सुजन दाहाल
०४ फाल्गुण, २०७५ ।
विराटनगर महानगरपालिका भित्रै बसोवास गर्दै आएका मुसहर समुदायको कन्तविजोग रहेको छ । महानगरपालिकाको १९ वडाको धनपुरा भन्ने ठाँउमा बस्ने कयौ घर मुसहरहरु अभाव र गरिवीको जीन्दगी विताइरहेका छन् । न गतिलो घर छ, न प्रशस्त खान छ न लाउने लुगा नै छ । छ त केवल गरिवि मात्र । बत्तिमुनी अध्यारो छ ।

देशमा ठूला ठूला परिवर्तनहरु भए तर मुसहर समुदायमा परिवर्तको कुनै छाँया सम्म परेन । मुसहरहरु दुःख नै दुःखको सागरमा डुबेका छन् । केटाकेटीको शिक्षा दिक्षा, पालनपोषण, स्वास्थ्य उपचार सवैबाट बन्चित भएको अवस्था छ । मुसहर समुदायमा सवैभन्दा बढी पिडित भनेको केटाकेटी र बृद्धबृद्धा नै हुन् ।
मुसहर समुदायको परिवेश र अवस्थाले देशलाई कुरिकुरि गरिरहेको छ । विकासका पहाड पल्टाउछु भन्ने राज्य संचालकलाई गिज्याइ रहेको छ । मुसहरका लागि ठूला सपना कतिले बाढे तर कसैले पुरा गरेनन् । रोग लागो भने उपचार गर्न नसकी मर्ने स्थिति छ । जाडोमा लुगा नभएर कठ्याङरियर मर्नु पर्ने बाध्यता छ । ठूलो पानी परेमा सवै पानी घरभित्र छिर्ने अवस्था छ । आधारभूत आवश्यकताबाट बन्चित छन् । सामाजिक आर्थिक अवस्था अत्यन्त कहालीगाग्दो छ ।
सिमान्तकृत समुदायको रूपमा चिनिएका मुसहरहरू नेपालको एक प्राचीन जाति हो । । आर्थिक, राजनैतिक र सामाजिक रूपमा पछाडि परेको यो समुदाय जातिय छुबाछुत तथा बिभेदको प्रमुख चपेटामा परेको छ । मुसहर जातिको परम्परागत जातीय पेसा माटो काट््नु र मजदुरी गर्नु नै हो । यस जातिका अधिकांश मानिसहरू भूमिहीन छन । नेपालकै आदिवासी भएर पनि विकासको प्रवाहमा आउन सकेका छैनन । सदा, सदाय, ऋषिदेव, ऋषिकुल, माझी, राउत आदि उपनामले चिनिने मुसहरहरु समाजमा तिरस्कृत जातिको रूपमा नै रहेका छन् ।
बजारमा बसेर गरिवि निवारण गर्छौ, गरिवका लागि काम गर्छौ भन्नेलाई यो समुदायको अवस्थाले झापड हानिरहेको छ । ‘चुनावका समयमा यस्तो गर्छु र उस्तो गर्छु सवैले भन्छन् तर चुनाव सकिए पछि कोही नै आउदैनन, हाम्रो जिवन जस्ताको त्यस्तै छ’ भन्छन् दीपक ऋषिदेव । मुसरहरुले खोक्रो आश्वासन बाहेक केही नपाएको एक बृद्ध बताउछन् ।
सवैभन्दा ढुगो साह्रो त्यो भन्दा नि नहुनु साह्रो भन्ने भनाइ मुसहर समुदायका लागि लागु हुन्छ । उनीहरुको भविश्यको चिन्ता र सपना केही पनि छैन । बर्तमानमा खान पाए भयो । उनीहरुको सघर्ष भनेको मात्र खानलाइ देखिन्छ ।

मुसहर गाँउमा एक पटक गएर हेर्दा मात्रै पनि आँखा रसाउने स्थिती छ । सत्ता संचालकहरुले यस्ता समाजका पिछडिएका वर्ग र समुदायको हितमा कुनै ठोस काम गरेको देखिदैन । र भविश्यमा यस्ता लोपन्मुख जातिको लागि सरकार तथा स्थानिय निकायले बिशेष योजना बनाएर कार्य नगरे उनीहरुको अस्तित्व नै समाप्त भएर नजाला भन्न सकिन्न । राज्य चलाउनेले र समृद्धिको बाटोमा लान्छु भन्नेले गफ हैन यथार्थ धरातलमा आई दिन रात नभनी काम गर्नु पर्ने देखिन्छ ।
Comments
Post a Comment