०४ चैत्र, २०७५
पूर्वाञ्चल विश्वविद्यालय, कला संकायले निकट भविश्यमा एम. फिल. र विद्यावारिधि (पी.एच.डी.) कार्यक्रम संचालन गर्ने भएको छ । ‘विद्यावारिधि को क्षेत्र र संचालन प्रकृया’ बारे विराटनगरमा एक दिवसिय विज्ञ परामर्स भेला सम्पन्न भएको छ । भेलामा विराटनगरमा उपलब्ध विद्यावारिधि उपाधि हासिल गरेका सम्पूर्ण विज्ञहरु सहभागी थिए ।
उक्त एक दिने बृहत विज्ञ भेलालाई सम्बोधन गर्दै विश्वविद्यालयले चलाउन लागेको विद्यावारिधि कार्यक्रम विराटनगर र देशकै लागि गौरवको बिषय भएको उपकुलपति एवं प्रमुख अतिथि प्रा.डा. घनश्याम लाल दासले बताए । भेलामा सेवा आयोगका अध्यक्ष प्रा. बद्रीनाथ श्रेष्ठ र रजिष्ट्रार प्रमिला थापाले शुभकामना मन्तब्य राखेका थिए ।
कला संकायका डीन डा. शम्भुप्रसाद कोइराला विद्यावारिधि कार्यक्रम संचालन गर्न विभिन्न क्षेत्रका व्यक्तिसंगको छलफललाई व्यापक बनाउदै लगेका छन् । कोइरालाको नेतृत्वमा विश्वविद्यालयको कला संकायमा संचालन हुन गइरहेको एम. फिल. र विद्यावारिधि कार्यक्रम छिट्टै संचालन हुने र त्यसका लागि तयार गरिनुपर्ने नितिगत शैक्षिक र प्रशासनिक तयारी द्रुत गतिमा भइरहेको डीन कोइरालाले बताए ।
कला संकायले आयोजना गरेको भेलालाई सहभागीहरुले उत्साहजनक रुपमा लिदै सक्रियतापूर्वक सहभागी भै विद्यावारिधि कार्यक्रम संचालनका लागि आवश्यक प्राज्ञिक सुझावहरु बुँदागत रुपमा प्रस्तुत गरिएको एक टिमका टोली नेता तथा स्नातकोत्तर क्याम्पसका प्रा.डा. अनिल पोखरेलले बताए ।
Comments
Post a Comment