Skip to main content

गुड मर्निङ ......

                                                                                                                                       सुजन दाहाल
गुड मर्निङ ......गुड मर्निङ.......विहान मर्निङ वाकमा आम मानिसहरु यसै भन्दै हिडेको देखिन्छ । मर्निङ वाक कार्य सहज छैन किनभने मानिसका प्यारा चिजहरुको लिस्टमा निन्द्रा पनि पर्दछ । सायद धर्तिमा निद्रा प्यारो नलाग्ने कमै मात्र मान्छे होलान । निद्रा सवैलाई प्यारो हुन्छ । त्यसमा पनि विहानी पखको अझ मिठो र प्यारो हुन्छ ।  त्यो मिठो निद्रालाई त्यागेर उठन धेरै नै गाह्रो हुन्छ ।

अल्छीका लागि मर्निङ वाक अभिषाप नै हो कतिपय मानिसहरु कयौ दिन देखी मर्निङ वाक गर्छु भन्छन् तर विहान ओछ्यान छोड्न सक्दैनन । यद्यपी आवश्यकता, बाध्यता वा रहरले नै किन नहोस मानिसले निद्रादेवीको काख छाडेर सवेरै उठ्नु पर्ने हुन्छ । कनिकुथी बल्ल बल्ल उठेर मानिस मर्निङ वाकमा जाने गर्दछ । दीर्घ जीवन जिउनका लागि  मर्निङ वाकले सहयोग गर्दछ । मर्निङ वाक सवैका लागि आवश्यक छ तर यहाँ कुनै न कुनै शारीरिक समस्या वा रोग नलागी त्यसमा पनि अहिलेका सुपरहिट रोगहरु सुगर र प्रेसर नभई मर्निङ वाक गर्ने गरेको देखिदैन ।

    अव प्रसग जोडौ मर्निङ वाकमा हुने विभिन्न क्रियाकलाप वा घटनाको । यो लेखमा मर्निङ वाक प्रवृत्तिको सामान्य चरित्र चित्रण गर्न मात्र खोजिएको हो, कसैका प्रति लक्षित नहरेको जानकारी गराउदछु । मर्निङ वाक शारिरिक, मानसिक, भावनात्मक र मनोबैज्ञानिक सवै खाले स्वस्थ्यताका लागि गरिन्छ । एकाथरी मर्निङ वाकेहरु अर्काको मस्त कुरा काट्नमा व्यस्त देखिन्छन् । हात हल्लाइ हल्लाइकन अर्कोलाई नागेझार पार्ने गरी दाया बाया मतलव नगरीकन नकारात्मक कुरा काट्दै हिड्ने गरेको देखिन्छ । लाग्छ त्यो मर्निङ वाक हो की अर्काको कुरा काट्न भेला भएको जमात हो । अर्काथरी मर्निङ वाकेहरु कि हातमा एउटा रेडियो बोक्छन कि कानमा एरफोन ठोसेर हिड्छन् तव कुनै सवारी साधन पिछाडी आइ हर्न बजायो भने सुन्ने वाला छैनन । त्यस्तो भएमा दुर्घटनाको सिकार बन्ने खतरा रहन्छ ।

    त्यस्तै मर्निङ वाकमा अनेक तौर तरिका र तान्डव देखिन्छन् । मर्निङ वाकमा कोही मजाले म्याराथुन मै भाग लिए जसरी दर्गुछन्, कोही जकिङ मात्र गर्छन, कोही त जीउ दुख्छ कि भने जसरी हिड्छन् भने कोही पाइला गनेको हो कि हिडेको छुट्याउन नसकिने गरी मर्निङ वाक गर्छन । पचास देखी साठी बर्ष जत्ति उमेर समुहका वा सो भन्दा माथीका श्रीमान् श्रीमती मर्निक बाक गर्दा संगै हिड्दैनन श्रीमान् कहा अगाडी पुगी सकको हुन्छ श्रीमती पिछाडी छोडिएको हुन्छ, अलि पर पुगेर श्रीमती हेर्दा नदेख्ने स्थिती भएको हुन्छ । विवाह गरेको आठ दश बर्ष देखी वीस, बाइस सम्मका वा मध्य उमेर समुहका जोडीहरु चाही लगभग नजिक नजिक हुदै हिडेको देखिन्छ भने भर्खर विहे गरेका वा माया जालमा बाधिइ भविश्यमा विहे हुने नहुने निश्चित नभएकाहरु हात समातेर वा अन्य स्पर्सका माध्यमबाट हिडेको देखिन्छ । ए बाबा जव घरबाट मिठो निद्रालाई तिलान्जली दिएर मर्निङ वाकमा निस्कनु नै छ भने मर्निङ वाकको मर्म र भावना अनुसारको गतिविधि गर्नु परो नि हैन र । 

