Skip to main content

सुट टाई धारी भिखारीः माग्ने पनि कस्ता कस्ता


सुजन दाहाल
    नेपालमा भिखारी दुई प्रकारका देखिन्छन् । एकः गरिव भएर खाने, लाउने, बस्ने प्रवन्ध नभएकाहरु घर घर माग्दै हिड्ने भिखारी । दुईः सुट टाई लाउने, महलमा बस्ने, महङा महङा गाडी चढने भिखारी । यहाँ चर्चा गर्न खोजिएको दोस्रो भिखारीको हो । झट्ट सुन्दा अचम्म लान्न सक्छ । सुट टाई लगाएर पनि भिखारी कसरी भए । हो कसै संग भिख माग्न पनि एउटा भाडो चाहिन्छ । गरिव भिखारीको भिख माग्ने साच्चिकै हलुङो वा स्टिलको भाडो हुन्छ भने । सम्भ्रान्त टाई सुट धारी भिखारीहरुकोे भाडो भनेको राजनैतिक दल वा अन्य केही हुन्छ । राजनैतिक दल वा अन्य केहीलाई बहाना बनाएर अनेकौ उद्योगी व्यापारी देखि लिएर पैसा हुने संग र नहुने संग पनि थर्काएर भए पनि भिख माग्ने गरेको देखिन्छ । यस्ता संम्भ्रान्त भिखारीहरुको एक मात्र लक्ष्य लाखौ भिख माग्ने मोज मस्ती गर्ने हुन्छ । सायद सुट टाई लगाएर भिख माग्ने भिखारी नेपालमा मात्र होलान् । विदेशीहरु पनि भिखारीको गेटअप देखेर आश्चर्य चकित हुन्छन् होला । भिख दिने चाही कट्टु लाएर हिडछ । भिख माग्ने चाँही सुट टाईमा सजिन्छ ।      
    सुट टाई धारी भिखारीहरु भिख मागेर नै आम श्रमजिवी वर्ग भन्दा उपल्लो जीवनस्तर विताउछन् । महङा महङा लुगा लाउछन् । स्टार होटेलमा ज्यूनार गर्छन् । हाछ्यू आयो भने उपचारका लागि जहाज चढेर विदेशका महङा हस्पिटल तिर धाउछन् । आसे, पासे नन्दी भृगी सवैलाई भिख मागेको पैसाले पाल्ने गर्छन । यी टाई सुट धारी दोग्ला, स्वाभिमानहिन राष्ट्रघाति भिखारीहरुको जीवनस्तर परिवर्तन भएको देख्दा आम मानिस अचम्ममा परेका छन् । हिजो चप्पल लाएर हिडने आज प्राडो चडछ । काम केही गर्दैन । जागिर छैन । व्यापार छैन । तर भिग माग्ने कुरालाई नै व्यवसाय बनाएर आलिसान जीवन विताई रहेको देखिन्छ । 
    सरकारले काठमाण्डौमा भिख माग्न नपाउने नीति ल्याएको छ । यो नीति कार्यान्वयन भए राम्रो हो तर उदेक चाँही के छ भने नेपाल सरकार विदेशी प्रभु संग भिख मागेर नै चलिरहेको छ । सरकारको तौर तरिका र रवैया र नीति हेर्दा थोत्रो मोत्रो भएर भिख माग्न नहुने भन्ने बुझिन्छ । के भिख माग्नका लागि खैरोै सुट टाइमा नै सजिनु पर्ने हो ? त्यस्तो भेषमा विदेशी सामु लम्पसार परेर भिख माग्नु पर्ने हो ? होइन भने गरिव गुरुवाले आफ्नो जीवन धान्न भिखारी बन्न नहुने तर सरकारले विहान देखी राती सम्म हात पसारेर भिख नै मात्र मागि रहनु पर्ने । यदी सरकारले आफ्ना नागरिकलाई भिखारी बन्नबाट रोक्छ भने स्वयम सरकारले पनि भिखारीको विल्ला फाल्नु पर्छ कि पर्दैन ? सरकारले जनताका नाममा भिख माग्ने र मोजमस्ती गर्ने त्यो ऋणको भागिदार नेपाली जनता बन्नु पर्ने कस्तो विडम्वना हो ? त्यसैको परिणाम स्वरुप नै अहिले हरेक नेपालीको थाप्लोमा करीव बत्तिस हजार ऋणको भारी छ । यसको जिम्मेवारी कस्ले लिन्छ ? सरकारको भनाई र गराई मिलेन । पहिला आफु भिख माग्न छाड्नु पर्छ त्यसपछि गरिव भिखारीलाई भिख माग्नबाट रोक्नु राम्रो हुन्छ । 
