Skip to main content

चाकरीले चलेको जीवन: देशको बर्तमान अवस्था / एक पटक अवश्य पढनुहोस् ।


सुजन दाहाल
नेपालमा चाकरीलाई प्रथाको रुपमा विकास गरियो । चाकरी प्रथा थिएन भने धेरै नेपालीहरु भोक भोकै मर्थे होलान् । चाकरी गर्ने मामलामा नेपालीहरु धेरै प्रसिद्ध छन् । विश्वमै चिनिएका छन् । यहाँ चाकरी नगरी कुनै उपलब्धी हासिल गर्न सकिदैन भन्ने मनोविज्ञान छ । यो पनि सत्य हो कि चाकरी गरेन भने धेरैको मुखमा माड लाग्दैन । 
त्यस्तै यहाँ चाकरी गर्ने मात्र हैन चाकरी गराउनेको पनि ठूलो संख्या छ । हिन्दु धर्ममा पनि भगवान शिवका नन्दी भृगी थिए जो शिवलाई सधै चाकरी मात्र गर्थे भने भगवान शिव चाकरी खाएर आनन्द लिन्थे भन्ने तर्क चाकरी लिप्त भएकाहरुको मुखबाट सुनिन्छ । यस्तो धार्मिक मूल्य मान्यताका साथ हुर्किएका नेपालीले चाकरी प्रथालाई मलजल गर्दै गए ।  सम्वर्दन र प्रवर्दन गर्दै गए । हुकाउदै र बढाउदै गए र त्यसैको नसामा आज झुमिरहे ।
    चाकरीमा रमाउने र चाकरी नै जीवन हो भन्ने एउटा ठूलो जमात हाम्रो समाजमा रहेको छ । यहाँ धेरै व्यक्तिको जीवन पद्धती नै चाकरी गर्ने भएको छ । त्यस्ता चाकरीबाजहरुको हाली मुहाली छ । सवै समाज त्यस्तैले क्याम्चर गरिसके भन्दा पनि अतियुक्ति नहोला । चाकरी गर्नेहरु कुनै एक दिन पनि चाकरी गर्न पाएन भने त्यो रात उ राम्ररी निदाउन सक्दैन । 
अहिले धेरै नेपाली चाकरी नगरी स्वाभिमानका साथ बस्न पनि सक्दैनन् । स्वाभिमानलाई पोलेर खाए र चाकरी प्रथालाई जीवन जीउने प्रमुख आधार बनाए । समाजमा चाकरीको नाममा कसैको भजन गाउने, हनुमान बन्ने संस्कारको विकास समेत भयो । यस्तो गर्नै नहुने कुकर्मले नेपाली समाजलाई कहाँ पुराउने हो कल्पना सम्म गर्न सकिदैन । यहाँ विभिन्न क्षेत्रमा भिन्न भिन्न तरिकाले चाकरी गर्ने चलन देखिन्छ । चाकरीलाई संस्कारको रुपमा पनि विकास गरियो । चाकरी कतिले जानेर र कतिले अन्जानमै पनि गरिरहेका हुन्छन् ।  जीवनको दर्शन नै चाकरी हो भन्ने भ्रममा यहाको बौद्धिक जगत पनि रहेको छ ।   
