२४, षौष, २०७५, बिराटनगर ।
देशमा राष्ट्रिय भावनाको खडेरी लागेको समयमा यो राष्ट्रिय गीतले नेपालीहरुलाई स्वाभिमानी भई बाच्ने संदेश दिने कलाकार सुुजन दाहालले बताएका छन् ।
पुजा मारियाको एल्बम जिवन साथीको ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको छायांकन सम्पन्न भएको छ । गायक प्रमोद खरेलको स्वरले सु–सज्जित गीतको भिडियोमा सुजन दाहाल, रिजन ढकाल, संजय मेहता, अनिस दाहाल, जय कामत र राधा नेपाल लगायतको मुख्य भुमिका रहेको छ ।
देशमा राष्ट्रिय भावनाको खडेरी लागेको समयमा यो राष्ट्रिय गीतले नेपालीहरुलाई स्वाभिमानी भई बाच्ने संदेश दिने कलाकार सुुजन दाहालले बताएका छन् ।
स्टार एडभर्ट प्रा. लि. बिराटनगरको ब्यानरमा बनेको उक्त्त गीतको रचनाकार पुजा मारिया रहेकी छिन् । गीतको भिडियोलाई प्रतिक श्रेष्ठले निर्देशन गरेका छन् भने आर्ट डाइरेक्टरको रुपमा निरज तिम्सिना रहेका छन् । गीतको छायांकन भने जय कामतले गरेका हुन् ।
गीतको छायांकन मोरङ तथा इलामका बिभिन्न स्थानमा गरिएको छ । हाल स्टार एडभर्ट प्रा. लि. मा सम्पादन भइरहेको उक्त्त भिडियो चाडै रिलिज गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।
Comments
Post a Comment