    यहाँ गरिब भिखारी त कति नै नहोलान् र ? त्यसको धेरै गुणा बढी खैरा कोटधारी भिखारीहरु छन् । सत्ताको आडमा भिख माग्ने यस्ता आधुनिक भिखारीहरुले गरिव जनतालाई चुसेर खोक्रो पारिसकेका छन् ।  अव त विद्यालय र विश्वविद्यालयले पनि भिख कसरी माग्ने भनेर पाठ्यक्रम बनाई पढाउनु पर्ने बेला आए जस्तो छ । त्यसरी शिक्षा दिए यहाँका आधुनिक भिखारीहरुले मागेर नै दक्षिण एसिया किन्ने थिए होलान् जस्तो लागि सकेको छ । भिख मागेर नै मुलुक र आफुलाई चलाउने जुन प्रवृत्ति छ त्यसलाई तुरुन्त बन्द गरिनु पर्छ । भिख मागेर राष्ट्र चलाउछु भनेर कसैले सोचेको छ भने त्यो राजनेता होइन त्यो त भिखारीहरुको अध्यक्ष मात्र बन्न योग्य व्यक्ति हो । 
    सामान्यतया भिखारी भन्नाले जीवन धान्न र बाँच्नको लागि कुनै उपाय नभए पछि हात पसारेर घरघर गएर केही अन्नपात र पैसा माग्ने मान्छेलाई बुझिन्छ । भिखारीको कुनै पहिचान हुदैन ।  तर यहाँ त पहिचान प्राप्त भिखारीहरु छन् । राज्यको लोगो देखाएर भिख माग्नेहरु छन् । बहाना बनाई बनाई पैसा माग्ने, लुटने र भूटने भिखारीहरु पनि छन् । अव यस्तो अवस्थालाई हेर्दा भिखारीको परिभाषा नै परिवर्तन गर्नु पर्ने हुन सक्छ । सामान्यतया अहिले देशको स्थितीलाई हेर्दा भिखारीको नयाँ परिभाषा स्थापित भएको छ । राणा शासन, पञ्चायत हुदै गणतन्त्र सम्म देश आइपुग्दा भिखारीहरुले भिख माग्ने राशी र रकममा पनि बृद्धि भएको छ । त्यसमा पनि सुट टाई धारी भिखारी सानो तिनो रकम लिन नै मान्दैनन । सम्भ्रान्त र आधुनिक भिखारीहरुको भिख माग्ने तौर तरिका फेरिएको छ ।
    सरकारले बाटो घाटोमा हिड्ने भिखारीलाई पक्रने, थुन्ने जस्ता कार्य गर्नु हुदैन । किनभने उनीहरु समाजका खासै समस्या होइनन् । समस्या त यहाका आधुनिक भिखारीहरु हुन् । जो सुट र टाईमा सजिन्छन् अनि जनतालाई विभिन्न बहानामा लुट्छन् । त्यस्ता उच्च कोटीका भिखारीहरुबाट जनता पाइलै पिच्छे ढगिएको छ । गरिव जनताको बाँच्ने आधार समाप्त भएको छ । त्यसैले माग्ने कार्यलाई रोक्नु पर्छ । मागेर खानु भनेको स्वाभिमानमा ठेस पु–याउनु हो । माग्नु कुनै पनि हालतमा राम्रो काम होइन । कोहीसंग केही मागेर खाइन्छ भने त्यसको बदलामा दिनेले केही न केही स्वार्थ पुर्ति गर्ने तर्फ दिमाख लगाउदछ । माग्ने भिखारी र दिने दाता दुवै राष्ट्र विकासका बाधक हुन् ।
    तपाई खैरो, निलो हरियो जस्तो कोट लगाउनु होस । त्यो कोटको इज्जत राख्नुहोस् । खैरो कोट लाउने अनि त्यसको दुरुपयोग गरेर देश र जनताप्रति बदनियत राख्ने, सके जती माग्दै जाने र अन्तमा देशै सवै बेच्दा पनि तिर्न नसक्ने ऋणको भारी जनतालाई बोकाउने जुन अवस्था र प्रवृत्ति यो देशमा छ त्यो तुरुन्त बन्द गरिनु पर्छ । सम्भ्रान्त भिखारीहरुलाई कानूनको दायरामा ल्याई कारवाही गर्नु पर्छ । एउटा जन्मिने वित्तिकैको बच्चाको थाप्लोमा लागेको ऋणको जिम्मेवारी कसले लिन्छ ?  
लेखक सुजन दाहाल

