सुजन दाहाल
मेकअप नेपाली नारीहरुको राम्रो हुने असफल प्रयास हो । एक महिला जो पढेलेखेको छिन्, जागिर पनि खान्छिन् सवै कुरामा सचेत पनि छिन् । आर्थिक रुपमा सवल छिन् । ज्ञान र विज्ञानका क्षेत्रमा जानकार पनि छिन् । विश्वब्रहण्ड नै जानेकी छिन् । त्यस्ती आधुनिक संस्कार र सभ्भतामा हुर्किएकी महिला मेकअपमा चाँही सधै सजिन्छिन् । हाम्रो समाजका शिक्षित, साक्षर वा निरक्षर सवै मेकअपमा लिप्त भएर लागेका छन् । महिलाहरु मेकअप प्रति यति धेरै गर्भ गर्छन । मेकअपलाई उनीहरुले संस्कृती, सम्भता, पहिचान र जीवन पद्धती नै मान्ने गरेका छन् । महिला बरु भात खादैनन् तर मेकअपमा पछि पर्दैनन् । जस्तो सुकै परिस्थिती होस्, चाहे राती नै किन नहोस, लोड सेडिङ कै बेला पनि मोवाइलको लाइट बालेर भए पनि महिलाले मुखमा पोतेर र दलेर हिडेकै हुन्छन । विचित्र त के छ भने दुःखमा, चोटमा, पिडा आदी जस्तो दर्दनाक अवस्थामा पनि मेकअपलाई महिलाले साथी बनाएका छन् । यो लेख नारी कै वकालत गरेर लेखिएको हो । तर समाजमा कतिपय यस्ता पात्र र प्रवृत्ति पनि देखिन्छन् जसको वकालत गरियो उसैबाट उल्टै गाली खानु पर्ने परिस्थिती पनि छ । तर आफ्ना लागि परिवर्तनको आवाज उठाउनेलाई गाली होइन सम्मान गर्नु नै बुद्धिमानी हुन्छ । सकारात्मक रुपमा लिन सके सवै चिज परिवर्तनका लागि योग्य हुन्छन् ।
मेकअप पुरुषका लागि महिलाले गर्ने एक कार्य हो । मेकअप पुरुषलाई आर्कशित गर्न महिलाले गर्ने सजावट मात्र हो । एक महिला मेकअपमा सजिए पछि पुरुष त्यसको सौन्दर्य संग आकर्षित हुन्छ, मोहित हुन्छ । मेकअप गरेकी त्यस्ती महिलालाई हेरेर पुरुष मजा लिन्छ । त्यसैले मेकअप महिला प्रतिको एक प्रकारको हिंसाको अंश हो । महिलाले मेकअप गरेर राम्री भै दिनु पर्ने अनि त्यसलाई हेरेर पुरुषले आनन्द लिनु पर्ने, यो अरु केही नभएर महिला प्रति पुरुषले हेर्ने हेयको नजर हो । महिलालाई विलासिताको बस्तुको रुपमा हेर्ने पुरुषका आँखा नै दोषी छन् । इतिहासमा पढ्न पाइन्छ महिलाई सवै भन्दा बढी खेलौनाको रुपमा राजा महाराजाहरुले प्रयोग गरे । बजारमा विक्रि गर्ने बस्तुको रुपमा महिलालाई परिभाषित गरियो । यो सव कुरामा पुरुष दोषी छ । पुरुषको आवेग र उत्तेजनाका लागि आँखाको बिष मार्न मेकअपको जन्म भएको हो भन्दा अन्यथा नहोला । मेकअप नगरी पनि त जीवन चल्छ भन्ने कुरा एक्काइसौ शताब्दीमा आएर अहिलेका सचेत र शिक्षित महिलाले बुझनु पर्छ । मेकअप नै गर्नु पर्ने बाध्यकारी व्यवस्था कही कतै देखिदैन । सामाजिक चलन र व्यवस्थाको हवाला दिएर महिला मेकअपमा रमाइरहनु महिलाको लागि हितकर छैन ।
समाजले महिलाई मेकअप उपहार दिएको होइन, त्यसलाई त महिला माथी लादेर पुरुषको वश्र्चश्व कायम गराउन खोजेको हो । महिलाले मेकअपमा मरिहत्ते गर्नुमा समाज दोषी छ तर त्यो भन्दा बढी दोषी त्यही समाजको पुरुष छ । समाजले तिमी महिला हौ तिमीले मेकअप गर्नु पर्छ भनी सिकायो । समाजले महिलाई जन्मे देखी गुलावको फूल हौ भनी फकाई फकाई नजानिदो तरिकाले हिंसाका लागि अभिप्रेरित गरिरहेको छ । इतिहासको कुनै काल खण्डमा टाठा बाठाले सुन्दरताका लागि थोपरिएको मेकअप वर्तमान समयमा अनुहारमा लगाइएको लिपिष्टिक पाउडरमा होइन महिलाको विचार र व्यवहारमा खोज्नु पर्छ । महिलाको सुन्दरता त उसको चरित्रमा हुन्छ । शालिन र कोमल महिलालाई मेकअप रुपी हिंसाको बोझ बोकाउनु हुदैन ।
