Skip to main content

म विजी छु..........

                   सुजन दाहाल        
                           
                                                               

    श्रीमतीले श्रीमानलाई मायालु स्वरमा फोन गर्छिन कता होइसिन्छ रु श्रीमान् भने कुनै केटी संग डेटिङमा हुन्छ तर भन्छ म अफिस तिर छु अहिले विजी छु ल...........। एक व्यक्ति साथीलाई फोन गर्छ ...हेल्लो........ के गर्दै हो रु साथीचाहिले फोन उठाउछ तर ..हेल्लो........ म अहिले अलि विजी छु पछि कुरा गरौला नि । ए सुन न....पहिलो व्यक्तिले भन्दा भन्दै दोस्रो व्यक्तिले... फोन काटिदिन्छ....... । यी त केही उदाहरणका लागि प्रतिनिधी पात्र मात्र हुन् । .श्रीमान् र श्रीमतिका वीचका बोलिने झुट, प्रेमी र प्रेमिका वीचमा बोलिने झुट, साथी भाई तथा घर परिवारमा बोलिने झुट, कतिसम्म भने मान्छे एक ठाउमा छ म अर्कै ठाउमा छु भन्छ, एउटा काम गर्दै हुन्छ अर्कै काम गर्दैछु भन्छ , मजाले गफाडीको उपाधी पाउने गरी गफ चुटेर बसीरहेको हुन्छ म अहिले मिटिङमा विजी छु भन्छ, तास खेलेर बसीरहेको हुन्छ म ड्इटीमा छु भन्छ । अहिलेको मोवाइल संस्कृती यस ढंगको छ । पाइलै पिच्छे ढाट्ने र झुट बोल्ने । यसरी ईष्ट, मित्र साथीभाई घर परिवारले फोन गर्छन कति विजी जस्तो छिटो छिटो बोल्छ र जे सत्य हो त्यो भन्दैन जे झुटो हो त्यो भन्छ र दिग्गभ्रमित गर्छ अहिलेको मनुवा ।
     आजकल यो मोवाइल फोनले मान्छेलाई बहुतै सजिलो बनाइदिएको छ । मोवाइल सही ढंगले इमान्दार भएर प्रयोग गरियो भने फाइदै फाइदा छ । मोवाइल बोक्न सजिलो पनि छ । सानो छ गोजीमा सजिलै अट्छ । यसको सही सदुपयोगले व्यापार व्यवसाय बढाउन सकिन्छ । नेपालमा यसको विकास बहुतै तीव्र गतिमा भएको छ र हुन आवश्यक पनि छ । पहिला पहिला सिम कार्ड लिनलाई रात दिन लाइनमा बसेर हात खुट्टा भाचेर बल्ल बल्ल लिएका दृष्टान्त जगजाहेरै छ । पहिला मोवाइललाई प्रतिष्ठा संग जोडेर हेरिन्थ्यो । मोवाइल धनीमानी, गन्यमान्य र ठूलाबडा भनौदा संग मात्र थियो ।  गरिव गुरुवाको पहँुचमा थिएन । यो हिसावले अलिले त मोवाइलको सिमकार्ड तरकारी किने जस्तै गरि लिन पाइन्छ र सजिलैसंग समाजका सवै वर्ग तह र तप्काका मानिसहरुको हात हातमा उपलब्ध छ । मोवाईलको यो ढंगको विस्तार हुन जरुरी पनि छ किनकी मोवाइल भनेको त संञ्चारको साधन न हो । जति बडी मोवाइलको विस्तार भएको छ उति नै बढी मानिसहरुलाई एक आपसमा संचार कायम गर्न सजिलो पनि भएको छ । अहिले त विश्वको जहासुकै पनि चाहेको बखत मोवाइल मार्फत् सजिलै संग कुरा गर्न सकिन्छ । यसबाट लाभ लिन सकिन्छ ।
    मोवाइल फोनका यस्ता सुन्दर पक्ष संगसंगै विकृत पक्षहरु पनि दिनानुदिन बढ्दो क्रममा छ । मोवाइल फोनको सही प्रयोग नहुदा सामाजिक विकृती विसंगतिको वृद्धि र बिकासका लागि मलजलको काम गरिरहेको छ । मोवाइल घर परिवार, साथी भाई इष्ट मित्र वीचको सम्वन्धलाई जोड्ने माध्यम बन्नु पर्ने हो । मोवाइल एक्लो हुदाको साथी बन्नु पर्ने हो । तर अहिले त नक्कल पारी पारी बोल्ने र सके सम्म झुट बोलेर फोन गर्नेलाई बेवकुफ बनाउने, सेल्फीमा मुख चु.....च्या....उम.....उफ.... बनाउदै फोटो खिच्ने माध्यम बनिरहेको छ । आज हरेक घर घरमा पनि मोवाइल छ कि मान्छे छ भने जस्तो परिवारका सवै सदस्यहरु मोवाइलमा घरको विभिन्न कोणमा बसी व्यस्त र मस्त देखिन्छन् । परिवारका सदस्यहरु एक आपसमा बोल्न पनि फुर्सद नभए झै गर्दछ् । आफना दैनिक काम धन्दा छाडेर मोवाइलमा बढी सक्रिय देखिन्छन् । अर्थात् लिसो टासिएको झै टासिएर बस्छन् । कतिसम्म छ भने बच्चाहरुले मोवाइल बेगर भात सम्म खादैनन् ठूला मनुवाको त के कुरा गर्नु र ।  