    सवैभन्दा जल्दो बल्दो चाकरी भनेको नेता र कार्यकर्ता वीचमा हुन्छ । यस्ता कार्यकर्ताहरु सामान्यतया शैक्षिक स्तर नभएका तर चाकरी गर्न सक्ने विशेष गुण सम्पन्न हुन्छन् । राजनीति गर्ने नेताका हनुमानहरु यस्ता छन् जो आफ्नो नेताले भनेको कुरा एक शब्द प्रतिप्रश्न नगरी सहर्ष शिरोधार्य गर्छन् । दिन रात तिनै नेताको वरीपरी घुम्छन् र कतापटीबाट तेल लाउनु पर्ने हो, कतापटी मालिस गर्नु पर्ने हो, कता पटि नेताको चिलाएको छ त्यसको निराकरणको बन्दोबस्त गर्छन । त्यसैको मात्र चिन्तन गर्छन् । 
अर्काको चाकरीमा अहोरात्र खटिन्छन् । नेतापनि जनताको कुनै काम चाकरी नगरी गर्दैनन् । जनताको सेवकले त महसुस गरेर जनताको समस्या र आवश्यकतालाई पहिचान गरेर आवश्यक काम गर्नु पर्ने तर नेताले आफ्ना आसे पासेलाई चाकरी प्रतियोगिता गराउछन् र जसले उत्कृष्ठ चाकरी ठहर्छ त्यसैको काम पहिला गर्छन । बाँकी हेरेका हेरै हुन्छन् । र चाकरी नगरी केही नहुने रहेछ भन्ने महसुस गर्छ र उ समेत चाकरीमा लाग्छ । 
    त्यस्तै, अर्का चाकरीबाज भनेका शिक्षित र पढेलेखेका बुद्धिजिवीहरु हुन् । जसकोे एक मात्र उदेश्य भनेको सत्ताधारीको चाकरी उत्कृष्ट ढंगबाट गर्ने र राजनैतिक नियुक्ति पढ्काउने हो । नियुक्ति लिए वा पाए पश्चात सम्वन्धित ठाँउमा गएर हप्काई दप्काई गर्ने, बरिष्ठ पल्टिने गर्छन् । कत्ति न खुल्ला प्रतियोगितामा लडेर आए जस्तो गर्छन् । दुनियालाई थाहा हुन्छ कि उ कसको चाकरी गरेर आएको, कस्को झोला बोकेर आएको । 
त्यस्ता बिक्री भएर र आत्मसम्मान बेचेर, गुलाम बनेर राजनैतिक नियुक्ति लिएर आएकाकाको अण्डरमा एउटा स्वाभिमानी पात्र कसरी आफनो दैनिक कार्य गर्न सक्छ । सक्दैन, समस्या यहीनेर छ । पढेलेखेका नागरिक समेत स्वाभिमानलाई आहुती दिएर चाकरीमा लाग्ने यो समाज विकास होला भनेर कल्पना नगरे पनि हुन्छ । चाकरी गरेर पदासिन पदाधिकारीले आफ्नो हैसियत विर्सन हुदैन । म भन्दा स्वाभिमानी र ठूलो छाति भएका अरु पनि छन् भन्ने कुरा राम्ररी बुझनु पर्दछ ।  
    उल्लेखित परिदृश्य नमुनाको रुपमा प्रस्तुत गरिरहदा अव प्रश्न उठछ कि चाकरी नगरी जिवन चल्दैन त ? पक्कै चल्छ । तर केही कठिनाई भने भोग्नु पर्ने हुन्छ । किनभने सम्पूर्ण समाजको अहिलेको हावा नै चाकरी गर्ने तर्फ बहिरहेको हुनाले चाकरी नगरी स्वतन्त्र ढंगबाट जीवन विताउछु भन्नेले त त्यसको सामना पक्कै गर्नु पर्ने हुन्छ । चाकरीले विशेष गरी प्राप्ती संग सम्वन्ध राख्दछ । 