मर्निङ वाकेहरुले मर्निङ वाक गर्दा ध्यान दिनु पर्ने महत्वपूर्ण कुरा हो लुगा । मर्निङ वाकमा हिड्दा लगाउने लुगाहरुको सामान्य सिद्धान्त हुन्छ जस्तैः ट्राउजर, हाफपाइन्ट, टि–सर्ट, जुक्ता आदी कतिले यस्तै मर्निङ वाकमा mिल्ने लुगा लगाएका हुन्छन् तर यहाँका आम मर्निङ वाकेहरुका लुगा नै गलत छन् कतिसम्म भने ओछ्यानमा सुत्न प्रयोग गरिएका मेक्सी लाउछन र त्यसलाई ढाक्न स्कार्फ ओडछन् । कतिपय गम्छा मात्र बेर्छन् । कतिपय महोदयाहरु त विहेमा जादा लाउने जस्तो मोति जडित सारी लगाएर हिडेको देख्न पाइन्छ । संसारमै नभएको यस्तो मर्निङ वाकको लुगा आश्चर्य लाग्दो छ । 

त्यस्तै कतिपय स्वघोषित प्रतिष्ठित हु भन्नेले पनि मर्निङ वाकमा लगाएको लुगा हेरे हुन्छ कि त ससुराल जाने जस्तो सर्ट र घुडा भन्दा तल सम्मको हिड्न नै असजिलो हुने क्वाटर लगाएको हुन्छ ।  त्यति मात्र होइन बाबा मर्निङ वाकमा जुत्ता अनिवार्य जस्तै हो तर फटफटे चप्पल धारण गरी सानका साथ मर्निङ वाक गर्छन । त्यस्तै मर्निङ वाकमा अर्को खाले पात्र पनि देख्न सकिन्छ त्यो के भने राज्यका ठूलो ओहोदामा बसेका वा समाजका प्रतिष्ठिाका पगरी गुतेकाहरुले पुरै हुल हुज्तत गरेर विहान स्कूल कलेज जानेलाई वा दैनिक काममा हिड्न बाटो प्रयोग गर्नेलाई अवरोध हुने गरी ताती लागेर बाटो डाकेर आफ्नै ससुरालीको दाइजो जस्तो गरी हिड्छन बरु त्यो हेरी त एउटा गरिवी सर्वसाधारण नै अनुसासित भै मर्निङ वाकमा संग्लन भएको देखिन्छ पाइन्छ ।

मर्निङ वाकमा हिडेका मानिसहरुका अनेक चरित्र र व्यवहार हरु देखिन्छन् । धेरैको उदेश्य त स्वस्थ्थ बन्नकै लागि हुन्छ तर कस्तो पनि देखिन्छ भने मर्निङ वाकलाई अर्काकी श्रीमतिलाई आँखा लाउने, अर्काको श्रीमान्लाई आँखा लाउने, युवा युवतीहरु मर्निङ वाकको बहानामा डेटिङ गर्ने जस्ता हर्कत पनि देखिन्छन् । मर्निङ वाकमा एक अर्कोलाई नाप्ने तौलने आदी धन्दा समेत गरेको देखिन्छ । जुन आवश्यक छैन । मर्निङ वाक एक विशिष्ट कुरा हो । नियमित मर्निङ वाकले मान्छेलाई सवै प्रकारको स्वस्थ्यता कायम गर्न सहयोग गर्दछ । रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो । तर अल्छीका हकमा मर्निङ वाक एक दुश्मनका रहन्छ । विश्व स्वास्थ्य संगठनले असल स्वास्थ्यलाई पूर्ण शारीरिक, मानसिक र सामाजिक स्वस्थ्यताको अवस्था हो भनी परिभाषित गरेको छ । यसरी राम्रो स्वास्थ्यको लागि मर्निङ वाक गर्नु आवश्यक पनि छ । मर्निङ वाकमा अनावश्यक बिषयमा ध्यान केन्द्रीयत नगर्नु बुद्धिमानी हुन्छ ।        