    के नेपालमा जन्मनु हाम्रो लागि अभिषाप हो ? के नेपाल सधै भिख मागेर नै चल्ने चलाउने हो ? यस्ता अनेकौ प्रश्न आजका युवाको मनमा मढारिएका छन् । देशमा तमाम स्रोत र सान प्रकृतिले उपहारका रुपमा दिएको छ । त्यसलाई व्यवस्थापन मात्र गरे विदेशी संग भिख माग्नै पर्दैन । काम गर्नु पर्छ । गफ गरेर देश बन्दैन । काम गरियो गराइयो भने भिख पनि माग्नु पर्दैन । त्यसैले राज्यले भिख माग्न के के हर्कत गर्नु पर्छ भनेर नागरिकलाई सिकाउने होइन । नागरिकलाई त गरिखान सिकाउने हो । स्वाभिमानी बन्न सिकाउने हो । आत्मसम्मान सिकाउने हो । श्रमजिवी बन्न सिकाउने हो । परनिर्भरता त्यागेर आत्मनिर्भर हुन सिकाउने हो । तर खोई त सरकारले के सिकाएको छ ? अहिले सम्म कयौ सरकार आए भिख माग्ने बाध्यताको अन्त गर्न सकेन । पासपोर्ट बनाउन सिकाएर हुदैन ।  श्रम, उन्नती र पसिनामा गर्भ गर्न सिकाउनु पर्छ । इतिहासमा पुर्खाले लडेर जोगाएको यो देश भिख माग्ने देश होइन भनी संसारभर चिनाउने तर्फ पहल गर्नु पर्छ । 

Comments

Popular posts from this blog

गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा । रगत नै उम्लिने गीत । सवैको जानकारीका लागि सेयर गर्नुहोला ।

०७, फाल्गुण, २०७५ । गायक पशुपति शर्माको ‘लुटन सके लुट’ भन्दा दमदार अर्को गीत बजारमा आएको छ । देशमा स्वाभिमानी भै बाँच्न गाह्रो परिरहेको समयमा यो गीतले हरेक नेपालीलाई जीवन र देशप्रति कसरी स्वाभिमानको महसुस गर्ने भन्ने संदेश दिएको छ । 

चाकरीले चलेको जीवन: देशको बर्तमान अवस्था / एक पटक अवश्य पढनुहोस् ।

सुजन दाहाल नेपालमा चाकरीलाई प्रथाको रुपमा विकास गरियो । चाकरी प्रथा थिएन भने धेरै नेपालीहरु भोक भोकै मर्थे होलान् । चाकरी गर्ने मामलामा नेपालीहरु धेरै प्रसिद्ध छन् । विश्वमै चिनिएका छन् । यहाँ चाकरी नगरी कुनै उपलब्धी हासिल गर्न सकिदैन भन्ने मनोविज्ञान छ । यो पनि सत्य हो कि चाकरी गरेन भने धेरैको मुखमा माड लाग्दैन ।  त्यस्तै यहाँ चाकरी गर्ने मात्र हैन चाकरी गराउनेको पनि ठूलो संख्या छ । हिन्दु धर्ममा पनि भगवान शिवका नन्दी भृगी थिए जो शिवलाई सधै चाकरी मात्र गर्थे भने भगवान शिव चाकरी खाएर आनन्द लिन्थे भन्ने तर्क चाकरी लिप्त भएकाहरुको मुखबाट सुनिन्छ । यस्तो धार्मिक मूल्य मान्यताका साथ हुर्किएका नेपालीले चाकरी प्रथालाई मलजल गर्दै गए ।  सम्वर्दन र प्रवर्दन गर्दै गए । हुकाउदै र बढाउदै गए र त्यसैको नसामा आज झुमिरहे ।     चाकरीमा रमाउने र चाकरी नै जीवन हो भन्ने एउटा ठूलो जमात हाम्रो समाजमा रहेको छ । यहाँ धेरै व्यक्तिको जीवन पद्धती नै चाकरी गर्ने भएको छ । त्यस्ता चाकरीबाजहरुको हाली मुहाली छ । सवै समाज त्यस्तैले क्याम्चर गरिसके भन्दा पनि अतियुक्ति नहोला । चाकरी गर्नेहरु कुनै एक दिन पनि च