चाकरी स्वार्थ केन्द्रीत र भविश्यको आशामा जिवन आहुति गर्ने व्यवस्था मात्र हो । चाकरीले दाल भात तरकारीको जोहो हुनेहरुलाई त भन्नु केही छैन तर सोझा साझा नेपालीको सानातिना काम गर्न पनि चाकरीको फ्रेमभित्रबाट आउन बाध्य पारिनु किमार्थ राम्रो कुरा होइन । निजामति कर्मचारी, प्रहरी प्रशासन, शिक्षक, प्रााध्यापक, डाक्टर, इन्जिनियर लगायत सम्पूर्ण पेशा व्यवसायमा संग्लन व्यक्तिले कुनै न कुनै रुपमा आफ्नो नियमित जीवनमा चाकरी गर्नु पर्ने पर्ने परिस्थिती अहिले सृजना गरिएको छ ।
    जिवन जिउने भनेको स्वतन्त्र र स्वाभिमानका साथ हो । कसैको चाकरी गर्न कोही जन्मिएको हैन । चाकरी गराउनु र गर्ने दुवै समाजका कलक पात्रहरु हुन र एक प्रकारको अपराध नै हो । जसले समाजलाई धोद्रो बनाउछ । एक इमान्दार मान्छे श्रममा विश्वास गर्छ चाकरीमा हैन । जीवन परिश्रम गरेर पसिना बगाएर मिहेनत गरेर संचालन गर्नु राम्रो भन्ने बुझेको हुन्छ । अर्का मुलाको चाकरी गर्नु भन्दा खोले खाएर शीर ठाडो पारेर हिड्नु नै उक्तम विकल्प हो ।     
राजनैतिक विकृतिको उपज नै चाकरी प्रथाले बढवा पाएको हो । देशका सवै निकायमा राजनीतिले छोपेको छ । राजनितिज्ञहरुले यस्तो परिस्थितीको सृजना गरिदिए कि कुनै पनि सानो भन्दा सानो कामका लागि उसैको ढोकामा पुगेर जिउ हजुरी गर्नु पर्दछ । 
     नेपालको राजनैतिक व्यवस्थाले गरिखान सिकाएन । राजनिती गर्नेको कुनै पेशा व्यवसाय छैन तर उनीहरुको लवाइ खवाई हेरो भने आश्चर्य लाग्छ । यहाँको राजनीतिले लुटेर र ठगेर खान मात्र सिकायो । यहाँको युवालाई श्रममा विश्वास गर्न सिकाएन । आफनो झोला र झन्डा बोकायो र आफनै चाकरी गरायो र कसरी श्रमजिवीलाई आंतकित पार्नु पर्छ त्यो सिकायो । 
अहिले देशमा चाकरीले जुन जरो गाडेको छ । यो सवै चाकरीको श्रेय रानितिज्ञ,  उच्च पदमा आसिन शासक बर्ग र पुँजिपति बर्गको नियत र व्यवहारको उपज हो । यो चाकरी प्रथा तुरुन्द बन्द गरिनु पर्छ । श्रम वा परिश्रममा आधारित जिवन पद्धतीको विकास गरिनु पर्छ । स्वतन्त्रता र स्वाभिमान मानिसको सर्बोच्चता भनेको श्रममा आधारित जीवन हो, चाकरी हैन भन्ने कुरा सवैले बुझेर सोही अनुसार आफ्नो व्यवहार बेलैमा परिवर्तन गर्न सके स्वयमको, परिवारको, समाजको र समग्र दैशको नै कल्याण हुन्छ ।  