    मोवाइल अहिले मान्छेको नसा भै सकेको छ । वरु एक छाक भात नभए नी हुन्छ तर मोवाइल भएन भने एक दिन त के एक पल विताउन पनि मानिसलाई गाह्रो भएको छ । कतिसम्म भने एक दिन मोवाइल विग्रियो भने रात भरी सुत्दैनन, छट्पटी गर्छन्, सास अड्केला जस्तो गछनर््, सफोकेसन भएको जस्तो हुन्छन् र अनिदै रात काट्ने स्थितीमा सम्म पुग्छन् । भन्न के खोजेको भने मोवाइल मानिसको एक अभिन्न मित्र मात्र नभई जीवन जीउन प्रमुख भूमिका खेल्ने मुटु कलेजो जस्तो अङ्गको रुपमा चित्रण गर्दन् अहिलेका मान्छे । यति हुदा हुदै पनि त्यही असल साथी र अङ्गको सही प्रयोग गर्न नसक्दा त्यसको राम्रो सिकार भइरहनु परेको छ  ।   
    मोवाइलका कारण कयौका घरवार बिग्रिएका छन्, सुन्दर परिवार र गहिरो मायामा दरार उत्पन्न भएको छ । श्रीमान् श्रीमति वीच डिभोर्स भएका छन् भने मोवाइलमा झुट बोल्नाले साथीभाई परिवार टाडिएका उदाहरणहरु हाम्रो गाँउ समाजमा बढदै गईरहेका छन् । हाँसिखुसी चलिरहेको परिवार एकाएक छिन्न भिन्न भएका छन्, विग्रिएका छन् । अहिले आएर मोवाइल झुटको खेती गर्ने राम्रो र सजिलो साधन भएको छ । फोनमा मान्छे देखिदैन, कुन ठाँउमा छ ठाँउ ट्याक हुदैन अनि त उ सानले डाटेर झुटको खेती गर्दै आफुलाई गौरवान्वित भएको महसुस गर्दछ । मोवाईल प्रेमीहरुलाई अहिलेको मुख्य समस्या भनेको नै विस्वासको कमी हो । कसरी विस्वास गर्ने, विस्वास गर्ने कि नगर्ने, पाइलै पिच्छे मान्छेहरु झुट बोलिरहेका हुन्छन् , ढाटिरहेका हुन्छन् ।  फिल्मको ठूलै कलाकार जस्तो जिवन्त्त अभिनय मार्फत् झुटको खेतीमा रमाइरहेका हुन्छन् । मान्छेका आचरण र व्यवहार पनि छुद्र ढंगले तिव्र गतिमा परिवर्तन भै रहेका छन् । साथी भाई इष्ट मित्र घर परिवारमा झै झगडा र अविश्वासको खाडल मोवाईल प्रतिको लम्पट प्रेम संस्कृतीले नै खनिदिए जस्तो पनि देखिन्छ ।   
    समस्या जहिले पनि मानिसकै कारण सिर्जित हुने हुदा त्यसको सिकार र मारमा स्वयम मानिस नै पर्न जान्छ तसर्थ मोवाइलको विकास तथा विस्तार मानिसको सहजताका लागि गरिएको हो तर अहिले आएर यसको प्रयोग प्रतिको आचरण र मोबाईललाई गर्नु पर्ने कुशल व्यवहारको कमीले गर्दा, मानिसहरुले त्यसको गलत फाईदा पनि उठाइरहेका छन् । कतिपयले फोन गर्न पाएकै छ भन्दैमा जतिसुकै खेर पनि मान्छेलाई किरङ किरिङ .....पार्रै डिस्टर्व गर्ने प्रवृत्ति पनि छ । त्यस्तै मिसकल प्रवृति पनि देखिन्छ । मोवाइल आफनो लागि हो, मेरो सजिलोको लागि हो, मेरो दैनिक जीवनमा सहजताका लागि हो भन्ने मूल्य मान्यतालाई आत्मसाथ गर्दै यसको प्रयोगमा स्वनिर्मित एक प्रकारको आचार सहिंता तयार गरी सवैले प्रयोग गरे मानव जीवनलाई अधिक सहज बनाउन सकिन्छ । र कहिल्लै भन्नु पर्दैन म विजी छु .................................... 