एउटी केटिले मलाई हेरिरहन्छे गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक

                                                      २३, पौष, बिराटनगर । गायक प्रवलदिप विश्वासको स्वरले सजिएको एउटी केटिले मलाई हेरिरहन्छे  बोलको गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक भएको छ ।   स्टार एडभर्ट प्रा.लि.को ब्यानरमा बनेको उक्त गीतको भिडियोमा संजय मेहता, कुसुम देउजा, सुजन दाहाल र अनिष दाहालकोे अभिनय रहेको छ । उक्त गीतलाई प्रतिक श्रेष्ठले निर्देशन गरेका छन् भने गितको छायांकन जय कामतले गरेका हुन् । Video Link: https://www.youtube.com/watch?v=XWQjQdJW--Q

प्रमोद खरेलको ‘स्वाभिमानी बनी हामी’ राष्ट्रिय गीतको छायांकन सम्पन्न ।

२४, षौष, २०७५, बिराटनगर । पुजा मारियाको एल्बम जिवन साथीको ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको छायांकन सम्पन्न भएको छ । गायक प्रमोद खरेलको स्वरले सु–सज्जित  गीतको भिडियोमा सुजन दाहाल, रिजन ढकाल, संजय मेहता, अनिस दाहाल, जय कामत र राधा नेपाल लगायतको मुख्य भुमिका रहेको छ ।

‘निर्मला’ को घटनामा बन्ने भो एक घण्टाको चलचित्र ।

माघ, ०६ ।  चलचित्र ‘निर्मला’ को लागि विराटनगर र पथरी शनिश्चरेमा अडिसन मार्फत् वीस कलाकार छनौट गरिएको छ । अडिसनमा सयौको संख्यामा सहभागिता रहेको थियो । निर्मला चलचित्र एक शसक्त कथा बस्तुमा आधारित भएकाले अडिसन मार्फत् शसक्त कलाकारको खोजी गर्नु परेको कला निर्देशक संजय मेहताले बताए ।  देशमा विद्यमान यौन हिंसा र बलात्कारको बिषय लाई लिएर बन्न लागेको उक्त चलचित्र एक घण्टा समयवधिकोे हुने निर्माण पक्षले जानकारी दिएको छ । यस चलचित्रमा नारी भावना, सम्बेदना र त्यसबाट उत्पन्न आवेग र परिणामलाई कलात्मक र रोचक ढंगले उठाइएको कथाका लेखक सुजन दाहालले जानकारी दिए ।   सुशान्त रिजालको प्रस्तती रहेको उक्त चलचित्रका मुख्य कार्यकारी निर्मातामा वीरेन्द्र कुमार शाह रहेका छन् । कलाकारहरुको लागि आवश्यक तालिम र वर्कशप संचालन गर्ने र आगामी माघ २२ गते बाट सुटिंगमा जाने चलचित्रका निर्देशक सन्तोष कुमार बाँस्तोला “आशिक“ ले जानकारी दिए ।  

