Skip to main content

तपाँइलाई माइग्रेन भएको छ ? अव चिन्ता लिनु पर्देन । यो विधि अपनाउनुहोस ।


१२, चैत्र, २०७५ ।

यो एक प्रकारको नसासम्बन्धी (न्यूरो) रोग हो, जुन शरीरको माथिको भाग अर्थात् टाउकोमा हुन्छ र जसको असर अत्यन्त कष्टकर (असह्य) टाउको दुख्ने गर्दछ । आधुनिक चिकित्सा पद्धती (एल्लोपेथी)को मतअनुसार यो एक व्यक्तिमा पाँच पटकभन्दा बढी एकदेखि तीन महिनाभित्रमा असह्य (वेदनात्मक) टाउको दुखेमा त्यसलाई माइग्रेन मान्न सकिन्छ । यसरी टाउको दुख्दाको अवधि भने ४ घण्टादेखि ३ दिन वा सोभन्दा बढी पनि हुन सक्दछ ।

यसरी टाउको दुख्दा एक वा बढी ठाउँमा र कहिलेकाहीँ सरेर समेत दुख्ने हुन सक्छ । बिरामीले खान मन नपराउने, खाइहाले पनि बान्ता हुने, धेरैजसो वाकवाकी लाग्ने, बेचैन रहने, बान्ता गर्दा पानी मात्र हुने सो पानी ज्यादै तीतो, टर्रो वा अमिलो हुने र ज्यादै गन्हाउने हुन्छ । बिरामीमा माथि उल्लेखित कुराहरुको मेल खान गएमा त्यसलाई स्वतः माइग्रेन मान्न सकिन्छ ।
माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय–समयमा दोहोरिरहन्छ । यस्तो पीडा प्राय टाउकाको एक भागमा हुन्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर दुख्छ । माइग्रेन जसलाई पनि हुन सक्छ तर माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखा पर्छ ।

कारण
– रुख्खा सुख्खा प्रकृतिको खाना एवम् फास्ट फुडको लत लागेमा ।
– पहिला खाएको खाना नपचिकन फेरि अर्का खाना खाएमा ।
– शरीरको पानीको मात्रा कम भएमा, पानी नपिउने व्यक्तिमा ।
– वास्तविक भोकको जानकारी हुन नसकेमा ।
– दैनिक आइसक्रिमजन्य दुध, पनीर, बिज वा अन्य सफ्ट ड्रिङ्क्सहरु धेरै पिउने गरेमा ।
– मलमूत्र, हाछ्यूँ, हाई, डकार एवम् अपान वायु रोक्ने गरेमा र लामो समयको कब्जियत भइरहेमा ।
– शरीरलाई आवश्यकताभन्दा बढी व्यायाम, कसरत वा योगासनहरु गर्ने गरेमा ।
– अति मैथुन क्रियामा संलग्न रहेमा वा शारीरिक एवम् मानसिक थकान लामो समयसम्म रहिरहने भएमा ।
– अति विश्राम वा अति श्रम दुवै अवस्थामा ।
– कम्प्युटर, ल्यापटप, मोबाइल फोन वा अन्य प्रकारका मेशिनरी इलेक्ट्रोनिक सामानहरु धेरै समयसम्म बिना विश्राम चलाउने गरेमा ।
– धेरै लामो समयसम्म रुघा नलागेमा वा धेरै लामो समयसम्म एक नाकको प्वाल बन्द भइरहेको महसुस भएमा ।
– धेरै लामो समयको तर दैनिक प्रकृतिको अवस्थामा बसको यात्रा गरिराख्नुपर्ने भएमा ।
– महिलाहरुमा विशेष गरेर लिकोरिया भएमा यो रोगको चाप बढ्ने धेरै नै सम्भावना रहन्छ ।
– मासिक चक्रको धेरै नै गडबढी भैरहेमा, लामो समयसम्म रक्तश्राव भैराख्ने भएमा ।
– ज्यादै चिन्ता लिने, शारीरिक ब्यायाम, योगासन इत्यादि केही नगर्ने व्यक्तिमा ।
– समय—समयमा काँध दुख्ने, गलेको महसुस हुने र कुनै पनि काममा आफूलाई सन्तुष्ट राख्न नसक्ने व्यक्तिहरुमा यो रोगको चाप अत्यधिक हुने गरेको पाइएको छ ।