    वर्तमान समयमा विज्ञान प्रविधिको यान्त्रिक विकासले मानिसको शारीरिक श्रम र क्रियाकलापमा कमी आई रहेको छ जसले गर्दा मर्निङ वाकको सान्र्दभिकता अझ बढदै गएको छ तर मर्निङ वाक गर्नका लागि यहाँ कुनै विशेष स्थान छुट्याइएको छैन । वास्तवमा सरकारले मर्निङ वाकका लागि वातावरणिय हिसावले सुरक्षित स्थान छुट्याई स्थान बनाउनु पर्दछ । जसले गर्दा मानिसलाई बाटोमा हिड्न नपरोस । बाटोमा मर्निङ वाक गर्दा कतिपय मानिसहरुको ज्यानै गएको पनि छ । साधुरा सडकमा हिड्न पनि असजिलो हुने गरेको छ । मर्निङ वाक कर्ताले मर्निङ वाकको मर्म र भावना अनुसार मर्निङ वाकमा लगाउनु पर्ने लुगाफाटो देखि लिएर के गर्दा मर्निङ वाक राम्रो र फलदायी हुन्छ । त्यसका लागि विचार गरी तालिम वा शिक्षा प्रदान गर्नु पर्ने हुन्छ । त्यसैले नियमित मर्निङ वाकका लागि पूर्वाधार विकास, वातावरणिय र सामाजिक स्वच्छता अत्यावश्यक छन् । मर्निङ वाक शरीरका लागि हो देखाउन होइन भन्ने बुझ्न पनि जरुरी छ भने मर्निङ वाक जिन्दगी जिउने राम्रो आधार बन्नु पर्दछ फेसन हैन । 

Comments

Popular posts from this blog

गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा । रगत नै उम्लिने गीत । सवैको जानकारीका लागि सेयर गर्नुहोला ।

०७, फाल्गुण, २०७५ । गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा आएको छ । देशमा स्वाभिमानी भै बाँच्न गाह्रो परिरहेको समयमा यो गीतले हरेक नेपालीलाई जीवन र देशप्रति कसरी स्वाभिमानको महसुस गर्ने भन्ने संदेश दिएको छ । 

चाकरीले चलेको जीवन: देशको बर्तमान अवस्था / एक पटक अवश्य पढनुहोस् ।

सुजन दाहाल नेपालमा चाकरीलाई प्रथाको रुपमा विकास गरियो । चाकरी प्रथा थिएन भने धेरै नेपालीहरु भोक भोकै मर्थे होलान् । चाकरी गर्ने मामलामा नेपालीहरु धेरै प्रसिद्ध छन् । विश्वमै चिनिएका छन् । यहाँ चाकरी नगरी कुनै उपलब्धी हासिल गर्न सकिदैन भन्ने मनोविज्ञान छ । यो पनि सत्य हो कि चाकरी गरेन भने धेरैको मुखमा माड लाग्दैन ।  त्यस्तै यहाँ चाकरी गर्ने मात्र हैन चाकरी गराउनेको पनि ठूलो संख्या छ । हिन्दु धर्ममा पनि भगवान शिवका नन्दी भृगी थिए जो शिवलाई सधै चाकरी मात्र गर्थे भने भगवान शिव चाकरी खाएर आनन्द लिन्थे भन्ने तर्क चाकरी लिप्त भएकाहरुको मुखबाट सुनिन्छ । यस्तो धार्मिक मूल्य मान्यताका साथ हुर्किएका नेपालीले चाकरी प्रथालाई मलजल गर्दै गए ।  सम्वर्दन र प्रवर्दन गर्दै गए । हुकाउदै र बढाउदै गए र त्यसैको नसामा आज झुमिरहे ।     चाकरीमा रमाउने र चाकरी नै जीवन हो भन्ने एउटा ठूलो जमात हाम्रो समाजमा रहेको छ । यहाँ धेरै व्यक्तिको जीवन पद्धती नै चाकरी गर्ने भएको छ । त्यस्ता चाकरीबाजहरुको हाली मुहाली छ । सवै समाज त्यस्तैले क्याम्चर गरिसके भन्दा पनि अतियुक्ति नहोला । चाकरी गर्नेहरु कुनै एक दिन पनि च