सयपत्रीको माला, नेता र कार्यकर्ता

सुजन दाहाल राजनैतिक दलका कार्यकर्ता नेता आउदै छन् भन्ने सुने भने ज्यान नै फालेर हातमा सयपत्री फुलको माला बोकेर एयरपोर्ट दर्गुछन् । नेताको जय जयकार गर्छन । कयौ कार्यकर्ताहरु नेताको चाकरी र भजन गाउनमा रमाउने गर्छन् । नेपालमा यस्ता कार्यकर्ता उत्पादन भएका छन् जो सधै नेताको हनुमान चालिसा मात्र गाई रहन्छन् । नेता पनि कस्ता छन् भने प्लेनबाट उत्रिदा उत्रिदै माला लाउन टाउको निहुयाउदै आउछन् । आफ्ना हनुमानहरुले सयपत्री फुलको माला ल्याएर लाइ दिएन भने रिसाउने गर्छन । एयरपोर्टमा नेता सयपत्री फुलको मालाले पुरिएका हुन्छन् । हनुमानहरु नेतालाई मालाले पुरेर ठूलै काम गरेको अनुभूति गर्छन । प्रजातन्त्रिक व्यवस्था आइ सक्दा पनि पञ्चायतकालिन मानसिकता, शैली र व्यवहार परिवर्तन हुन सकेको छैन । सवै भन्दा पहिला चर्चा गरौ नेताको । नेता त्यस्तो हुनु पर्र्छ जसलाई प्रेमले सम्मान साथ माला लगाउन पाइयोस । नेतालाई घाटी भरी माला लगाउदा गर्भले छाती फुलोस । तर दुर्भाग्य नेताहरु काममा केही लछारपाटो लाउदैनन । जनताको पिरमार्का बुझ्दैनन् । नेताले जनातालाई भजन गाउन मात्र सिकाएका छन् । आफुलाई फुलको माला पहि–याएर जय जयका

म विजी छु..........

                   सुजन दाहाल                                                                                                         श्रीमतीले श्रीमानलाई मायालु स्वरमा फोन गर्छिन कता होइसिन्छ रु श्रीमान् भने कुनै केटी संग डेटिङमा हुन्छ तर भन्छ म अफिस तिर छु अहिले विजी छु ल...........। एक व्यक्ति साथीलाई फोन गर्छ ...हेल्लो........ के गर्दै हो रु साथीचाहिले फोन उठाउछ तर ..हेल्लो........ म अहिले अलि विजी छु पछि कुरा गरौला नि । ए सुन न....पहिलो व्यक्तिले भन्दा भन्दै दोस्रो व्यक्तिले... फोन काटिदिन्छ....... । यी त केही उदाहरणका लागि प्रतिनिधी पात्र मात्र हुन् । .श्रीमान् र श्रीमतिका वीचका बोलिने झुट, प्रेमी र प्रेमिका वीचमा बोलिने झुट, साथी भाई तथा घर परिवारमा बोलिने झुट, कतिसम्म भने मान्छे एक ठाउमा छ म अर्कै ठाउमा छु भन्छ, एउटा काम गर्दै हुन्छ अर्कै काम गर्दैछु भन्छ , मजाले गफाडीको उपाधी पाउने गरी गफ चुटेर बसीरहेको हुन्छ म अहिले मिटिङमा विजी छु भन्छ, तास खेलेर बसीरहेको हुन्छ म ड्इटीमा छु भन्छ । अहिलेको मोवाइल संस्कृती यस ढंगको छ । पाइलै पिच्छे ढाट्ने र झुट बोल्ने । यसरी ईष्ट, मित्र

जव सूर्य अस्त तब नेपाल मस्त

सुजन दाहाल     जव सूर्य अस्त तब नेपाल मस्त भन्ने भनाइ जाड खानेलाई हेरेर बनाइएको होला । नेपालीलाई जाड खान बहाना मात्र चाहिन्छ । सानो तिनो घटनामा पनि रक्सी साथी बन्ने गर्छ । चाहे खुसी हुँदा होस वा दःुखी हुँदा होस रक्सी खाइ हाल्छन् । कसैले केही कमायो या गुमायो भने रक्सी खाई हाल्छन् । पिउनु छ जिन्दगीमा कुनै न कुनै बहाना चाहियो भन्छन् अनि दन्काइ हाल्छन् ।  रक्सीले परिवार विगार्छ । रक्सी श्रीमान् श्रीमति विचको भिलेन हो । यसरी रक्सी खाने पुरुषका श्रीमती र छोराछोरी पिडित छन् । श्रीमतीलाई ठगेर, ढाटेर र झुक्याएर रक्सी खान्छन्् । रक्सी खाने श्रीमान्को बानीले श्रीमतीले छाडेर जाने गरेको पनि देखिन्छ । बाउले रक्सी खायो भने छोराछोरीको पढाइ विग्रन्छ र छोरा छोरीले कुबाटो समात्छन् । छोरा छोरीले रक्सी खायो भने बाउ आमाको बैचैनी हुन्छ ।  ज्वाँइले रक्सी खायो भने छोरीको बिजोक हुन्छ । कतिपय पुरुषहरु रक्सी खाएर भूइमा खुट्टा नटेकिने गरी घरमा आयो अनि श्रीमति संग झगडा ग–यो । श्रीमति र छोराछोरी कुट्यो । भोलीपल्ट विहान उठेर पश्चाताप गरो अनि बेलुकी फेरी त्यही धन्दा ग–यो । महिलाको बाध्यता छ कि जस्ता श्रीम