माइग्रेनका लक्षण

    माइग्रेन लामो समयसम्म रहने रोग हो । यसको लक्षण बिरामीपिच्छे फरक–फरक हुन सक्छ ।
    टाउकाको एक भागमा मात्र दुख्छ । करिब एकतिहाइ बिरामीमा पीडा टाउकाको दुवै भागमा     समेत हुन्छ ।
    टाउकाको कहिले एकतिर त कहिले अर्का्तिर दुख्छ ।
    कहिलेकाहीं निधार र घाँटीतिर पनि दुख्ने समस्या हुन सक्छ ।
    वाकवाकी लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश आदि सहन नसक्ने, हातखुट्टा दुख्ने आदि समस्या     देखा पर्न सक्छ ।
    टाउको दुखाई बल्झिनुभन्दा अघि कसैकसैमा चिड्चिडाहट्पन देखा पर्ने, निद्रा लागेजस्तो हुने,     लगातार हाई–हाई आउने, थकाइ लागेजस्तो हुन्छ ।
    टाउको दुखाइ सकिएको करिब २४ घण्टासम्म बिरामीले थकान महसुस गर्छ भने मन्द टाउको     दुखाइ कायमै रहन्छ ।


रोकथामको तरिका

– घरपरिवार एवम् सम्पूर्ण सदस्यहरुमा पूर्णरुपमा सहयोग र प्रेमपूर्ण व्यवहार ।
– बिरामीको दैनिकी र खानपान अत्यन्त साधारण र सामान्य प्रकारको हुनुपर्दछ ।
– राति समयमा सुत्ने, बिहान सकेसम्म चाँडै उठ्ने (सुर्योदयभन्दा अगाडि) उठ्नासाथ नै पानी पिउने बानी गर्ने (जाडो याममा मन तातो, गर्मीमा चिसो) ।
– हलुका व्यायाम गर्ने बानी बसाल्ने (योगासन, प्राणायाम वा अन्य विशेषतः श्वासप्रश्वासको व्यायामलाई जोड दिने) ।
– कौसी, चौर आदि स्थानमा बिहानको स्वच्छ हावामा टहल्ने ।
– ध्यानको अभ्यास गर्ने कोसिस गर्ने, समय बढाउँदै लग्ने ।
– बासी, सडेगलेको, तारेको, भुटेको, रुख्खासुख्खा प्रकृतिको एवम् मसला धेरै भएको खाना कम गर्ने, तारेको तरकारी, मासु, माछा, तामा नखाने ।
– आफ्नो सोंचलाई सकारात्मक दिशातिर लिएर जाने, नकारात्मक नसोच्ने ।
– टाउको दुख्दा (वेदना हुँदा) शान्त बस्ने कोसिस गर्ने धेरै डाह, छट्पटी नगर्ने भित्तामा पलङ्गमा टाउको नठोक्ने वा परिवारका अन्य सदस्यहरुलाई टाउको थिच्न नलगाउने ।
– दरिलो कपडाको पट्टी जस्तो बनाएर राम्रोसँग निधार वरिपरिबाट बाँधेर राख्ने ।
– व्यस्त जीवनलाई बिस्तारै सामान्य बनाउँदै जाने ।
– दिउँसो, मध्याह्नमा नसुत्ने ।
– प्रशस्त मात्रामा पानी पिउने ।
– राम्रा, रमाइला, र रोचक पत्रपत्रिका पढ्ने बानी गर्ने ।
    माइग्रेनको कुनै निश्चित उपचार नभए पनि हामी स्वयंले केही उपाय अपनायौं भने पीडाबाट धेरै हदसम्म मुक्त रहन सक्छौं ।
    माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकाले क्याफिन पाइने कुराहरू जस्तै चिया, कफी, ब्राउन चकलेट आदि कम मात्रामा खानुपर्छ ।
    एउटै समयमा सुत्ने बानी बसाउने ।