Comments

Popular posts from this blog

गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा । रगत नै उम्लिने गीत । सवैको जानकारीका लागि सेयर गर्नुहोला ।

०७, फाल्गुण, २०७५ । गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा आएको छ । देशमा स्वाभिमानी भै बाँच्न गाह्रो परिरहेको समयमा यो गीतले हरेक नेपालीलाई जीवन र देशप्रति कसरी स्वाभिमानको महसुस गर्ने भन्ने संदेश दिएको छ । 

चाकरीले चलेको जीवन: देशको बर्तमान अवस्था / एक पटक अवश्य पढनुहोस् ।

सुजन दाहाल नेपालमा चाकरीलाई प्रथाको रुपमा विकास गरियो । चाकरी प्रथा थिएन भने धेरै नेपालीहरु भोक भोकै मर्थे होलान् । चाकरी गर्ने मामलामा नेपालीहरु धेरै प्रसिद्ध छन् । विश्वमै चिनिएका छन् । यहाँ चाकरी नगरी कुनै उपलब्धी हासिल गर्न सकिदैन भन्ने मनोविज्ञान छ । यो पनि सत्य हो कि चाकरी गरेन भने धेरैको मुखमा माड लाग्दैन ।  त्यस्तै यहाँ चाकरी गर्ने मात्र हैन चाकरी गराउनेको पनि ठूलो संख्या छ । हिन्दु धर्ममा पनि भगवान शिवका नन्दी भृगी थिए जो शिवलाई सधै चाकरी मात्र गर्थे भने भगवान शिव चाकरी खाएर आनन्द लिन्थे भन्ने तर्क चाकरी लिप्त भएकाहरुको मुखबाट सुनिन्छ । यस्तो धार्मिक मूल्य मान्यताका साथ हुर्किएका नेपालीले चाकरी प्रथालाई मलजल गर्दै गए ।  सम्वर्दन र प्रवर्दन गर्दै गए । हुकाउदै र बढाउदै गए र त्यसैको नसामा आज झुमिरहे ।     चाकरीमा रमाउने र चाकरी नै जीवन हो भन्ने एउटा ठूलो जमात हाम्रो समाजमा रहेको छ । यहाँ धेरै व्यक्तिको जीवन पद्धती नै चाकरी गर्ने भएको छ । त्यस्ता चाकरीबाजहरुको हाली मुहाली छ । सवै समाज त्यस्तैले क्याम्चर गरिसके भन्दा पनि अतियुक्ति नहोला । चाकरी गर्नेहरु कुनै एक दिन पनि च

एउटी केटिले मलाई हेरिरहन्छे गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक

                                                      २३, पौष, बिराटनगर । गायक प्रवलदिप विश्वासको स्वरले सजिएको एउटी केटिले मलाई हेरिरहन्छे  बोलको गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक भएको छ ।   स्टार एडभर्ट प्रा.लि.को ब्यानरमा बनेको उक्त गीतको भिडियोमा संजय मेहता, कुसुम देउजा, सुजन दाहाल र अनिष दाहालकोे अभिनय रहेको छ । उक्त गीतलाई प्रतिक श्रेष्ठले निर्देशन गरेका छन् भने गितको छायांकन जय कामतले गरेका हुन् । Video Link: https://www.youtube.com/watch?v=XWQjQdJW--Q

प्रमोद खरेलको ‘स्वाभिमानी बनी हामी’ राष्ट्रिय गीतको छायांकन सम्पन्न ।

२४, षौष, २०७५, बिराटनगर । पुजा मारियाको एल्बम जिवन साथीको ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको छायांकन सम्पन्न भएको छ । गायक प्रमोद खरेलको स्वरले सु–सज्जित  गीतको भिडियोमा सुजन दाहाल, रिजन ढकाल, संजय मेहता, अनिस दाहाल, जय कामत र राधा नेपाल लगायतको मुख्य भुमिका रहेको छ ।