महिलाको मेकअप प्रति अन्त्यन्त ठूलो लगाव छ । महिलाको मेकअपप्रति ठूलो प्रेम छ । महिला दिदी बहिनीहरु मेकअप नगरिकन घर बाहिर निक्सनै हुदैन जस्तो गर्छन । लुगाफाटो जस्तो सुकै लगाउन तर मेकअप चाही गरेकै हुन्छन् । पुरुषहरुले महिला माथी जानेर वा नजानेर यस प्रकारको व्यवहार गरिरहेको छ । मेकअप संस्कार पनि त्यसैको नमुना हो । महिलाहरू परम्परागत सामाजिक सांस्कृतिक विभेद र मूल्य, मान्यताका कारण आज पनि कमजोर छन् । पुरुषहरु त्यसको फाइदा उठाउदै आइ रहेका छन् । आजको युगमा पनि राज्य, समाज एवम् परिवारबाटै पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको पाइँदैन । त्यसैको उपज नै मेकअप प्रवृत्ति र संस्कृतीले जरो गाडेको छ ।
महिला जननी हुन् । महिला आमा हुन् । महिलाको सम्मान गर्नु सवैको कर्तब्य हो । मुखले पुरुषहरुले ठिक्क पार्ने शब्द हुन यी तर व्यवहारमा महिलालाई कुनै न कुनै रुपमा हेपिरहेकै हुन्छन । पारिवारिक जिम्मेवारी थाम्न,ु जागिर, व्यवसायलाई सन्तुलनमा राखेर अगाडि बढ्नुपर्ने तमाम वाध्यता आजका महिलासामु छ । अव महिलालाई हेर्ने दृष्टिकोण र परम्परागत सोचमा परिवर्तन ल्याउन जरुरी छ । समाजमा हेपिएको पात्र हौ भनी हिनताबोध र पुरुषहरुको साथ र समर्थन नहुदा महिलाले मेकअप प्रवृत्तिलाई त्याग्न सकेका छैनन । पितृसत्तात्मक परम्परागत सोच, जाति, धर्म, रीतिरिवाज, चालचलन, संस्कृति आदिका कारण महिलालाई हेप्ने र विभेद गर्ने कार्य जवसम्म हुन्छ तवसम्म मेकअप प्रथा चलि नै रहला ।
अहिले समाजमा महिलाको स्थिती र अवस्था धेरै नै माथी उठिसकेको छ । यो हुन अत्यावश्यक छ । महिलाहरु सम्मानित जिवन विताई रहेका छन् । धेरै महिलाहरु उच्च पदमा पुगेका छन् । पुरुषले गर्न नसकेका धेरै कठिन कामहरु म्हिलाले गरेर देखाई सकेका छन् । भन्न के खोजिएको हो भने धेरै महिला अहिले स्वाभिमान र स्वावलम्बी भई बाँचेका छन् । समयको प्रभाव संगै महिलाको दैनिकी र व्यवहारहरु परिवर्तित छन् । यतिहुदै पनि महिलाले मेकअप जस्तो गलत कार्यबाट माथी उठन सकेका छैनन् । अशिक्षित र अज्ञानी महिलालाई भन्नु केही छैन । समाजमा पढेलेखेका महिलाहरु किन परिवर्तन नभएका भन्ने लाग्छ । कम्तिमा पढेका, बुझेका र जानेका त्यसमा पनि दुई कदम अगाडी पुगेका महिलाहरु समाजको नमुना बन्नु पर्ने हो तर ति पनि प्राचिन र रुढिबादी कुरामा नै अन्धो भई लागिरहेका छन् । जवसम्म महिला सचेत र जागरुक हुदैन तवसम्म समाजमा रहेको मेकअपजन्य विकृती हटाउन सकिदैन ।
आफनो संस्कारलाई विर्सनु पर्छ भन्ने आशय होइन तर संस्कारको रुपमा रहेको विसंगति, विकृतिलाई संस्कारको रुपमा अगाडी नबढाउनु राम्रो हुन्छ । यसको अगुवाई पुरुषले गर्दैनन् महिलाले नै गर्नु पर्छ । तर त्यसमा पुरुषको साथ सहयोग अपरिहार्य हुन्छ । महिलामा परिवर्तनको खाँचो छ । महिला स्वयमले मेकअप कुसंस्कार हो भनी वकालत गरी अशिक्षित र ग्रामिण महिलाहरुलाई बुझाउनु पर्दछ । अनेक किसिमका केमिकल लगाएर राम्रो बन्ने असफल प्रयास गर्नु हुदैन । महिला राम्रो र नराम्रो त उसको व्यवहार र चरित्रले हुन्छ मेकअपले होइन । खोक्रो सुन्दरतालाई प्रदर्शन गर्नु भन्दा आनी, बानी र व्यवहारमा सुन्दर बन्नु राम्रो हो । आँखा चिम्लिएर यस्ता रुढीवादी कुराहरुलाई अगाडी बढाउनु आउदो पुस्ताका लागि पनि हितकर हुदैन ।
Comments
Post a Comment