    पुुरानो अचार, गुन्द्रुक, तामाजस्ता खानेकुरा नखाने, साथै पिरो कम खाने ।
    चिन्तालाई मनबाट हटाउने ।
    घाममा धेरै बेर नबस्ने, यदि घाममा हिंड्नुपरे छाता प्रयोग गर्ने ।
    पीडा कम गर्ने औषधी कम प्रयोग गर्ने । यस्ता औषधी बढी सेवन गर्दा टाउको दुखाइ केही कम     हुन्छ तर फेरि बल्झिन्छ ।
    पीडा बढ्ने कारण
    केश रंगाउँदा ।
    केशमा पुरानो मेथी र तेल लगाउँदा ।
    राति समयमा नसुत्दा ।
    कसै–कसैलाई च्याउ खाँदा पनि माइग्रेन बल्झिएको पाइन्छ ।
    मनमा धेरै कुरा खेलाउँदा ।

यसरी माथि उल्लिखित कुराहरुलाई मात्र हामीले लागू गर्न सक्यौं भने रोगले घना आक्रमण गर्न पाउँदैन र सामान्य बनाउँदै जान सकिन्छ ।













Comments

Popular posts from this blog

गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा । रगत नै उम्लिने गीत । सवैको जानकारीका लागि सेयर गर्नुहोला ।

०७, फाल्गुण, २०७५ । गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा आएको छ । देशमा स्वाभिमानी भै बाँच्न गाह्रो परिरहेको समयमा यो गीतले हरेक नेपालीलाई जीवन र देशप्रति कसरी स्वाभिमानको महसुस गर्ने भन्ने संदेश दिएको छ । 

चाकरीले चलेको जीवन: देशको बर्तमान अवस्था / एक पटक अवश्य पढनुहोस् ।

सुजन दाहाल नेपालमा चाकरीलाई प्रथाको रुपमा विकास गरियो । चाकरी प्रथा थिएन भने धेरै नेपालीहरु भोक भोकै मर्थे होलान् । चाकरी गर्ने मामलामा नेपालीहरु धेरै प्रसिद्ध छन् । विश्वमै चिनिएका छन् । यहाँ चाकरी नगरी कुनै उपलब्धी हासिल गर्न सकिदैन भन्ने मनोविज्ञान छ । यो पनि सत्य हो कि चाकरी गरेन भने धेरैको मुखमा माड लाग्दैन ।  त्यस्तै यहाँ चाकरी गर्ने मात्र हैन चाकरी गराउनेको पनि ठूलो संख्या छ । हिन्दु धर्ममा पनि भगवान शिवका नन्दी भृगी थिए जो शिवलाई सधै चाकरी मात्र गर्थे भने भगवान शिव चाकरी खाएर आनन्द लिन्थे भन्ने तर्क चाकरी लिप्त भएकाहरुको मुखबाट सुनिन्छ । यस्तो धार्मिक मूल्य मान्यताका साथ हुर्किएका नेपालीले चाकरी प्रथालाई मलजल गर्दै गए ।  सम्वर्दन र प्रवर्दन गर्दै गए । हुकाउदै र बढाउदै गए र त्यसैको नसामा आज झुमिरहे ।     चाकरीमा रमाउने र चाकरी नै जीवन हो भन्ने एउटा ठूलो जमात हाम्रो समाजमा रहेको छ । यहाँ धेरै व्यक्तिको जीवन पद्धती नै चाकरी गर्ने भएको छ । त्यस्ता चाकरीबाजहरुको हाली मुहाली छ । सवै समाज त्यस्तैले क्याम्चर गरिसके भन्दा पनि अतियुक्ति नहोला । चाकरी गर्नेहरु कुनै एक दिन पनि च

एउटी केटिले मलाई हेरिरहन्छे गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक

                                                      २३, पौष, बिराटनगर । गायक प्रवलदिप विश्वासको स्वरले सजिएको एउटी केटिले मलाई हेरिरहन्छे  बोलको गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक भएको छ ।   स्टार एडभर्ट प्रा.लि.को ब्यानरमा बनेको उक्त गीतको भिडियोमा संजय मेहता, कुसुम देउजा, सुजन दाहाल र अनिष दाहालकोे अभिनय रहेको छ । उक्त गीतलाई प्रतिक श्रेष्ठले निर्देशन गरेका छन् भने गितको छायांकन जय कामतले गरेका हुन् । Video Link: https://www.youtube.com/watch?v=XWQjQdJW--Q

प्रमोद खरेलको ‘स्वाभिमानी बनी हामी’ राष्ट्रिय गीतको छायांकन सम्पन्न ।

२४, षौष, २०७५, बिराटनगर । पुजा मारियाको एल्बम जिवन साथीको ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको छायांकन सम्पन्न भएको छ । गायक प्रमोद खरेलको स्वरले सु–सज्जित  गीतको भिडियोमा सुजन दाहाल, रिजन ढकाल, संजय मेहता, अनिस दाहाल, जय कामत र राधा नेपाल लगायतको मुख्य भुमिका रहेको छ ।

‘निर्मला’ को घटनामा बन्ने भो एक घण्टाको चलचित्र ।

माघ, ०६ ।  चलचित्र ‘निर्मला’ को लागि विराटनगर र पथरी शनिश्चरेमा अडिसन मार्फत् वीस कलाकार छनौट गरिएको छ । अडिसनमा सयौको संख्यामा सहभागिता रहेको थियो । निर्मला चलचित्र एक शसक्त कथा बस्तुमा आधारित भएकाले अडिसन मार्फत् शसक्त कलाकारको खोजी गर्नु परेको कला निर्देशक संजय मेहताले बताए ।  देशमा विद्यमान यौन हिंसा र बलात्कारको बिषय लाई लिएर बन्न लागेको उक्त चलचित्र एक घण्टा समयवधिकोे हुने निर्माण पक्षले जानकारी दिएको छ । यस चलचित्रमा नारी भावना, सम्बेदना र त्यसबाट उत्पन्न आवेग र परिणामलाई कलात्मक र रोचक ढंगले उठाइएको कथाका लेखक सुजन दाहालले जानकारी दिए ।   सुशान्त रिजालको प्रस्तती रहेको उक्त चलचित्रका मुख्य कार्यकारी निर्मातामा वीरेन्द्र कुमार शाह रहेका छन् । कलाकारहरुको लागि आवश्यक तालिम र वर्कशप संचालन गर्ने र आगामी माघ २२ गते बाट सुटिंगमा जाने चलचित्रका निर्देशक सन्तोष कुमार बाँस्तोला “आशिक“ ले जानकारी दिए ।  

सयपत्रीको माला, नेता र कार्यकर्ता

सुजन दाहाल राजनैतिक दलका कार्यकर्ता नेता आउदै छन् भन्ने सुने भने ज्यान नै फालेर हातमा सयपत्री फुलको माला बोकेर एयरपोर्ट दर्गुछन् । नेताको जय जयकार गर्छन । कयौ कार्यकर्ताहरु नेताको चाकरी र भजन गाउनमा रमाउने गर्छन् । नेपालमा यस्ता कार्यकर्ता उत्पादन भएका छन् जो सधै नेताको हनुमान चालिसा मात्र गाई रहन्छन् । नेता पनि कस्ता छन् भने प्लेनबाट उत्रिदा उत्रिदै माला लाउन टाउको निहुयाउदै आउछन् । आफ्ना हनुमानहरुले सयपत्री फुलको माला ल्याएर लाइ दिएन भने रिसाउने गर्छन । एयरपोर्टमा नेता सयपत्री फुलको मालाले पुरिएका हुन्छन् । हनुमानहरु नेतालाई मालाले पुरेर ठूलै काम गरेको अनुभूति गर्छन । प्रजातन्त्रिक व्यवस्था आइ सक्दा पनि पञ्चायतकालिन मानसिकता, शैली र व्यवहार परिवर्तन हुन सकेको छैन । सवै भन्दा पहिला चर्चा गरौ नेताको । नेता त्यस्तो हुनु पर्र्छ जसलाई प्रेमले सम्मान साथ माला लगाउन पाइयोस । नेतालाई घाटी भरी माला लगाउदा गर्भले छाती फुलोस । तर दुर्भाग्य नेताहरु काममा केही लछारपाटो लाउदैनन । जनताको पिरमार्का बुझ्दैनन् । नेताले जनातालाई भजन गाउन मात्र सिकाएका छन् । आफुलाई फुलको माला पहि–याएर जय जयका