‘निर्मला’ को घटनामा बन्ने भो एक घण्टाको चलचित्र ।

माघ, ०६ ।  चलचित्र ‘निर्मला’ को लागि विराटनगर र पथरी शनिश्चरेमा अडिसन मार्फत् वीस कलाकार छनौट गरिएको छ । अडिसनमा सयौको संख्यामा सहभागिता रहेको थियो । निर्मला चलचित्र एक शसक्त कथा बस्तुमा आधारित भएकाले अडिसन मार्फत् शसक्त कलाकारको खोजी गर्नु परेको कला निर्देशक संजय मेहताले बताए ।  देशमा विद्यमान यौन हिंसा र बलात्कारको बिषय लाई लिएर बन्न लागेको उक्त चलचित्र एक घण्टा समयवधिकोे हुने निर्माण पक्षले जानकारी दिएको छ । यस चलचित्रमा नारी भावना, सम्बेदना र त्यसबाट उत्पन्न आवेग र परिणामलाई कलात्मक र रोचक ढंगले उठाइएको कथाका लेखक सुजन दाहालले जानकारी दिए ।   सुशान्त रिजालको प्रस्तती रहेको उक्त चलचित्रका मुख्य कार्यकारी निर्मातामा वीरेन्द्र कुमार शाह रहेका छन् । कलाकारहरुको लागि आवश्यक तालिम र वर्कशप संचालन गर्ने र आगामी माघ २२ गते बाट सुटिंगमा जाने चलचित्रका निर्देशक सन्तोष कुमार बाँस्तोला “आशिक“ ले जानकारी दिए ।  

सयपत्रीको माला, नेता र कार्यकर्ता

सुजन दाहाल राजनैतिक दलका कार्यकर्ता नेता आउदै छन् भन्ने सुने भने ज्यान नै फालेर हातमा सयपत्री फुलको माला बोकेर एयरपोर्ट दर्गुछन् । नेताको जय जयकार गर्छन । कयौ कार्यकर्ताहरु नेताको चाकरी र भजन गाउनमा रमाउने गर्छन् । नेपालमा यस्ता कार्यकर्ता उत्पादन भएका छन् जो सधै नेताको हनुमान चालिसा मात्र गाई रहन्छन् । नेता पनि कस्ता छन् भने प्लेनबाट उत्रिदा उत्रिदै माला लाउन टाउको निहुयाउदै आउछन् । आफ्ना हनुमानहरुले सयपत्री फुलको माला ल्याएर लाइ दिएन भने रिसाउने गर्छन । एयरपोर्टमा नेता सयपत्री फुलको मालाले पुरिएका हुन्छन् । हनुमानहरु नेतालाई मालाले पुरेर ठूलै काम गरेको अनुभूति गर्छन । प्रजातन्त्रिक व्यवस्था आइ सक्दा पनि पञ्चायतकालिन मानसिकता, शैली र व्यवहार परिवर्तन हुन सकेको छैन । सवै भन्दा पहिला चर्चा गरौ नेताको । नेता त्यस्तो हुनु पर्र्छ जसलाई प्रेमले सम्मान साथ माला लगाउन पाइयोस । नेतालाई घाटी भरी माला लगाउदा गर्भले छाती फुलोस । तर दुर्भाग्य नेताहरु काममा केही लछारपाटो लाउदैनन । जनताको पिरमार्का बुझ्दैनन् । नेताले जनातालाई भजन गाउन मात्र सिकाएका छन् । आफुलाई फुलको माला पहि–याएर जय जयका

जव सूर्य अस्त तब नेपाल मस्त

सुजन दाहाल     जव सूर्य अस्त तब नेपाल मस्त भन्ने भनाइ जाड खानेलाई हेरेर बनाइएको होला । नेपालीलाई जाड खान बहाना मात्र चाहिन्छ । सानो तिनो घटनामा पनि रक्सी साथी बन्ने गर्छ । चाहे खुसी हुँदा होस वा दःुखी हुँदा होस रक्सी खाइ हाल्छन् । कसैले केही कमायो या गुमायो भने रक्सी खाई हाल्छन् । पिउनु छ जिन्दगीमा कुनै न कुनै बहाना चाहियो भन्छन् अनि दन्काइ हाल्छन् ।  रक्सीले परिवार विगार्छ । रक्सी श्रीमान् श्रीमति विचको भिलेन हो । यसरी रक्सी खाने पुरुषका श्रीमती र छोराछोरी पिडित छन् । श्रीमतीलाई ठगेर, ढाटेर र झुक्याएर रक्सी खान्छन्् । रक्सी खाने श्रीमान्को बानीले श्रीमतीले छाडेर जाने गरेको पनि देखिन्छ । बाउले रक्सी खायो भने छोराछोरीको पढाइ विग्रन्छ र छोरा छोरीले कुबाटो समात्छन् । छोरा छोरीले रक्सी खायो भने बाउ आमाको बैचैनी हुन्छ ।  ज्वाँइले रक्सी खायो भने छोरीको बिजोक हुन्छ । कतिपय पुरुषहरु रक्सी खाएर भूइमा खुट्टा नटेकिने गरी घरमा आयो अनि श्रीमति संग झगडा ग–यो । श्रीमति र छोराछोरी कुट्यो । भोलीपल्ट विहान उठेर पश्चाताप गरो अनि बेलुकी फेरी त्यही धन्दा ग–यो । महिलाको बाध्यता छ कि जस्ता श्रीम

