१७, पौष, विराटनगर ।
‘ज्योतिष हाउगुजीनेस’ नामक सर्ट फिल्म यूटुवमा चर्चित बन्दै गइ रहेको छ । मोफसलमा रहेर पनि चलचित्रकोे क्षेत्रमा त्रियाशिल यूवा सुजन दाहाल र उनको समुहले एक पछि अर्को गर्दै सर्ट फिल्मको निर्माण गरिरहेका छन् । समाजमा रहेका विकृति विसंगतीलाई जस्ताको त्यस्तै चलचित्रमा उतार्ने काम गर्ने गर्छन् । समाजमा घटीरहेका घटना, मानवीय स्वभाव र चरित्रलाई सर्ट फिल्मको पर्दा मार्फत् दर्शक सामु पु–याउनु हाम्रो लक्ष्य हो भन्छन् मुभीका कलाकार सुजन दाहाल । सामाजिक परिवेश र रहनसहनमा आधारित भएर मूभी तयार गरिरहेको र यस्ता मूभीले हरेक दर्शकको मन छोइरहेको बताउने दाहाल सहितको समुहले यस अधि ‘ल्याङल्याङे देउसी‘ र ‘बेरोगारी लभ’ जस्ता रुचाइएका सर्ट फिल्म निर्माण गरी पस्किसकेका छन् । चलचित्र निर्माणको क्षेत्रमा विशेष अभिरुची र लगाव रहेका दाहाल चलचित्रकको क्षेत्रमा कार्य गर्न चुनौति धेरै रहेको थाहा पाउदा पाउदै पनि भविश्यमा केही गरौ भन्ने उदेश्यका साथ लागि रहेका छन् ।
वर्तमान समय इन्टरनेटको समय भएकाले यूटुभ मार्फत विश्वभरका दर्शकले हेर्न मन पराउने त्यसमा पनि दैनिकको व्यस्तताले गर्दा लामा पट्यारलाग्दा चलचित्र हेर्न समय नपाउने दर्शकले यस्ता सर्ट फिल्म मार्फत् छोटो समयमा भरपुर आनन्द लिन सक्ने कुरा बताउनु हुन्छ मुभीका सुजन । यस अधि केही म्युजिक भिडियोमा र विज्ञापनमा आफ्नो कला तथा मोडलिङ प्रस्तुत गरिसकेका सुजन एक आशालाग्दा मोफसलका उदयमान कलाकार हुन । सर्ट फिल्मको बढ्दो क्रेजसंगै दर्शकका लागि नया नया रोचक तथा घोचक सर्ट फिल्म भविश्यमा पस्कदै जाने कुरा बताउने सुजनले आर्थिक पक्ष दरिलो बनाउने, कलाकारहरुको टिम खडा गर्ने र सर्ट फिल्म पनि स्थापित विधा हो र यसको बजार विश्वभरी छ भन्ने कुरा बुझाउन आवश्यक रहेको बताउदछन् । ‘ज्योतिष हाउगुजीनेस’ फिल्मको कलाकारमा बर्षा न्यौपाने, सम्झना आचार्य,एलिसिया कार्की, सविन चौधरी, केशव रिजाल र रविन पोखरेल रहेका छन् ।
सर्ट फिल्म हेर्ने लिंक
Comments
Post a Comment