म विजी छु..........

                   सुजन दाहाल                                                                                                         श्रीमतीले श्रीमानलाई मायालु स्वरमा फोन गर्छिन कता होइसिन्छ रु श्रीमान् भने कुनै केटी संग डेटिङमा हुन्छ तर भन्छ म अफिस तिर छु अहिले विजी छु ल...........। एक व्यक्ति साथीलाई फोन गर्छ ...हेल्लो........ के गर्दै हो रु साथीचाहिले फोन उठाउछ तर ..हेल्लो........ म अहिले अलि विजी छु पछि कुरा गरौला नि । ए सुन न....पहिलो व्यक्तिले भन्दा भन्दै दोस्रो व्यक्तिले... फोन काटिदिन्छ....... । यी त केही उदाहरणका लागि प्रतिनिधी पात्र मात्र हुन् । .श्रीमान् र श्रीमतिका वीचका बोलिने झुट, प्रेमी र प्रेमिका वीचमा बोलिने झुट, साथी भाई तथा घर परिवारमा बोलिने झुट, कतिसम्म भने मान्छे एक ठाउमा छ म अर्कै ठाउमा छु भन्छ, एउटा काम गर्दै हुन्छ अर्कै काम गर्दैछु भन्छ , मजाले गफाडीको उपाधी पाउने गरी गफ चुटेर बसीरहेको हुन्छ म अहिले मिटिङमा विजी छु भन्छ, तास खेलेर बसीरहेको हुन्छ म ड्इटीमा छु भन्छ । अहिलेको मोवाइल संस्कृती यस ढंगको छ । पाइलै पिच्छे ढाट्ने र झुट बोल्ने । यसरी ईष्ट, मित्र

जव सूर्य अस्त तब नेपाल मस्त

सुजन दाहाल     जव सूर्य अस्त तब नेपाल मस्त भन्ने भनाइ जाड खानेलाई हेरेर बनाइएको होला । नेपालीलाई जाड खान बहाना मात्र चाहिन्छ । सानो तिनो घटनामा पनि रक्सी साथी बन्ने गर्छ । चाहे खुसी हुँदा होस वा दःुखी हुँदा होस रक्सी खाइ हाल्छन् । कसैले केही कमायो या गुमायो भने रक्सी खाई हाल्छन् । पिउनु छ जिन्दगीमा कुनै न कुनै बहाना चाहियो भन्छन् अनि दन्काइ हाल्छन् ।  रक्सीले परिवार विगार्छ । रक्सी श्रीमान् श्रीमति विचको भिलेन हो । यसरी रक्सी खाने पुरुषका श्रीमती र छोराछोरी पिडित छन् । श्रीमतीलाई ठगेर, ढाटेर र झुक्याएर रक्सी खान्छन्् । रक्सी खाने श्रीमान्को बानीले श्रीमतीले छाडेर जाने गरेको पनि देखिन्छ । बाउले रक्सी खायो भने छोराछोरीको पढाइ विग्रन्छ र छोरा छोरीले कुबाटो समात्छन् । छोरा छोरीले रक्सी खायो भने बाउ आमाको बैचैनी हुन्छ ।  ज्वाँइले रक्सी खायो भने छोरीको बिजोक हुन्छ । कतिपय पुरुषहरु रक्सी खाएर भूइमा खुट्टा नटेकिने गरी घरमा आयो अनि श्रीमति संग झगडा ग–यो । श्रीमति र छोराछोरी कुट्यो । भोलीपल्ट विहान उठेर पश्चाताप गरो अनि बेलुकी फेरी त्यही धन्दा ग–यो । महिलाको बाध्यता छ कि जस्ता श्रीम