एउटी केटिले मलाई हेरिरहन्छे गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक

                                                      २३, पौष, बिराटनगर । गायक प्रवलदिप विश्वासको स्वरले सजिएको एउटी केटिले मलाई हेरिरहन्छे  बोलको गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक भएको छ ।   स्टार एडभर्ट प्रा.लि.को ब्यानरमा बनेको उक्त गीतको भिडियोमा संजय मेहता, कुसुम देउजा, सुजन दाहाल र अनिष दाहालकोे अभिनय रहेको छ । उक्त गीतलाई प्रतिक श्रेष्ठले निर्देशन गरेका छन् भने गितको छायांकन जय कामतले गरेका हुन् । Video Link: https://www.youtube.com/watch?v=XWQjQdJW--Q

प्रमोद खरेलको ‘स्वाभिमानी बनी हामी’ राष्ट्रिय गीतको छायांकन सम्पन्न ।

२४, षौष, २०७५, बिराटनगर । पुजा मारियाको एल्बम जिवन साथीको ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको छायांकन सम्पन्न भएको छ । गायक प्रमोद खरेलको स्वरले सु–सज्जित  गीतको भिडियोमा सुजन दाहाल, रिजन ढकाल, संजय मेहता, अनिस दाहाल, जय कामत र राधा नेपाल लगायतको मुख्य भुमिका रहेको छ ।

‘निर्मला’ को घटनामा बन्ने भो एक घण्टाको चलचित्र ।

माघ, ०६ ।  चलचित्र ‘निर्मला’ को लागि विराटनगर र पथरी शनिश्चरेमा अडिसन मार्फत् वीस कलाकार छनौट गरिएको छ । अडिसनमा सयौको संख्यामा सहभागिता रहेको थियो । निर्मला चलचित्र एक शसक्त कथा बस्तुमा आधारित भएकाले अडिसन मार्फत् शसक्त कलाकारको खोजी गर्नु परेको कला निर्देशक संजय मेहताले बताए ।  देशमा विद्यमान यौन हिंसा र बलात्कारको बिषय लाई लिएर बन्न लागेको उक्त चलचित्र एक घण्टा समयवधिकोे हुने निर्माण पक्षले जानकारी दिएको छ । यस चलचित्रमा नारी भावना, सम्बेदना र त्यसबाट उत्पन्न आवेग र परिणामलाई कलात्मक र रोचक ढंगले उठाइएको कथाका लेखक सुजन दाहालले जानकारी दिए ।   सुशान्त रिजालको प्रस्तती रहेको उक्त चलचित्रका मुख्य कार्यकारी निर्मातामा वीरेन्द्र कुमार शाह रहेका छन् । कलाकारहरुको लागि आवश्यक तालिम र वर्कशप संचालन गर्ने र आगामी माघ २२ गते बाट सुटिंगमा जाने चलचित्रका निर्देशक सन्तोष कुमार बाँस्तोला “आशिक“ ले जानकारी दिए ।  