शक्तिशाली बलात्कारी ।

सुजन दाहाल, हिंस्रक र सवेदनहिन पुरुषको आवेग र उत्तेजनाको कारण कयौ बालिका र महिला बलत्कारीको शिकार भै रहेका छन् । हामी कस्तो समाजको परिकल्पना गरिरहेका छौ ? के हामीले बनाउन खोजेको समृद्ध समाज यस्तै हो ? यस्ता ब्वासाहरुको बढ्दो अत्मविश्वासले गर्दा आदर्श र सम्भ समाज बन्न अवरोध खडा भै रहेको छ । बलत्कार त अहिले नेपाली समाजको सामाजिक र सांस्कृतिक व्यवहार जस्तो भयो । बलात्कार पुरुष प्रधान मानसिकताको उपच हो । कोपिला जस्ता बालिका हरेक दिन बलत्कृत भै मर्नु पर्ने कस्तो विडम्वना । हरेक दिन रेडियो तथा पत्रपत्रिकामा बलत्कारका खवर सुन्ने बानी परिसक्यौ । कयौ निर्मलाहरु यहाँ हरेक दिन बलत्कृत भै रहेका छन् । पिडामा छन् । दुःखमा छन् । वेदनामा छन् । चित्कार गर्दै आफ्नो सासको आहुती दिइरहेका छन् । प्रकृतिको सुन्दर सृष्टी हो नारी । के नारी भएर संसारमा जन्म लिए पछि यसरी नै मर्नु पर्ने हो जसरी निर्मला मरिन । पक्कै होइन । स्वाभिमानका साथ बाँच्न पाउनु सवैको अधिकार हो ।   संसारभर खुल्ला समाजमा पनि बलात्कार त हुन्छन तर यति निस्कृष्ट ढंगबाट हुदैनन । निर्मला पन्तको घटनाले बलात्कारी साच्चै तगडा र शक्तिशाली हु

नमस्कार हजुर......

सुजन दाहाल करिव सत्तरी बर्षका एक पढालेखा वृद्ध व्यक्तिले आफूलाई भेट्दा नमस्कार नगरेको भनेर छिमेकीकोमा गएर उसका बुबा आमालाई असन्तुष्टि पोखे । तपाँइको छोरोले मलाई नमस्कार गरेन । नमस्कार गर्न सिकाएको छैन ? म यत्रो विद्धान सवैले गाँउभरी भेट्ने वित्तिकै नमस्कार गर्छन । यो तरिका ठिक भएन अलि संस्कार सिकाउन पर्छ नि भन्दै बाउ आमालाई समेत गाली गरे । त्यस्तै कतिपय कार्यालयहरुमा हाकिमलाई नमस्कार नगर्दा कारवाही गर्ने, सरुवा गर्ने र जागिर समेत च्याट पारिदिएका कयौ उदाहरणहरु छन् । यसबाट के बुझिन्छ भने मानिस नमस्कारको भोको हुन्छ, नमस्कारको अतृप्त प्यासमा हुन्छ । मनोबैज्ञानिक रुपमा नमस्कार मार्फत आत्मसम्मानको भिग माग्छ । वरपर कतिपय त्यस्ता मान्छेहरु हुन्छन कि मलाई नमस्कार गर्छ कि गदैन भनेर यसो धारे परेर हेर्दै नमस्कार फर्काउन हात उचाल्न तम्मतयार भएर बसेका हुन्छन् । नमस्कार गरो भने त्यो जत्तिको भला्दमी र असल त गाँउमा अरु कोही छैन भनेर महिमा गाउँछन् । नमस्कार गरेन भने त्यो काम नलाग्ने, राम्रो छैन आदी आदी भन्छन् । नमस्कारले मान्छेको सम्पूर्ण कुरा र व्यवहारको मूल्याड्ढन गर्छन् ।   मानिसका नमस्