शक्तिशाली बलात्कारी ।

सुजन दाहाल, हिंस्रक र सवेदनहिन पुरुषको आवेग र उत्तेजनाको कारण कयौ बालिका र महिला बलत्कारीको शिकार भै रहेका छन् । हामी कस्तो समाजको परिकल्पना गरिरहेका छौ ? के हामीले बनाउन खोजेको समृद्ध समाज यस्तै हो ? यस्ता ब्वासाहरुको बढ्दो अत्मविश्वासले गर्दा आदर्श र सम्भ समाज बन्न अवरोध खडा भै रहेको छ । बलत्कार त अहिले नेपाली समाजको सामाजिक र सांस्कृतिक व्यवहार जस्तो भयो । बलात्कार पुरुष प्रधान मानसिकताको उपच हो । कोपिला जस्ता बालिका हरेक दिन बलत्कृत भै मर्नु पर्ने कस्तो विडम्वना । हरेक दिन रेडियो तथा पत्रपत्रिकामा बलत्कारका खवर सुन्ने बानी परिसक्यौ । कयौ निर्मलाहरु यहाँ हरेक दिन बलत्कृत भै रहेका छन् । पिडामा छन् । दुःखमा छन् । वेदनामा छन् । चित्कार गर्दै आफ्नो सासको आहुती दिइरहेका छन् । प्रकृतिको सुन्दर सृष्टी हो नारी । के नारी भएर संसारमा जन्म लिए पछि यसरी नै मर्नु पर्ने हो जसरी निर्मला मरिन । पक्कै होइन । स्वाभिमानका साथ बाँच्न पाउनु सवैको अधिकार हो ।   संसारभर खुल्ला समाजमा पनि बलात्कार त हुन्छन तर यति निस्कृष्ट ढंगबाट हुदैनन । निर्मला पन्तको घटनाले बलात्कारी साच्चै तगडा र शक्तिशाली हु

नमस्कार हजुर......

सुजन दाहाल करिव सत्तरी बर्षका एक पढालेखा वृद्ध व्यक्तिले आफूलाई भेट्दा नमस्कार नगरेको भनेर छिमेकीकोमा गएर उसका बुबा आमालाई असन्तुष्टि पोखे । तपाँइको छोरोले मलाई नमस्कार गरेन । नमस्कार गर्न सिकाएको छैन ? म यत्रो विद्धान सवैले गाँउभरी भेट्ने वित्तिकै नमस्कार गर्छन । यो तरिका ठिक भएन अलि संस्कार सिकाउन पर्छ नि भन्दै बाउ आमालाई समेत गाली गरे । त्यस्तै कतिपय कार्यालयहरुमा हाकिमलाई नमस्कार नगर्दा कारवाही गर्ने, सरुवा गर्ने र जागिर समेत च्याट पारिदिएका कयौ उदाहरणहरु छन् । यसबाट के बुझिन्छ भने मानिस नमस्कारको भोको हुन्छ, नमस्कारको अतृप्त प्यासमा हुन्छ । मनोबैज्ञानिक रुपमा नमस्कार मार्फत आत्मसम्मानको भिग माग्छ । वरपर कतिपय त्यस्ता मान्छेहरु हुन्छन कि मलाई नमस्कार गर्छ कि गदैन भनेर यसो धारे परेर हेर्दै नमस्कार फर्काउन हात उचाल्न तम्मतयार भएर बसेका हुन्छन् । नमस्कार गरो भने त्यो जत्तिको भला्दमी र असल त गाँउमा अरु कोही छैन भनेर महिमा गाउँछन् । नमस्कार गरेन भने त्यो काम नलाग्ने, राम्रो छैन आदी आदी भन्छन् । नमस्कारले मान्छेको सम्पूर्ण कुरा र व्यवहारको मूल्याड्ढन गर्छन् ।   मानिसका नमस्