सयपत्रीको माला, नेता र कार्यकर्ता

सुजन दाहाल राजनैतिक दलका कार्यकर्ता नेता आउदै छन् भन्ने सुने भने ज्यान नै फालेर हातमा सयपत्री फुलको माला बोकेर एयरपोर्ट दर्गुछन् । नेताको जय जयकार गर्छन । कयौ कार्यकर्ताहरु नेताको चाकरी र भजन गाउनमा रमाउने गर्छन् । नेपालमा यस्ता कार्यकर्ता उत्पादन भएका छन् जो सधै नेताको हनुमान चालिसा मात्र गाई रहन्छन् । नेता पनि कस्ता छन् भने प्लेनबाट उत्रिदा उत्रिदै माला लाउन टाउको निहुयाउदै आउछन् । आफ्ना हनुमानहरुले सयपत्री फुलको माला ल्याएर लाइ दिएन भने रिसाउने गर्छन । एयरपोर्टमा नेता सयपत्री फुलको मालाले पुरिएका हुन्छन् । हनुमानहरु नेतालाई मालाले पुरेर ठूलै काम गरेको अनुभूति गर्छन । प्रजातन्त्रिक व्यवस्था आइ सक्दा पनि पञ्चायतकालिन मानसिकता, शैली र व्यवहार परिवर्तन हुन सकेको छैन । सवै भन्दा पहिला चर्चा गरौ नेताको । नेता त्यस्तो हुनु पर्र्छ जसलाई प्रेमले सम्मान साथ माला लगाउन पाइयोस । नेतालाई घाटी भरी माला लगाउदा गर्भले छाती फुलोस । तर दुर्भाग्य नेताहरु काममा केही लछारपाटो लाउदैनन । जनताको पिरमार्का बुझ्दैनन् । नेताले जनातालाई भजन गाउन मात्र सिकाएका छन् । आफुलाई फुलको माला पहि–याएर जय जयका

म विजी छु..........

                   सुजन दाहाल                                                                                                         श्रीमतीले श्रीमानलाई मायालु स्वरमा फोन गर्छिन कता होइसिन्छ रु श्रीमान् भने कुनै केटी संग डेटिङमा हुन्छ तर भन्छ म अफिस तिर छु अहिले विजी छु ल...........। एक व्यक्ति साथीलाई फोन गर्छ ...हेल्लो........ के गर्दै हो रु साथीचाहिले फोन उठाउछ तर ..हेल्लो........ म अहिले अलि विजी छु पछि कुरा गरौला नि । ए सुन न....पहिलो व्यक्तिले भन्दा भन्दै दोस्रो व्यक्तिले... फोन काटिदिन्छ....... । यी त केही उदाहरणका लागि प्रतिनिधी पात्र मात्र हुन् । .श्रीमान् र श्रीमतिका वीचका बोलिने झुट, प्रेमी र प्रेमिका वीचमा बोलिने झुट, साथी भाई तथा घर परिवारमा बोलिने झुट, कतिसम्म भने मान्छे एक ठाउमा छ म अर्कै ठाउमा छु भन्छ, एउटा काम गर्दै हुन्छ अर्कै काम गर्दैछु भन्छ , मजाले गफाडीको उपाधी पाउने गरी गफ चुटेर बसीरहेको हुन्छ म अहिले मिटिङमा विजी छु भन्छ, तास खेलेर बसीरहेको हुन्छ म ड्इटीमा छु भन्छ । अहिलेको मोवाइल संस्कृती यस ढंगको छ । पाइलै पिच्छे ढाट्ने र झुट बोल्ने । यसरी ईष्ट, मित्र

जव सूर्य अस्त तब नेपाल मस्त

सुजन दाहाल     जव सूर्य अस्त तब नेपाल मस्त भन्ने भनाइ जाड खानेलाई हेरेर बनाइएको होला । नेपालीलाई जाड खान बहाना मात्र चाहिन्छ । सानो तिनो घटनामा पनि रक्सी साथी बन्ने गर्छ । चाहे खुसी हुँदा होस वा दःुखी हुँदा होस रक्सी खाइ हाल्छन् । कसैले केही कमायो या गुमायो भने रक्सी खाई हाल्छन् । पिउनु छ जिन्दगीमा कुनै न कुनै बहाना चाहियो भन्छन् अनि दन्काइ हाल्छन् ।  रक्सीले परिवार विगार्छ । रक्सी श्रीमान् श्रीमति विचको भिलेन हो । यसरी रक्सी खाने पुरुषका श्रीमती र छोराछोरी पिडित छन् । श्रीमतीलाई ठगेर, ढाटेर र झुक्याएर रक्सी खान्छन्् । रक्सी खाने श्रीमान्को बानीले श्रीमतीले छाडेर जाने गरेको पनि देखिन्छ । बाउले रक्सी खायो भने छोराछोरीको पढाइ विग्रन्छ र छोरा छोरीले कुबाटो समात्छन् । छोरा छोरीले रक्सी खायो भने बाउ आमाको बैचैनी हुन्छ ।  ज्वाँइले रक्सी खायो भने छोरीको बिजोक हुन्छ । कतिपय पुरुषहरु रक्सी खाएर भूइमा खुट्टा नटेकिने गरी घरमा आयो अनि श्रीमति संग झगडा ग–यो । श्रीमति र छोराछोरी कुट्यो । भोलीपल्ट विहान उठेर पश्चाताप गरो अनि बेलुकी फेरी त्यही धन्दा ग–यो । महिलाको बाध्यता छ कि जस्ता श्रीम