Comments

Popular posts from this blog

गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा । रगत नै उम्लिने गीत । सवैको जानकारीका लागि सेयर गर्नुहोला ।

०७, फाल्गुण, २०७५ । गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा आएको छ । देशमा स्वाभिमानी भै बाँच्न गाह्रो परिरहेको समयमा यो गीतले हरेक नेपालीलाई जीवन र देशप्रति कसरी स्वाभिमानको महसुस गर्ने भन्ने संदेश दिएको छ । 

एउटी केटिले मलाई हेरिरहन्छे गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक

                                                      २३, पौष, बिराटनगर । गायक प्रवलदिप विश्वासको स्वरले सजिएको एउटी केटिले मलाई हेरिरहन्छे  बोलको गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक भएको छ ।   स्टार एडभर्ट प्रा.लि.को ब्यानरमा बनेको उक्त गीतको भिडियोमा संजय मेहता, कुसुम देउजा, सुजन दाहाल र अनिष दाहालकोे अभिनय रहेको छ । उक्त गीतलाई प्रतिक श्रेष्ठले निर्देशन गरेका छन् भने गितको छायांकन जय कामतले गरेका हुन् । Video Link: https://www.youtube.com/watch?v=XWQjQdJW--Q

प्रमोद खरेलको ‘स्वाभिमानी बनी हामी’ राष्ट्रिय गीतको छायांकन सम्पन्न ।

२४, षौष, २०७५, बिराटनगर । पुजा मारियाको एल्बम जिवन साथीको ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको छायांकन सम्पन्न भएको छ । गायक प्रमोद खरेलको स्वरले सु–सज्जित  गीतको भिडियोमा सुजन दाहाल, रिजन ढकाल, संजय मेहता, अनिस दाहाल, जय कामत र राधा नेपाल लगायतको मुख्य भुमिका रहेको छ ।

‘निर्मला’ को घटनामा बन्ने भो एक घण्टाको चलचित्र ।

माघ, ०६ ।  चलचित्र ‘निर्मला’ को लागि विराटनगर र पथरी शनिश्चरेमा अडिसन मार्फत् वीस कलाकार छनौट गरिएको छ । अडिसनमा सयौको संख्यामा सहभागिता रहेको थियो । निर्मला चलचित्र एक शसक्त कथा बस्तुमा आधारित भएकाले अडिसन मार्फत् शसक्त कलाकारको खोजी गर्नु परेको कला निर्देशक संजय मेहताले बताए ।  देशमा विद्यमान यौन हिंसा र बलात्कारको बिषय लाई लिएर बन्न लागेको उक्त चलचित्र एक घण्टा समयवधिकोे हुने निर्माण पक्षले जानकारी दिएको छ । यस चलचित्रमा नारी भावना, सम्बेदना र त्यसबाट उत्पन्न आवेग र परिणामलाई कलात्मक र रोचक ढंगले उठाइएको कथाका लेखक सुजन दाहालले जानकारी दिए ।   सुशान्त रिजालको प्रस्तती रहेको उक्त चलचित्रका मुख्य कार्यकारी निर्मातामा वीरेन्द्र कुमार शाह रहेका छन् । कलाकारहरुको लागि आवश्यक तालिम र वर्कशप संचालन गर्ने र आगामी माघ २२ गते बाट सुटिंगमा जाने चलचित्रका निर्देशक सन्तोष कुमार बाँस्तोला “आशिक“ ले जानकारी दिए ।  

सयपत्रीको माला, नेता र कार्यकर्ता

सुजन दाहाल राजनैतिक दलका कार्यकर्ता नेता आउदै छन् भन्ने सुने भने ज्यान नै फालेर हातमा सयपत्री फुलको माला बोकेर एयरपोर्ट दर्गुछन् । नेताको जय जयकार गर्छन । कयौ कार्यकर्ताहरु नेताको चाकरी र भजन गाउनमा रमाउने गर्छन् । नेपालमा यस्ता कार्यकर्ता उत्पादन भएका छन् जो सधै नेताको हनुमान चालिसा मात्र गाई रहन्छन् । नेता पनि कस्ता छन् भने प्लेनबाट उत्रिदा उत्रिदै माला लाउन टाउको निहुयाउदै आउछन् । आफ्ना हनुमानहरुले सयपत्री फुलको माला ल्याएर लाइ दिएन भने रिसाउने गर्छन । एयरपोर्टमा नेता सयपत्री फुलको मालाले पुरिएका हुन्छन् । हनुमानहरु नेतालाई मालाले पुरेर ठूलै काम गरेको अनुभूति गर्छन । प्रजातन्त्रिक व्यवस्था आइ सक्दा पनि पञ्चायतकालिन मानसिकता, शैली र व्यवहार परिवर्तन हुन सकेको छैन । सवै भन्दा पहिला चर्चा गरौ नेताको । नेता त्यस्तो हुनु पर्र्छ जसलाई प्रेमले सम्मान साथ माला लगाउन पाइयोस । नेतालाई घाटी भरी माला लगाउदा गर्भले छाती फुलोस । तर दुर्भाग्य नेताहरु काममा केही लछारपाटो लाउदैनन । जनताको पिरमार्का बुझ्दैनन् । नेताले जनातालाई भजन गाउन मात्र सिकाएका छन् । आफुलाई फुलको माला पहि–याएर जय जयका

म विजी छु..........

