Skip to main content

Posts

Showing posts from March, 2019

तपाँइलाई माइग्रेन भएको छ ? अव चिन्ता लिनु पर्देन । यो विधि अपनाउनुहोस ।

१२, चैत्र, २०७५ । यो एक प्रकारको नसासम्बन्धी (न्यूरो) रोग हो, जुन शरीरको माथिको भाग अर्थात् टाउकोमा हुन्छ र जसको असर अत्यन्त कष्टकर (असह्य) टाउको दुख्ने गर्दछ । आधुनिक चिकित्सा पद्धती (एल्लोपेथी)को मतअनुसार यो एक व्यक्तिमा पाँच पटकभन्दा बढी एकदेखि तीन महिनाभित्रमा असह्य (वेदनात्मक) टाउको दुखेमा त्यसलाई माइग्रेन मान्न सकिन्छ । यसरी टाउको दुख्दाको अवधि भने ४ घण्टादेखि ३ दिन वा सोभन्दा बढी पनि हुन सक्दछ । यसरी टाउको दुख्दा एक वा बढी ठाउँमा र कहिलेकाहीँ सरेर समेत दुख्ने हुन सक्छ । बिरामीले खान मन नपराउने, खाइहाले पनि बान्ता हुने, धेरैजसो वाकवाकी लाग्ने, बेचैन रहने, बान्ता गर्दा पानी मात्र हुने सो पानी ज्यादै तीतो, टर्रो वा अमिलो हुने र ज्यादै गन्हाउने हुन्छ । बिरामीमा माथि उल्लेखित कुराहरुको मेल खान गएमा त्यसलाई स्वतः माइग्रेन मान्न सकिन्छ । माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय–समयमा दोहोरिरहन्छ । यस्तो पीडा प्राय टाउकाको एक भागमा हुन्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर दुख्छ । माइग्रेन जसलाई पनि हुन सक्छ तर माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखा पर्छ । क

पू.वि. ले कला संकायमा विद्यावारिधि कार्यक्रम संचालन गर्ने ।

०४ चैत्र, २०७५      पूर्वाञ्चल विश्वविद्यालय, कला संकायले निकट भविश्यमा एम. फिल. र विद्यावारिधि (पी.एच.डी.) कार्यक्रम संचालन गर्ने भएको छ । ‘विद्यावारिधि को क्षेत्र र संचालन प्रकृया’ बारे विराटनगरमा एक दिवसिय विज्ञ परामर्स भेला सम्पन्न भएको छ । भेलामा विराटनगरमा उपलब्ध विद्यावारिधि उपाधि हासिल गरेका सम्पूर्ण विज्ञहरु सहभागी थिए ।      उक्त एक दिने बृहत विज्ञ भेलालाई सम्बोधन गर्दै विश्वविद्यालयले चलाउन लागेको विद्यावारिधि कार्यक्रम विराटनगर र देशकै लागि गौरवको बिषय भएको उपकुलपति एवं प्रमुख अतिथि प्रा.डा. घनश्याम लाल दासले बताए । भेलामा सेवा आयोगका अध्यक्ष प्रा. बद्रीनाथ श्रेष्ठ र रजिष्ट्रार प्रमिला थापाले शुभकामना मन्तब्य राखेका थिए ।      कला संकायका डीन डा. शम्भुप्रसाद कोइराला विद्यावारिधि कार्यक्रम संचालन गर्न विभिन्न क्षेत्रका व्यक्तिसंगको छलफललाई व्यापक बनाउदै लगेका छन् । कोइरालाको नेतृत्वमा विश्वविद्यालयको कला संकायमा संचालन हुन गइरहेको एम. फिल. र विद्यावारिधि कार्यक्रम छिट्टै संचालन हुने र त्यसका लागि तयार गरिनुपर्ने नितिगत शैक्षिक र प्रशासनिक तयारी द्रुत गतिमा भइरह