Skip to main content

Posts

Showing posts from February, 2019

गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा । रगत नै उम्लिने गीत । सवैको जानकारीका लागि सेयर गर्नुहोला ।

०७, फाल्गुण, २०७५ । गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा आएको छ । देशमा स्वाभिमानी भै बाँच्न गाह्रो परिरहेको समयमा यो गीतले हरेक नेपालीलाई जीवन र देशप्रति कसरी स्वाभिमानको महसुस गर्ने भन्ने संदेश दिएको छ । 

महानगरपालिका भित्रै बसोबास गर्ने मुसहर समुदायको कन्तबिजोग ।

 सुजन दाहाल ०४ फाल्गुण, २०७५ ।  विराटनगर महानगरपालिका भित्रै बसोवास गर्दै आएका मुसहर समुदायको कन्तविजोग रहेको छ । महानगरपालिकाको १९ वडाको धनपुरा भन्ने ठाँउमा बस्ने कयौ घर मुसहरहरु अभाव र गरिवीको जीन्दगी विताइरहेका छन् । न गतिलो घर छ, न प्रशस्त खान छ न लाउने लुगा नै छ । छ त केवल गरिवि मात्र । बत्तिमुनी अध्यारो छ ।   देशमा ठूला ठूला परिवर्तनहरु भए तर मुसहर समुदायमा परिवर्तको कुनै छाँया सम्म परेन । मुसहरहरु दुःख नै दुःखको सागरमा डुबेका छन् । केटाकेटीको शिक्षा दिक्षा, पालनपोषण, स्वास्थ्य उपचार सवैबाट बन्चित भएको अवस्था छ । मुसहर समुदायमा सवैभन्दा बढी पिडित भनेको केटाकेटी र बृद्धबृद्धा नै हुन् । मुसहर समुदायको परिवेश र अवस्थाले देशलाई कुरिकुरि गरिरहेको छ । विकासका पहाड पल्टाउछु भन्ने राज्य संचालकलाई गिज्याइ रहेको छ । मुसहरका लागि ठूला सपना कतिले बाढे तर कसैले पुरा गरेनन् । रोग लागो भने उपचार गर्न नसकी मर्ने स्थिति छ । जाडोमा लुगा नभएर कठ्याङरियर मर्नु पर्ने बाध्यता छ । ठूलो पानी परेमा सवै पानी घरभित्र छिर्ने अवस्था छ । आधारभूत आवश्यकताबाट बन्चित छन् । सामाजिक आर्

चलचित्र बुलबुल अभिनेत्री स्वस्तिमा खडका र निर्देशक विनोद पौडेल विचको एक अन्तरंग दृश्यको भिडियो बाहिरियो । सचेत भएर हेर्नुहोस् ।

फाल्गुन १, २०७५ यही फागुन तिन गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र बुलबुलको एक भिडियो बाहिरिएको छ । भिडियोमा चलचित्र छाँयाकनका क्रममा निर्देशक विनोद पौडेल र चलचित्रकी अभिनेत्री स्वस्तिमा खडकाविच एक अन्तरंग दृश्यको छाँयाकनका क्रममा के कुरामा कसरी मदभेद भएको थियो भन्ने खुलासा गरिएको छ । त्यो कस्तो खालको दृश्य थियो , अभिनेत्री र निर्देशकबिच सो दृश्यलाई खिच्ने र बुझ्ने सवालमा के कुरामा फरकमत थियो र सो कुरा कसरी समाधान गरियो भन्ने देखाईएको छ । हेर्नुस् उक्त विषयमा भएको मतभेद र वास्तविकताको दृश्य: https://www.youtube.com/watch?v=7-9 A1n54zHo&t=4s

चाकरीले चलेको जीवन: देशको बर्तमान अवस्था / एक पटक अवश्य पढनुहोस् ।

सुजन दाहाल नेपालमा चाकरीलाई प्रथाको रुपमा विकास गरियो । चाकरी प्रथा थिएन भने धेरै नेपालीहरु भोक भोकै मर्थे होलान् । चाकरी गर्ने मामलामा नेपालीहरु धेरै प्रसिद्ध छन् । विश्वमै चिनिएका छन् । यहाँ चाकरी नगरी कुनै उपलब्धी हासिल गर्न सकिदैन भन्ने मनोविज्ञान छ । यो पनि सत्य हो कि चाकरी गरेन भने धेरैको मुखमा माड लाग्दैन ।  त्यस्तै यहाँ चाकरी गर्ने मात्र हैन चाकरी गराउनेको पनि ठूलो संख्या छ । हिन्दु धर्ममा पनि भगवान शिवका नन्दी भृगी थिए जो शिवलाई सधै चाकरी मात्र गर्थे भने भगवान शिव चाकरी खाएर आनन्द लिन्थे भन्ने तर्क चाकरी लिप्त भएकाहरुको मुखबाट सुनिन्छ । यस्तो धार्मिक मूल्य मान्यताका साथ हुर्किएका नेपालीले चाकरी प्रथालाई मलजल गर्दै गए ।  सम्वर्दन र प्रवर्दन गर्दै गए । हुकाउदै र बढाउदै गए र त्यसैको नसामा आज झुमिरहे ।     चाकरीमा रमाउने र चाकरी नै जीवन हो भन्ने एउटा ठूलो जमात हाम्रो समाजमा रहेको छ । यहाँ धेरै व्यक्तिको जीवन पद्धती नै चाकरी गर्ने भएको छ । त्यस्ता चाकरीबाजहरुको हाली मुहाली छ । सवै समाज त्यस्तैले क्याम्चर गरिसके भन्दा पनि अतियुक्ति नहोला । चाकरी गर्नेहरु कुनै एक दिन पनि च