                   सुजन दाहाल                                                                                                         श्रीमतीले श्रीमानलाई मायालु स्वरमा फोन गर्छिन कता होइसिन्छ रु श्रीमान् भने कुनै केटी संग डेटिङमा हुन्छ तर भन्छ म अफिस तिर छु अहिले विजी छु ल...........। एक व्यक्ति साथीलाई फोन गर्छ ...हेल्लो........ के गर्दै हो रु साथीचाहिले फोन उठाउछ तर ..हेल्लो........ म अहिले अलि विजी छु पछि कुरा गरौला नि । ए सुन न....पहिलो व्यक्तिले भन्दा भन्दै दोस्रो व्यक्तिले... फोन काटिदिन्छ....... । यी त केही उदाहरणका लागि प्रतिनिधी पात्र मात्र हुन् । .श्रीमान् र श्रीमतिका वीचका बोलिने झुट, प्रेमी र प्रेमिका वीचमा बोलिने झुट, साथी भाई तथा घर परिवारमा बोलिने झुट, कतिसम्म भने मान्छे एक ठाउमा छ म अर्कै ठाउमा छु भन्छ, एउटा काम गर्दै हुन्छ अर्कै काम गर्दैछु भन्छ , मजाले गफाडीको उपाधी पाउने गरी गफ चुटेर बसीरहेको हुन्छ म अहिले मिटिङमा विजी छु भन्छ, तास खेलेर बसीरहेको हुन्छ म ड्इटीमा छु भन्छ । अहिलेको मोवाइल संस्कृती यस ढंगको छ । पाइलै पिच्छे ढाट्ने र झुट बोल्ने । यसरी ईष्ट, मित्र

जव सूर्य अस्त तब नेपाल मस्त

सुजन दाहाल     जव सूर्य अस्त तब नेपाल मस्त भन्ने भनाइ जाड खानेलाई हेरेर बनाइएको होला । नेपालीलाई जाड खान बहाना मात्र चाहिन्छ । सानो तिनो घटनामा पनि रक्सी साथी बन्ने गर्छ । चाहे खुसी हुँदा होस वा दःुखी हुँदा होस रक्सी खाइ हाल्छन् । कसैले केही कमायो या गुमायो भने रक्सी खाई हाल्छन् । पिउनु छ जिन्दगीमा कुनै न कुनै बहाना चाहियो भन्छन् अनि दन्काइ हाल्छन् ।  रक्सीले परिवार विगार्छ । रक्सी श्रीमान् श्रीमति विचको भिलेन हो । यसरी रक्सी खाने पुरुषका श्रीमती र छोराछोरी पिडित छन् । श्रीमतीलाई ठगेर, ढाटेर र झुक्याएर रक्सी खान्छन्् । रक्सी खाने श्रीमान्को बानीले श्रीमतीले छाडेर जाने गरेको पनि देखिन्छ । बाउले रक्सी खायो भने छोराछोरीको पढाइ विग्रन्छ र छोरा छोरीले कुबाटो समात्छन् । छोरा छोरीले रक्सी खायो भने बाउ आमाको बैचैनी हुन्छ ।  ज्वाँइले रक्सी खायो भने छोरीको बिजोक हुन्छ । कतिपय पुरुषहरु रक्सी खाएर भूइमा खुट्टा नटेकिने गरी घरमा आयो अनि श्रीमति संग झगडा ग–यो । श्रीमति र छोराछोरी कुट्यो । भोलीपल्ट विहान उठेर पश्चाताप गरो अनि बेलुकी फेरी त्यही धन्दा ग–यो । महिलाको बाध्यता छ कि जस्ता श्रीम