शक्तिशाली बलात्कारी ।

सुजन दाहाल, हिंस्रक र सवेदनहिन पुरुषको आवेग र उत्तेजनाको कारण कयौ बालिका र महिला बलत्कारीको शिकार भै रहेका छन् । हामी कस्तो समाजको परिकल्पना गरिरहेका छौ ? के हामीले बनाउन खोजेको समृद्ध समाज यस्तै हो ? यस्ता ब्वासाहरुको बढ्दो अत्मविश्वासले गर्दा आदर्श र सम्भ समाज बन्न अवरोध खडा भै रहेको छ । बलत्कार त अहिले नेपाली समाजको सामाजिक र सांस्कृतिक व्यवहार जस्तो भयो । बलात्कार पुरुष प्रधान मानसिकताको उपच हो । कोपिला जस्ता बालिका हरेक दिन बलत्कृत भै मर्नु पर्ने कस्तो विडम्वना । हरेक दिन रेडियो तथा पत्रपत्रिकामा बलत्कारका खवर सुन्ने बानी परिसक्यौ । कयौ निर्मलाहरु यहाँ हरेक दिन बलत्कृत भै रहेका छन् । पिडामा छन् । दुःखमा छन् । वेदनामा छन् । चित्कार गर्दै आफ्नो सासको आहुती दिइरहेका छन् । प्रकृतिको सुन्दर सृष्टी हो नारी । के नारी भएर संसारमा जन्म लिए पछि यसरी नै मर्नु पर्ने हो जसरी निर्मला मरिन । पक्कै होइन । स्वाभिमानका साथ बाँच्न पाउनु सवैको अधिकार हो ।   संसारभर खुल्ला समाजमा पनि बलात्कार त हुन्छन तर यति निस्कृष्ट ढंगबाट हुदैनन । निर्मला पन्तको घटनाले बलात्कारी साच्चै तगडा र शक्तिशाली हु

नमस्कार हजुर......

सुजन दाहाल करिव सत्तरी बर्षका एक पढालेखा वृद्ध व्यक्तिले आफूलाई भेट्दा नमस्कार नगरेको भनेर छिमेकीकोमा गएर उसका बुबा आमालाई असन्तुष्टि पोखे । तपाँइको छोरोले मलाई नमस्कार गरेन । नमस्कार गर्न सिकाएको छैन ? म यत्रो विद्धान सवैले गाँउभरी भेट्ने वित्तिकै नमस्कार गर्छन । यो तरिका ठिक भएन अलि संस्कार सिकाउन पर्छ नि भन्दै बाउ आमालाई समेत गाली गरे । त्यस्तै कतिपय कार्यालयहरुमा हाकिमलाई नमस्कार नगर्दा कारवाही गर्ने, सरुवा गर्ने र जागिर समेत च्याट पारिदिएका कयौ उदाहरणहरु छन् । यसबाट के बुझिन्छ भने मानिस नमस्कारको भोको हुन्छ, नमस्कारको अतृप्त प्यासमा हुन्छ । मनोबैज्ञानिक रुपमा नमस्कार मार्फत आत्मसम्मानको भिग माग्छ । वरपर कतिपय त्यस्ता मान्छेहरु हुन्छन कि मलाई नमस्कार गर्छ कि गदैन भनेर यसो धारे परेर हेर्दै नमस्कार फर्काउन हात उचाल्न तम्मतयार भएर बसेका हुन्छन् । नमस्कार गरो भने त्यो जत्तिको भला्दमी र असल त गाँउमा अरु कोही छैन भनेर महिमा गाउँछन् । नमस्कार गरेन भने त्यो काम नलाग्ने, राम्रो छैन आदी आदी भन्छन् । नमस्कारले मान्छेको सम्पूर्ण कुरा र व्यवहारको मूल्याड्ढन गर्छन् ।   मानिसका नमस्