १८० मुलुकमध्ये १२४ औँ स्थानमा रहेको देखाएको हो । नेपाल सहित ट्रान्सपरेन्सी इन्टरनेशनलले आज विश्वका १८० देशको भ्रष्टाचारको सूचाङ्क सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचाङ्कमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमलिया र कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क छ । सय पूर्णाङ्कमा सोमलियाले १० अङ्क र डेनमार्कले ८८ अङ्क ल्याएका छन् । ट्रान्सपरेन्सीको प्रतिवेदनमा दुई तिहाइ मुलुकले ५० भन्दा कम अङ्क पाएका छन् । सीपीआई प्रतिवेदनमा दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा धेरै र बंगलादेश दोस्रो धेरै भ्रष्टाचार हुने देशका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ । ट्रान्सपरेन्सी इण्टरनेशनलले विश्वका १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरी एकसाथ सीपीआई प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । ‘नेपालमा सबैभन्दा ठूल