शक्तिशाली बलात्कारी ।

सुजन दाहाल, हिंस्रक र सवेदनहिन पुरुषको आवेग र उत्तेजनाको कारण कयौ बालिका र महिला बलत्कारीको शिकार भै रहेका छन् । हामी कस्तो समाजको परिकल्पना गरिरहेका छौ ? के हामीले बनाउन खोजेको समृद्ध समाज यस्तै हो ? यस्ता ब्वासाहरुको बढ्दो अत्मविश्वासले गर्दा आदर्श र सम्भ समाज बन्न अवरोध खडा भै रहेको छ । बलत्कार त अहिले नेपाली समाजको सामाजिक र सांस्कृतिक व्यवहार जस्तो भयो । बलात्कार पुरुष प्रधान मानसिकताको उपच हो । कोपिला जस्ता बालिका हरेक दिन बलत्कृत भै मर्नु पर्ने कस्तो विडम्वना । हरेक दिन रेडियो तथा पत्रपत्रिकामा बलत्कारका खवर सुन्ने बानी परिसक्यौ । कयौ निर्मलाहरु यहाँ हरेक दिन बलत्कृत भै रहेका छन् । पिडामा छन् । दुःखमा छन् । वेदनामा छन् । चित्कार गर्दै आफ्नो सासको आहुती दिइरहेका छन् । प्रकृतिको सुन्दर सृष्टी हो नारी । के नारी भएर संसारमा जन्म लिए पछि यसरी नै मर्नु पर्ने हो जसरी निर्मला मरिन । पक्कै होइन । स्वाभिमानका साथ बाँच्न पाउनु सवैको अधिकार हो ।   संसारभर खुल्ला समाजमा पनि बलात्कार त हुन्छन तर यति निस्कृष्ट ढंगबाट हुदैनन । निर्मला पन्तको घटनाले बलात्कारी साच्चै तगडा र शक्तिशाली हु

नमस्कार हजुर......

सुजन दाहाल करिव सत्तरी बर्षका एक पढालेखा वृद्ध व्यक्तिले आफूलाई भेट्दा नमस्कार नगरेको भनेर छिमेकीकोमा गएर उसका बुबा आमालाई असन्तुष्टि पोखे । तपाँइको छोरोले मलाई नमस्कार गरेन । नमस्कार गर्न सिकाएको छैन ? म यत्रो विद्धान सवैले गाँउभरी भेट्ने वित्तिकै नमस्कार गर्छन । यो तरिका ठिक भएन अलि संस्कार सिकाउन पर्छ नि भन्दै बाउ आमालाई समेत गाली गरे । त्यस्तै कतिपय कार्यालयहरुमा हाकिमलाई नमस्कार नगर्दा कारवाही गर्ने, सरुवा गर्ने र जागिर समेत च्याट पारिदिएका कयौ उदाहरणहरु छन् । यसबाट के बुझिन्छ भने मानिस नमस्कारको भोको हुन्छ, नमस्कारको अतृप्त प्यासमा हुन्छ । मनोबैज्ञानिक रुपमा नमस्कार मार्फत आत्मसम्मानको भिग माग्छ । वरपर कतिपय त्यस्ता मान्छेहरु हुन्छन कि मलाई नमस्कार गर्छ कि गदैन भनेर यसो धारे परेर हेर्दै नमस्कार फर्काउन हात उचाल्न तम्मतयार भएर बसेका हुन्छन् । नमस्कार गरो भने त्यो जत्तिको भला्दमी र असल त गाँउमा अरु कोही छैन भनेर महिमा गाउँछन् । नमस्कार गरेन भने त्यो काम नलाग्ने, राम्रो छैन आदी आदी भन्छन् । नमस्कारले मान्छेको सम्पूर्ण कुरा र व्यवहारको मूल्याड्ढन गर्छन् ।   मानिसका नमस्