शक्तिशाली बलात्कारी ।

सुजन दाहाल, हिंस्रक र सवेदनहिन पुरुषको आवेग र उत्तेजनाको कारण कयौ बालिका र महिला बलत्कारीको शिकार भै रहेका छन् । हामी कस्तो समाजको परिकल्पना गरिरहेका छौ ? के हामीले बनाउन खोजेको समृद्ध समाज यस्तै हो ? यस्ता ब्वासाहरुको बढ्दो अत्मविश्वासले गर्दा आदर्श र सम्भ समाज बन्न अवरोध खडा भै रहेको छ । बलत्कार त अहिले नेपाली समाजको सामाजिक र सांस्कृतिक व्यवहार जस्तो भयो । बलात्कार पुरुष प्रधान मानसिकताको उपच हो । कोपिला जस्ता बालिका हरेक दिन बलत्कृत भै मर्नु पर्ने कस्तो विडम्वना । हरेक दिन रेडियो तथा पत्रपत्रिकामा बलत्कारका खवर सुन्ने बानी परिसक्यौ । कयौ निर्मलाहरु यहाँ हरेक दिन बलत्कृत भै रहेका छन् । पिडामा छन् । दुःखमा छन् । वेदनामा छन् । चित्कार गर्दै आफ्नो सासको आहुती दिइरहेका छन् । प्रकृतिको सुन्दर सृष्टी हो नारी । के नारी भएर संसारमा जन्म लिए पछि यसरी नै मर्नु पर्ने हो जसरी निर्मला मरिन । पक्कै होइन । स्वाभिमानका साथ बाँच्न पाउनु सवैको अधिकार हो ।   संसारभर खुल्ला समाजमा पनि बलात्कार त हुन्छन तर यति निस्कृष्ट ढंगबाट हुदैनन । निर्मला पन्तको घटनाले बलात्कारी साच्चै तगडा र शक्तिशाली हु

नमस्कार हजुर......

सुजन दाहाल करिव सत्तरी बर्षका एक पढालेखा वृद्ध व्यक्तिले आफूलाई भेट्दा नमस्कार नगरेको भनेर छिमेकीकोमा गएर उसका बुबा आमालाई असन्तुष्टि पोखे । तपाँइको छोरोले मलाई नमस्कार गरेन । नमस्कार गर्न सिकाएको छैन ? म यत्रो विद्धान सवैले गाँउभरी भेट्ने वित्तिकै नमस्कार गर्छन । यो तरिका ठिक भएन अलि संस्कार सिकाउन पर्छ नि भन्दै बाउ आमालाई समेत गाली गरे । त्यस्तै कतिपय कार्यालयहरुमा हाकिमलाई नमस्कार नगर्दा कारवाही गर्ने, सरुवा गर्ने र जागिर समेत च्याट पारिदिएका कयौ उदाहरणहरु छन् । यसबाट के बुझिन्छ भने मानिस नमस्कारको भोको हुन्छ, नमस्कारको अतृप्त प्यासमा हुन्छ । मनोबैज्ञानिक रुपमा नमस्कार मार्फत आत्मसम्मानको भिग माग्छ । वरपर कतिपय त्यस्ता मान्छेहरु हुन्छन कि मलाई नमस्कार गर्छ कि गदैन भनेर यसो धारे परेर हेर्दै नमस्कार फर्काउन हात उचाल्न तम्मतयार भएर बसेका हुन्छन् । नमस्कार गरो भने त्यो जत्तिको भला्दमी र असल त गाँउमा अरु कोही छैन भनेर महिमा गाउँछन् । नमस्कार गरेन भने त्यो काम नलाग्ने, राम्रो छैन आदी आदी भन्छन् । नमस्कारले मान्छेको सम्पूर्ण कुरा र व्यवहारको मूल्याड्ढन गर्छन् ।   मानिसका नमस्